सामान्य प्रशासनमन्त्री शाहले सुरु गरिन पुलिस क्लबभित्रै अनसन

१६ पौष, काठमाण्डौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी शाह महेन्द्र पुलिस क्लबभित्रै अनसन बसेकी छन् । उनले धोतीलाई राष्ट्रिय पोशाकको मान्यता र आज बिहान र्यालीको क्रममा पक्राउ परेकाहरुलाई रिहा गर्नुपर्ने माग राख्दै अनसन थालेको बताइएको छ ।राष्ट्रिय धोती दिवसका अवसरमा बिहान जनमत पार्टीले र्याली निकाल्दै निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न लाग्दा मन्त्रीसहित जनमत पार्टीका अध्यक्ष सिके राउत, पार्टी उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता..

बालकुमारी घटनामा श्रम र भौतिक पूर्वाधारमन्त्रीको भूमिका छानबिन गर्न राज्य व्यवस्था समितीको निर्देशन

१६ पौष, काठमाण्डौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकामा बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार भएको बालकुमारी घटनामा दुई युवाको मृत्यु भएपछि सोमबार गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै समितिले उक्त घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको हो । त्यस्तै बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिको थप व्यवस्था गर्न पनि निर्देशन दिएको छ भने..

धोती दिवस मनाउन निस्किएका सीके राउत माइतीघर क्षेत्रबाट पक्राउ

१६ पौष, काठमाण्डौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत माइतीघर क्षेत्रबाट पक्राउ परेका छन्। आज बिहान निषेधित क्षेत्र घोषित स्थानमा प्रदर्शन गर्न खोजपछि राउतलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो। राउतसहितका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राउतसहितका नेता कार्यकर्ता धोती दिवस मनाउन माइतीघरमा पुगेका हुन्। जनवरी १ का दिन पहाडी समुदायले टोपी दिवस शुरु गरेपछि मधेशमा धोती दिवस मनाउन थालिएको छ। स्थानीय प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म धर्ना,..

कम्युनिष्टसंग सहकार्य गरिराखे कांग्रेसको अस्तित्व संकटमा पर्नसक्छः शेखर कोइराला

१६ पौष, काठमाण्डौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको अवस्थामा पार्टी चले अस्तित्व संकटमा पर्नसक्ने बताएका छन् । प्रजातान्त्रिक सेनानी संघको कार्यक्रमलाई सम्बोधन गर्दै सबै मिलेर पार्टी चलाउनुपर्ने बताए । उनले भने, ‘अहिले हामी हाम्रो अस्तित्व त गुमाउँदै छैनौं भन्ने डर छ । बीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्नुहुन्थ्यो । त्यो तीवटा कुरालाई लिएर कांग्रेस अघि बढ्यो भने समाप्त हुँदैन । तर, अहिले हामी जसरी जाँदैछौं केन्द्रीय..

पहिचानवादीद्धारा मेची राजमार्ग बन्दको घोषणाः बुलेटको रिहाई र पाथिभरामा केबलकार बनाउने निर्णयको विरोध

१६ पौष, इलाम । कोशी प्रदेश नामाङ्कनविरुद्ध लामो समयदेखि आन्दोलनरत पहिचानवादी समूहले मेची राजमार्ग बन्दको घोषणा गरेको छ । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले बुलेट किराती भनिने अन्जेश राईको रिहाईको माग गर्दै पुस १८ र १९ गते राजमार्ग बन्दको आह्वान गरेको हो । समितिले मंसिर ३० र पुस १ गते आह्वान गरेको आन्दोलनको क्रममा इलामको रोङ गाउँपालिका–४, किटनीस्थित पराल बोकेको गाडीमा आगजनी गरिएको थियो । आगजनी गरेको..

राज्य व्यवस्था समितीको बैठकमा गृहमन्त्री श्रेष्ठको राजिनामा माग

१६ पौष, काठमाण्डौँ । राज्य व्यवस्था समितीको बैठकमा आज गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग गरिएको छ । नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन्। छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । घटनाको छानबिनका लागि समिति पनि बनेको र तलका मान्छेलाई कारबाही पनि गरिसकेकाले अब गृहमन्त्रीले राजिनामा दिदा राम्रो हुने उनले बताए । विदेश गएर काम गरेर खान्छु..

कांग्रेसले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलसँग गठबन्धन गर्ने

१५ पुष, काठमाडौँ । नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलसँग गठबन्धन गर्ने भएको छ । पुस १२ देखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा साझा उम्मेदवार उठाउने निणर्य गरेको हो । ‘राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारूढ गठनबन्धनमा आवद्ध दलहरूको बीचमा हुने सहमतिका आधारमा साझा उम्मेद्वार बनाउने,’- निणर्यमा भनिएको छ । साथै, उम्मेदवार प्रस्तुत गर्दा विधानको धारा ३२(९) बमोजिम प्रदेश कार्यसमितिको सिफारिस भई..

राष्ट्रियसभा सदस्य निर्वाचन र सिट बाँडफाँडबारे छलफल गर्न शीर्ष नेताहरूको बैठक

१५ पुष, काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचन र सिट बाँडफाँडबारे छलफल गर्न बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । केही बेरअघिबाट सुरु भएको बैठकमा राष्ट्रियसभा सदस्यका लागि कुन दलबाट कति उम्मेदवार उठाउने भन्ने बारेमा छलफल हुने नेताहरूले बताएका छन् । साथै समसामयिक राजनीतिक घटनाक्रम बारेमा समेत छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेताहरू सहभागी छन् । आगामी पुस..

सङ्घीय ऐन निर्माणका निम्ति गम्भीररूपमा लागिपरेको छुः प्रधानमन्त्री ‘प्रचण्ड’

१४ पुष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको सामूहिक छलफलका क्रममा प्रधानमन्त्री दाहालले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले आफ्नो ध्यान सङ्घीयताको कार्यान्वयनमा केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरू सबै जानकार नै हुनुहुन्छ, मैले नै सङ्घीय गणतन्त्रको परिकल्पना गरी त्यसका निम्ति सङ्घर्ष गरेको थिएँ,..

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जापानका राजदूत युटाकासँग शिष्टाचार भेट

१२ पुष, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले शिष्टाचार भेट गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटका क्रममा राष्ट्रपतिले जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताका लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुल्ला दिलले प्रशंसा गरेका छन् । त्यस्तै उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।