चुलाचुलीका कृषकहरुलाई अनुदानमा कृषि यान्त्रिकरण समाग्री

चुलाचुलीका कृषकहरुलाई अनुदानमा कृषि यान्त्रिकरण समाग्री

१२ फाल्गुन, इलाम । इलामको चुलाचुली गाउँपालिकामा आज स्थानिय कृषकहरुलाई अनुदानमा विभिन्न कृषि यान्त्रिकरण सामाग्रीहरु वितरण गरिएको छ । गाउँपालिकाको कृषि बिकाश शाखा र पशु सेवा शाखाको अयोजनामा सो सामाग्रीहरु वितरण गरिएको हो ।

कृषि बिकाश शाखाको चालू आर्थिक बर्षको ५० प्रतिशत अनुदान कार्यक्रम अन्र्तगत आज गाउँपालिकाका कृषकहरुलाई पावर टेलर (हाते ट्रयाक्टर) २ थान, ब्रस कटर (धान काट्ने मेसिन) ६ थान, सिंञ्चाईका लागि मोटर पम्प १८ थान गरी करिव ७ लाखको लागतमा सो कृषि यान्त्रिकरण सामाग्रीहरु वितरण गरिएको चुलाचुली कृषि शाखा प्रमुख अनिल तिम्सिनाले बताउनुभयो । यस कार्यक्रमा गाउँपालिका अन्तर्गत कृषि बिकाश शाखाको ३ लाख ५० हजार रुपैया लागत रहेको छ भने कृषकहरुको ३ लाख ५० हजार रुपैया लागत रहेको बताईएको छ । गत मंसिर १९ गते जारी गरिएको सुचनाका आधारमा पौष १९ गते सम्म सामाग्री अनुदानमा आवेदन दिएका कृषकरुलाई सो सामाग्री वितरण गरिएको शाखा प्रमुख तिम्सिनाले बताउनुभयो ।

त्यसैगरी गाउँपालिकाको पशु सेवा शाखाले पनि आज कृषहरुलाई कृषि यान्त्रिकरण सामाग्री ७५ प्रतिशत अनुदानमा वितरण गरेको छ । गत मंसिर २२ गते जारी गरिएको सुचनाको आधारमा पौष २२ सम्ममा आवेदन दिएका कृषकहरुलाई शाखाले चाप कटर (कुटी काट्ने मेसिन) ४० थान वितरण गरेको हो । गाउँपालिका वडा न. १ देखी वडा न. ६ सम्मका कृषकहरुलाई शाखाले चालू आर्थिक बर्षको ५ लाख रुपैयाको बजेटबाट सो सामाग्री वितरण गरेको गाउँपालिका पशु सेवा शाखा प्रमुख महेश राईले जानकारी दिनुभयो ।

गाउँपालिकाको प्रङ्गणमा आयोजना भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई, उपाध्यक्ष निर्मला दाहाल, वडाध्यक्षहरु रनबहादुर लिम्बू र नरेन्द्र लावती लगायत जनप्रतिनिधीहरु र कृषकहरुको उपस्थिती रहेको थियो । सो कृषि यन्त्रिकरण सामाग्री स्थानिय कृषकहरुलाई जनप्रतिनिधीहरुले संयुक्त रुपमा वितरण गरेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले कृषकहरुको ब्यवसायलाई कृषि यान्त्रिकरणले अझ व्यवसायिक बनाउने बताउनुभयो । नेपालमा सबै भन्दा धेरै सम्भावना बोकेको कृषि क्षेत्रलाई अव यान्त्रिकरण गर्दे थप व्यवस्थित बनाउन गाउँपालिका पनि लागेको उहाँले बनाउनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्नुहुदै वडाध्यक्ष रनबहादुर लिम्बूले जनप्रतिनिधीहरुले गाउँपालिकामा केही काम नगरेको भन्दै अफवाह फैलाउन केही तत्वहरु लागिपरेको बताउनुभयो । तर आफूहरुले पालिकामा भौतिक विकाश निर्माणको कार्य देखी कृषक अनुदान लगायतका सम्पुर्ण क्षेत्रमा अनेकौँ कार्यहरु गरिरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270