दमकमा “स्व. शान्ता कला स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०७८” हुदैँ

दमकमा “स्व. शान्ता कला स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०७८” हुदैँ


३१ भाद्र, झापा । दमकका स्थानिय समाजसेवी विमल गुरुङले आफ्नो आमा स्वर्गिय शान्ता कला गुरुङको स्मृतिमा ४० वर्ष उमेर समुहका (भेट्रान) खेलाडीहरुका लागि “खुल्ला स्व. शान्ता कला स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०७८” आयोजना गराउने भएका छन् ।

ब्यस्त दैनिकी सँगसँगै स्वस्थय रहनका लागि खेलकुदको आवश्यकता महशुस गराउने उद्देश्यका साथ स्मृति प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक सञ्जय लिम्बुले बताउनुभयो ।

यस प्रतियोगिताको पुरस्कार राशि क्रमशः प्रथमः विष हजार रुपौँया र द्वितीयः दश हजार रुपैँया गरी जम्मा रु. तिस हजार रुपैँया रहने छ ।

यस प्रतियोगितामा दमकका “सौजन्य ब्याडमिन्टन कोर्ट”को सहकार्य रहने छ । प्रतियोगिता असोज ८ र ९ गते दुई दिनसम्म संञ्चालन हुने बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर