गस्तीमा हिडेका असईको घाँटी रेटेर हत्या, अर्का प्रहरी जवान बेपत्ता

३ कार्तिक, कैलाली । गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको छ । उनको हत्या तस्कर समूहले गरेको प्रहरीको अनुमान छ । उनको शव हिजो बिहान मोहना नदीमा फेला परेको थियो । प्रहरीका अनुसार तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने कैलालीको धनगढी उपमहानगरपालिका–बनकट्टी घाटमा तस्कर समूहले शनिबार राति उनको हत्या गरेको हो । विकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अझै अज्ञात..

छाङरुबासीलाई विदेशी भूमिको प्रयोग गर्नु पर्ने बाध्यता हट्यो

२० असोज, दार्चुला । दार्चुला ब्यास नगरपालिका–१ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न बाटो निर्माण गरिएको छ । नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटोरघोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारै– किनार भएर आवत–जावत गर्न सुबिधा भएको हो । उक्त घोडेटो बाटो पूर्णरुपमा सञ्चालमा आएसँगै अब मुलुकको एकस्थानबाट अर्काे स्थानको यात्रामा रहँदा विदेशी भूमिको प्रयोग गर्न पर्ने बाध्यता हटेको सैनिक प्रवक्ता सन्तोष बल्लभ..

युवालाई समुदायमा परिचालन गर्छौँः मुख्यमन्त्री शाही

७ भाद्र, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारतबाट आएका ५३ हजारभन्दा बढी सङ्क्रमितको पिसीआर परीक्षण गरी सकिएकाले अरूलाई जोगाउन सचेतना आवश्यक रहेको बताउनुभएको छ । युवा गैरसरकारी संस्था महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा भएको ‘महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रभाव र रोकथाम तथा नियन्त्रणमा युवाको भूमिका विषयक’ भर्चुअल छलफल कार्यक्रममा उहाँले राजनीतिक नेता तथा कायकर्ता, कर्मचारी जो बढी जन सम्पर्कमा रहन्छन् उनीहरुबाट रोग फैलिने खतरा..

सल्यानको दश वटै स्थानिय तहमा विपद ब्यवस्थापन कोष स्थापना

३० चैत्र, सल्यान । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)बाट उत्पन्न विपद सामना गर्न सल्यान जिल्लाका दश बटै स्थानिय तहहरुमा विपद ब्यवस्थापन कोष स्थापना गरिएको छ । तीन नगरपालिका र सात गाउँपालिकाले छुट्टाछुट्टै रुपमा आ–आफ्नो कोष बनाएर रकम जम्मा गर्न थालेको जनाईएको छ । जिल्लाको बागचौर नगरपालिकाले तीन करोड, शारदा नगरपालिकाले २५ लाख र बनगाड कुपिण्डे नगरपालिकाले १० लाखको कोष स्थापना बताईएको छ । यता गाउँपालिका तर्फ छत्रेश्वरी..