राजनीति
सरकारको नीति तथा कार्यक्रम पारित
१३ जेठ, काठमाडौं । प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेकाले नीति तथा कार्यक्रममा छलफल हुन पाएको थिएन । आइतबारको बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेका..
प्रधानमन्त्री प्रचण्ड देउवा निवासमा
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ । कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहेका छन् । यसपछि प्रधानमन्त्रीले छलफलका लागि दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । त्यसअघि देउवाले आन्तरिक छलफल गरिरहेका छन् । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आगामी वर्षका..
नेकपा एमाले शिवसताक्षीको अध्यक्षमा दंगाल निर्वाचित
१२ जेठ, शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा मेदनी दंगाल निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा विष्णुप्रसाद प्रसाई, सचिवमा लक्ष्मी गुरागाँई, उपसचिवमा सागर राई निर्वाचन भएको निर्वाचन समितिका संयोजक बेनुप्रसाद कार्कीले जानकारी दिए । शुक्रबार शिवसताक्षीको दुधेमा भएको निर्वाचनबाट खुल्ला सदस्यमा गंगाराम नेपाल, गायत्री प्रसाद संग्रौला,तेजेन्द्र घिमिरे, दिलिप कुँवर, भोजराज ढकाल, मनकुमार श्रेष्ठ, मित्र प्रसाद थापा निर्वाचित भएका हुन् । त्यसैगरी आदिबासी जनजातिबाट निर्वाचित हुनेहरुमा जयश्वर आङ्देम्बे,..
विश्वप्रकाश भन्छन्- दोषी जेल जाने हो, अरूले राजनीति छोड्नु पर्दैन
१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दलका सबै नेतामाथि छानबिन गर्न तयार रहेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा शर्माले कांग्रेसका जो कोही नेतामाथि अनियमितताको आरोप लागे पनि छानबिन गर्न सकिने बताएका हुन् । ‘कांग्रेसका सांसद, सभापति, चलनचल्तीको भाषामा भन्दा दाजु/भाउजूमाथि, माइजू/मामामाथि कोकोसँग छानबिन गर्नुछ, गर्दा हुन्छ,’ उनले भने, ‘नामै लेख्नुस् । थर लेख्नुस् । ठेगाना लेख्नुस् । तर छानबिन गम्भीरतापूर्वक गर्नुस् ।’ छानबिनका क्रममा..
गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता
१० जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिट दर्ता भएको छ । बुधबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अधिवक्ता अनुपम भट्टराईको वारेसमा अतुल विष्टले दायर गरेको रिट दर्ता गर्न आदेश दिएको हो । रिटमा लामिछानेलाई निलम्बन गरेर सहकारी ठगीको मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ । यसअघि सर्वोच्च अदालत प्रशासनले उक्त रिट दरपीठ गरिदिएको थियो । रिटमा र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ । महान्यायाधीवक्ता पोखरेलले..
ओलीले भने- सिरोहिया पक्राउ पर्दा सञ्चारको हक खोसिँदैन
१० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने बताएका छन् । उनी कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ परेका ओलीले बताए । ‘किन यो समाचार प्रकाशित गर्यो, किन यस्तो बोल्यो भन्ने विषय त होइन, विषय अर्कै छ, त्यस सम्बन्धमा फौजदारी कुरा होला होला । यस सम्बन्धमा सरकारले..
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत
१० जेठ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन्। लेखक नेपाली कांग्रेसको प्रमुख सचेतकसमेत हुन् । विधानतः ४६ सदस्यीय हुने कार्यसम्पादन समिति देउवाले २०७८ को माघमा ३७ सदस्यीय बनाएका थिए ।
निक्की हेलीको समर्थन ट्रम्पलाई
१० जेठ । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार बन्ने दौडबाट पछि हटेकी निक्की हेलीले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेकी छन् । हेली ट्रम्प राष्ट्रपति हुँदा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि थिइन् । उनी गत मार्च महिनाको सुरुवातमा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन् । त्यतिबेला उनी ट्रम्पको पक्षमा खुलेकी थिइनन् । तर बुधबार भने उनले राष्ट्रपतिका अर्का उम्मेदवार जो बाइडनको आलोचना गर्दै ट्रम्पलाई भोट हाल्ने बताइन् ।..
जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ- श्रेष्ठ
९ जेठ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जलवायु परिवर्तनले निम्त्याएका समस्या न्यूनीकरण गरी पृथ्वीको सुरक्षाका लागि ध्यानाकर्षण गराएका छन् । काठमाडौँमा जारी ‘अन्तर्राष्ट्रिय संवाद’ मा उनले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेकाले हिउँ पग्लिँदै गएकाले यस्ता समस्या न्यूनीकरणका लागि साझा प्रयत्न जरुरी बताए । जलवायु परिवर्तनका कारण उत्पन्न समस्याले नेपालजस्ता मुलुकको पर्वतीय क्षेत्रमा नकारात्मक असर परिरहेको भन्दै उनले सहभागीको ध्यानाकर्षण गराए । पृथ्वीको बढ्दो तापमान वृद्धिले जलवायु परिवर्तनको..
विनोदकुमार शाहले लिए मन्त्रीको शपथ
९ जेठ । कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद विनोदकुमार शाहले शपथ लिएका छन् । बुधबार उनलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शाहले यसअघि उक्त मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए । त्यसपछि मुख्यमन्त्री यामलाल कँडेलले उक्त मन्त्रालय आफैसँग राखेका थिए । अहिले कँडेलले पुनः शाहीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिए ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७