राजनीति

कोशी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी हुने
२१ जेठ, विराटनगर। कोशी प्रदेशसभाको बैठक अघोषित रुपमा बहिस्कार गर्दै आएको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ । मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको मुद्दाको कारण देखाउँदै कांग्रेसले जारी बर्खे अधिवेशनका बैठकमा सहभागिता जनाएको थिएन । कांग्रेसको अनुपस्थितिमा नै ३१ वैशाखमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएका थिए । सोमबार प्रदेशसभा बैठकअघि पत्रकार सम्मेलन गर्दै कांग्रेस दलका नेता उद्धव थापाले बैठकमा सहभागी हुने निर्णय भएको..

बजेट छलफलमा निदाए सांसद चित्रबहादुर केसी
२१ जेठ । सांसद चित्रबहादुर केसीले सत्तापक्षले पेश गरेको बजेटमा तलमाथि गर्न नपाएपछि छलफलको औचित्य नभएको टिप्पणी गरेका छन्। आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा उनले जस्तो बजेट आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भन्दै छलफलको आवश्यकता नभएको बताए । उनले भने, ‘यहाँ जति नै उफ्रिए पनि सत्ता पक्षले पेश गरेको बजेट एक सुका एक आना जति भनेपनि तलमाथि गर्न नपाइ, यहाँ जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि छलफलको पनि औचित्य..

गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न राप्रपाको माग
२१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले नारायणहिटी संग्रहालयभित्र रहेको गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । ‘नारायणहिटी दरबारभित्र रहेको गणतन्त्र स्तम्भ पाँच वर्ष भइसक्यो बनेको । वर्षौंदेखि ताला लगाइ राखिएको छ । त्यो पार्कमा जनतालाई घुम्न, अध्ययन गर्न, विद्यार्थी भाइबहिनीहरूका लागि त्यहाँ घुम्नका लागि वरिपरि विद्यालयहरू भएको हुनाले त्यसको सुचारु..

नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
२१ जेठ । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोतर्फ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गरेकी छन् । नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४१ मा नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्ने व्यवस्था छ । सोही अनुसार प्रतिवेदन पेश गरिएको सञ्चारमन्त्री शर्माले बताइन् । त्यस्तै राज्य व्यवस्था तथा सुशासन..

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीच भेटवार्ता
२१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताबीच भेटवार्ता भएको हो । शीर्ष तीन नेताबीचको भेट पछिल्ला समसामयिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्री प्रेस विज्ञ मनहरि तिमल्सिनाले बताए । उनले भने, ‘भेट कुनै एउटै एजेण्डा तय भएर भएको होइन । राष्ट्रिय मुद्दाहरुमा साझा सहमति बनाएर जानेबारे छलफल भएको हो ।’ राष्ट्रिय राजनीतिमा..

नेकपा एमाले अर्जुनधाराको अध्यक्षमा बीर्खबहादुर प्रधान निर्वाचित
२१ जेठ । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बीर्खबहादुर प्रधान निर्वाचित भएका छन् । आईतबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार १४१ मत प्राप्त गर्दै कोशी प्रदेशका पूर्व प्रदेशसभा सदस्यसमेत रहेका प्रधान नगर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी तारा खतिवडाले ११४ मतमा चित्त बुझाउनु पर्याे । अध्यक्षका अर्का उम्मेदवार लोकनाथ गौतमले ४७ मत प्राप्त गरे । उपाध्यक्षमा रमेशकुमार त्रिखत्री दर्जी सर्वाधिक १८४ मतका साथ विजयी बने । उनले..

गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु भन्दै ओलीप्रति बालेनको आक्रोश
२१ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा शब्दमा आलोचना गरेका छन्। गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई समेत जोड्दै बालेनले पीडितको बैना फिर्ता गर्न भनेका छन् । बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाएको भन्दै बालेनले फेसबुकमा लेखेका छन्, ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि..

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । समसामयिक राजनीति र आर्थिक वर्ष २०८१/८२ को बजेटबारे उनीहरूबीच छलफल भएको स्रोतले बतायो । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा सार्वजनिक असन्तुष्टि जनाएका छन् । उनले ‘जनयुद्धकालीन बजेट’ भनेर आलोचना गरेका थिए । बजेटमा ओलीले गरेको टिप्पणीमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको गुनासो रहेको उनी निकट..

गृहमन्त्री जिम्मेवार नभए प्रधानमन्त्रीले जवाफ दिनुपर्छ- गगन थापा
२० जेठ । कांग्रेस महामन्त्री एवम प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनभित्र विषय डाइभर्ट गर्न बोलेका विषयमा जिम्मेवारी लिनुपर्ने बताएका छन् । उनले सभामुख देवराज घिमिरेलाई सांसद र मन्त्रीलाई सभाप्रति मर्यादित बनाउन पनि आग्रह गरेका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा महामन्त्री थापाले विशेष समयमा बोल्दै सहकारी ठगी प्रकरण मोड्नलाई गृहमन्त्री रवि लामिछानेले हुँदै नभएको विषयमा अभिव्यक्ति दिएको बताए..

मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
२० जेठ । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादीलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले जानकारी दिए । नेता यादवका अनुसार मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई मुख्यमन्त्री रूपमा अघि सार्ने तयारी छ । ‘हामी आजै प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठनका लागि ६३..