राजनीति

इलाम–२ उपनिर्वाचन- सुहाङलाई तीन हजार बढीको अग्रता
१७ बैशाख । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले मतान्तर ३ हजारभन्दा बढी पुर्याएका छन् । सुहाङ आफूलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ३ हजार ७ सय ३४ मतले अगाडि छन्। सुहाङले ११ हजार ९ मत पाएका छन् भने उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार २ सय ७५ मतसहित पछ्याइरहेका छन् । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५ हजार ८ सय ६९ मतसहित..

देउवा भन्छन्- विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छ
१६ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन्। आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उनीले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका शिखर सम्मेलनमा भएका छलफल र शिखर सम्मेलनका क्रममा आदानप्रदान हुने विभिन्न..

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्
१६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन आह्वान गरेका छन्। ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई..

इलाम–२ मा मतगणाना सुरु
१६ वैशाख, इलाम । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणाना सुरु भएको छ । सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु गरिएको हो । फाकफोकथुङ गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको छ । ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको हो । मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र..

उपनिर्वाचनको दिन १५ प्रकारका सवारी साधन चल्न दिने निर्वाचन आयोगको निर्णय
१४ बैशाख । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनको मतदान हुने (वैशाख १५) गतेका दिन १५ प्रकारका सवारी साधन चल्न दिने भएको छ । आयोगको शुक्रबार बसेको बैठकले इलाम २ प्रतिनिधिसभा सदस्य र बझाङ १ (१) प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि मतदाता ओसारपसार गर्ने बाहेकका सवारी साधन चल्ने व्यवस्था मिलाउन मतदान हुने जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन..

इलाम-२ मा धमाधम तयार गरिँदै मतदान केन्द्र
१४ बैशाख । इलाम क्षेत्र २ मा वैशाख १५ को उपनिर्वाचनका लागि तयारी धमाधम भइरहेको छ । अहिले कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबैखाले तयारी गरिरहेका छन् । स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठकसँगै मतदानस्थलको घेराबारा, मतदातालाई राखिने लाइन राख्ने ठाउँलगायत तयार गरिरहेका छन् । मतदातालाई पुरुष र महिलाले अलग–अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मीको टोली पुगिसकेको..

प्रधानमन्त्री प्रचण्ड भन्छन्- बौद्धिक पलायन रोक्न पाठ्यक्रम सान्दर्भिक बनाऔं
१४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२औं दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताएका हुन्। ‘युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराइ बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रविधिमा आधारित..

फास्ट ट्रयाकबाट कानुन बनाइ सहकारी पीडितका समस्या समाधान गरिने
१४ बैशाख । सरकारले फास्ट ट्रयाकबाट कानुन बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग सरकारले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारीको समस्यका बारेमा मन्त्रीपरिषद्को बैठकमा गम्भीरतापूर्वक छलफल भएको बताइन् । उनले तत्काल कानुनमा व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताहरूले व्यहोर्नुभएको समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय भएको..

पूर्वमन्त्री मोहम्मद अफताव आमललाई जन्मकैदको सजाय
१४ बैशाख । अहिले कारागारमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आमललाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत रौतहटले बिहिवार उनलाई जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए । पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए । सो मुद्दामा उनलाई प्रहरीले ०७६ असोजमा..

एमाले नेता भीम रावलद्वरा पार्टी परित्यागको संकेत
१३ बैशाख । नेकपा एमालेका नेता भीम रावलले पार्टी परित्यागको संकेत गरेका छन् । ललितपुरको गोदावरीमा भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई परिचय पत्र समेत उपलब्ध नगराउने काम भएको भन्दै रावलले अब आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए । ‘गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ । मैले के सोचेको छु भने राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ’, रावलले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा भने..