सहभागितामुलक बजेट तर्जुमाका लागि राष्ट्रिय युवा संघ झापाको अभियान घोषणा

१९ जेठ ।  राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाले सहभागितामुलक बजेट तर्जुमाका लागि सचेतना तथा खवरदारी अभियान –२०८१ को घोषणा गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय युवा संघले असार २५ गतेसम्म अभियान सञ्चालन गर्ने घोषणा गरेको हो । राष्ट्रिय युवा संघ झापाका अध्यक्ष फुर्वा लामाले अभियानबारे जानकारी दिदैं बजेट नीति तथा कार्यक्रम पारित नहुञ्जेल अभियान सञ्चालन गरिने जानकारी दिएका हुन् । ‘युवाहरुको अगुवाईमा स्थानीय लोकतन्त्रलाई बलियो बनाई..

शिबसताक्षी नगरपालिका ६ वडा कार्यालयले कृषकहरुलाई सुपारी विरुवा बितरण गर्ने

१९ जेठ, झापा । झापाको शिबसताक्षी नगरपालिका ६ वडा कार्यालयले यसवर्ष कृषकहरुलाई सुपारी विरुवा बितरण गर्ने भएको छ । वडाभित्रका कृषकहरुको घर–आँगनमा सुपारीको बोटले हरभरा बनाउृने उदेश्यका साथ शिबसताक्षी–६ वडा कार्यालयले सुपारीको विरुवा वितरण गर्न भएको हो । वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार वडाभित्र स्थाई बसोबास गर्ने कृषकहरुका लागि सुपारीको विरुवा बितरण गर्ने वडा समितिको जेठ १७ गते बिहिबार सम्पन्न बैठकले निर्णय गरिएको हो । अध्यक्ष कार्कीले शिबसताक्षी नगरपालिकाको..

स्वर्णिम वाग्ले भन्छन्- युवा विदेशिने क्रम रोक्न स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्छ

१९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । दमौलीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सांसद वाग्लेले सरकारले प्राथमिकता साथ स्वरोजगार तथा सीपमूलक तालिकको व्यवस्था गर्दै अवसर सिर्जना गरी युवा विदेशपलायन हुने दर न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । वर्षात्मा पृथ्वी राजमार्गमा यात्रा गर्दा सास्ती हुने गुनासो आएपछि वर्षा अगावै सडक विस्तारको काम द्रूत गतिमा गराइने सांसद..

भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता- पूर्वराष्ट्रपति भण्डारी

१९ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याएकी छन् । नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेका सन्दर्भ पारेर नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित ‘प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’को शुभारम्भ गर्दै उनले भावि पुस्तालाई आफ्नो सांस्कृतिक पृष्ठभूमिसँग जोड्नका लागि भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नुपर्ने बताइन् । “मातृभाषा पत्रकारिताले विश्वव्यापीरूपमा प्रभावशाली रहेका भाषाहरूद्वारा सिमान्तकृत बनाइएका स्थानीय भाषा र समुदायलाई आवाज प्रदान गर्न..

राष्ट्रियसभाको बैठक भोलि बस्ने

१९ जेठ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक भोलि बस्ने भएको छ । संसद् सचिवालयले भोलि दिउसो १ः१५ मा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका अनुसार भोलिको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ । त्यसैगरी माननीय उद्योग, वाणिज्य..

एमाले संसदीय दलको बैठक सुरु

१९ जेठ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बसिरहेको छ । बैठकमा सरकारले संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको एमाले प्रमुख सचेतक महेश वर्ताैलाले जानकारी दिए । बजेटबारे पूर्व अर्थमन्त्री युवराज खतिवडा, पार्टी महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णु पौडेलले सांसदहरुलाई प्रशिक्षण दिँदैछन् । उनीहरुको प्रशिक्षणपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन..

एमाले संसदीय दलको बैठक बस्दै

१९ जेठ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे संसद् भवन नयाँबानेश्वर स्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिए । बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेस प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ । पछिल्लो समय सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षी दलहरूसँग उठबस बढाएपछि केन्द्रीय राजनीतिमा तरङ्ग पैदा भएको..

लोसपाले पाँच लाख सदस्यता वितरण गर्ने

१७ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले डेढ महिनाभित्र पाँच लाख सदस्यता वितरण गर्ने भएको छ । २०८२ मा पार्टीको महाधिवेशन गर्ने लक्ष्यसहित सुरु गरिएको सदस्यता वितरण अभियानमार्फत पाँच लाख सदस्यता वितरण गरिने पार्टीका महासचिव मनिष मिश्रले बताए । लोसपाले जेठ ११ गतेदेखि सदस्यता वितरण अभियान सुरु गरेको छ । मधेश प्रदेशका आठवटा जिल्लामध्ये सात वटामा अभियान सम्पन्न भइसकेको छ । अर्काे चरणमा लुम्बिनी प्रदेश तथा कोशी प्रदेशमा सदस्यता वितरण..

देशप्रतिको नकारात्मक भाष्यले नेपालीहरूको देश भाव मर्दै छ- प्रधानमन्त्री ‘प्रचण्ड’

१७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशप्रतिको नकारात्मक भाष्यले नेपालीहरूको देश भाव मर्दै गएको बताएका छन् । विराटनगरमा श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै दाहालले देशमा सम्भावना नै सम्भावना भए पनि यहाँ केही छैन भन्ने भाष्य सृजना भएकाले यसलाई चिर्नुपर्ने बताए । यहाँ बसेर के हुन्छ ? भनेर राज्यलाई गाली गर्ने चरित्र बदल्न जरुरी भएको उनको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘केही समयदेखि देशमा यति राम्रो सम्भावना हुँदा हुँदाहुँदै..

राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त

१७ जेठ । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णय अनुसार सहसचिव अर्याल बोर्डको सदस्य सचिवमा नियुक्त भएका हुन् । अर्याल यस अघि कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख थिए । बोर्डका सदस्य सचिव दुर्गा अर्याल अनिवार्य अवकासमा गएपछि अर्याल सदस्य सचिव भएका हुन् । यसैबीच पदभार ग्रहण गर्दै अर्यालले निर्धारित समयमा एसईई र कक्षा १२ को परिक्षा सञ्चालनदेखि बोर्डलाई समयानुकुल प्रविधिमैत्री..