प्रधानमन्त्री प्रचण्डको निर्देशन- हस् भइहाल्छ भन्ने होइन, काम र व्यवहारमा रूपान्तरण चाहियो

३० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताएका हुन् । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई ध्यान दिइ इमान्दार र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा..

राष्ट्रपति रामचन्द्र पौडेल जेनेभामा

३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्र अन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा..

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बेलायती राजदूत फेनबिच भेटवार्ता

३० जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबिच भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्दप्रसाद भट्टले जानकारी दिए । उनले राजदूतसँगको भेटमा जलविद्युत तथा ऊर्जा क्षेत्रका साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको ठोस प्रयास हुने विश्वास व्यक्त गरे । मन्त्री भण्डारीले भने, “नेपाल सन् २०२६..

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

३० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् । अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि..

नेपाल क्रिकेट संघको नेतृत्वमाथि छानबिन गर्न एमाले सांसद आचार्यको माग

३० जेठ, काठमाडौं । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले नेपाल क्रिकेट संघको नेतृत्व आर्थिक अपचलनमा संलग्न रहेको आरोप लगाएका छन् । टी–२० विश्वकप क्रिकेट खेलका सन्दर्भमा नेपालीका लागि प्राप्त टिकट र भीआईपी टिकटमै अनियमितता भएको उनको आरोप छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘८० डलल पर्ने टिकट १३५ मा बिक्री गरेको भन्ने आएको छ । ४०० टिकट र २० वटा भिआइपी पासको पनि अवैध ढंगले बिक्री गरेको..

खच्चडको मालिकलाई क्षतिपूर्ति दिन सांसद सीताकुमारी रानाको माग

३० जेठ । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्तिको माग गरेकी छन्। यही जेठ २७ गते पुलको लठ्ठा चुडिंदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो भने दुईटाको मृत्यु भएको थियो । यो विषय प्रतिनिधि सभाको बैठकमा उठाउँदै सांसद रानाले क्षतिपूर्तिको माग गरेकी हुन् । पुलको लठ्ठा चुडिंदाको दृश्यले सबैको मन रोएको उल्लेख गर्दै उनले..

राष्ट्रपति पौडेल दोहामा

३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरे । राष्ट्रपति पौडेल भोलि जेनेभा प्रस्थान गर्ने तालिका रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यहाँ उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रको सामाजिक न्यायका लागि..

विद्यार्थी पलायन रोक्न कांग्रेस सांसद तेजुलाल चौधरीको माग

२९ जेठ । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले नेपालबाट विद्यार्थी पलायन रोक्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले नेपालमा १६ वटा विश्वविद्यालयको कुनै औचित्य नभएको बताए। उनले भने, ‘हामीसँग उच्च शिक्षा छ, यसका लागि १६ वटा जति विश्वविद्यालय छन्, त्रिविमा मात्रै १ लाख हाराहारी विद्यार्थी छ, अरु विश्वविद्यालयमा विद्यार्थी नै छैन । ती विश्वविद्यालयमा राजनीतिका आधारमा भागबन्डा गर्ने, सोर्स फोर्सका आधारमा विश्वविद्यालय खडा गर्ने प्रवृत्ति छ ।’..

प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुँदै

२९ जेठ, काठमाडौं । प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुँदैछ । मंगलबार चार वटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् । विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनु अगाडि नेपाल मजदकुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक , २०८१ अन्तर्गत युवा..

मधेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने

२९ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रमको लागि आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक डाकिएको छ । बैठकमा मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । उनले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीती..