भारतीय समकक्षी मोदीको शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दल्ली प्रस्थान

२७ जेठ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहालका साथमा स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन् । मोदीको शपथ ग्रहण समारोहको निम्तो मान्न गएका प्रधानमन्त्री प्रचण्डको बिदाईका लागि सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ, रघुवीर महासेठलगायतका मन्त्री,..

वैदेशिक रोजगारको ठगी धन्दामा नेताहरूकै संलग्नता छ- प्रभु साह

२६ जेठ । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारीका लागि नेपालबाट युवाहरू विभिन्न देशमा पुगिरहेको र कतिपयको त्यहाँ हत्या हुने गरेको बताउँदै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । आजपा निकटको आइटी आर्मीको शनिबार काठमाडौँमा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सो कुरा बताएका हुन् । साहले नेपालमा युवाहरू स्वास्थ्य परीक्षण गरी रोजगारका लागि विदेश गइरहेको तर कतिपयको हत्या हुने गरेको बताए । ‘हामी देखिरहेका छौँ दिनहुँ..

चुलाचुलीमा विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध- शिक्षकलाई राजनीति प्रतिबन्ध

२६ जेठ । इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षकहरू आआफ्ना पेसागत सङ्घसङ्गठनमा आबद्ध भए तापनि कुनै  राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ । शिक्षकहरूले निर्णय उल्लङ्घन गरेको पाइएमा सङ्घीय शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा ५ (छ) बमोजिम कारबाही गर्ने निर्णय..

प्रधानमन्त्री प्रचण्ड भोलि दिल्ली जाने

२६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार (भोलि) भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । आइतबार नै नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले बताए । ती अधिकारीले भने, “प्रधानमन्त्रीद्वयबीच संक्षिप्त भेटवार्ता हुनेछ..

कांग्रेस ०८४ सम्म सरकार बनाउने/गिराउने खेलमा नलाग्ने गगन थापाको भनाई

२६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विसं. २०८४ सालसम्म नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले चुनावमा पाएको मतअनुसार सरकारमै रहनुपर्ने भए पनि केही राजनीतिक दलहरूले प्रतिवद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको बताए । कांग्रेसले विसं. २०८४ सम्म सरकार बनाउन र गिराउन कतै आँखा नलगाउने उनको भनाइ छ । महामन्त्री थापाले प्रतिपक्षको भूमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्न..

एमालेको ६३ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन सम्पन्न

२६ जेठ । सत्तारुढ नेकपा (एमाले) को हालसम्म ६३ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन भएका छन् । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले अधिवेशन नभएको बताए । तेह्रथुममा आन्तरिक विवाद भई संगठन विभागले अध्ययन गरिरहेको उनको भनाइ छ । मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको जानकारी उनले दिए..

सिरोहियाको आरोपबारे गृहमन्त्रीको टिप्पणी- त्यति भनेपछि प्रमाण पनि ल्याइदिनुहोला

२६ जेठ । कान्तिपुर मिडिया ग्रुपका सीईओ सम्भव सिरोहियाले कान्तिपुरलाई समाचार लुकाउन गृहमन्त्री रवि लामिछानेले असफल प्रयास गरेको दाबी गरे। सिरोहियाको यस्तो दाबीबारे गृहमन्त्री लामिछानेले अनभिज्ञता दर्शाएका छन् । संसदीय समितिबाट फर्किने क्रममा उनलाई यो विषयमा सोधिएको थियो । लामिछानेले आफूले सिरोहियाको भिडिओ हेर्न नपाएको बताए। उनले भने, ‘मैले भिडिओ हेरेको त छैन, अरुबाट सुनेको चाहिँ छु । त्यस्तो भन्ने मान्छेले प्रमाण पनि ल्याइदिनुहोला नि त ।’ सिरोहियाले कान्तिपुरमा सहकारी..

संसदीय प्रक्रियामा झुक्किए सभामुख- एउटै सम्झौता दुई पटक पारित

२४ जेठ । सभामुख देवराज घिमिरे संसदीय प्रक्रियामा झुक्किँदा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता एकै दिन प्रतिनिधि सभाबाट दुई पटक पारित हुन पुगेको छ । प्रतिनिधि सभामा सुरुमा सभामुख घिमिरेले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतलाई सम्झौताको प्रावधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए । मन्त्री बस्नेतले छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । त्यसपछि उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरे । सभाले सर्वसम्मत स्वीकार..

गिरीबन्धु टी–स्टेट प्रकरण- ओलीदेखि रविसम्मलाई विश्वप्रकाशको चुनौती

२४ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई र रास्वपा सभापति रवि लामिछानेलाई एकसाथ चुनौती दिएका छन् । बिहीबार संसद्को विशेष समयमा बोलेको महामन्त्री शर्माले तीनै जनालाई गिरीबन्धु टी–स्टेट प्रकरणमा छानबिनका लागि तयार हुन चुनौती दिएका हुन् । उनले अदालतको फैसलाको पूर्णपाठ आएपछि एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री ओली कांग्रेससँग खनिएको भन्दै त्यसको कारण स्पष्ट पार्न ओलीलाई आग्रह गरे । “गिरीबन्धु प्रकरणमा सर्वाेच्च..

बालेनको पक्षमा उभियो कांग्रेस

२४ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राम्रो काम गरिरहेको बताएको छ। बालेनलाई काम गर्न दिन र उनको अधिकार क्षेत्रमाथि नपस्न संघीय सरकारलाई आग्रह गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महानगरको अधिकारक्षेत्र प्रयोग गर्न दिन आग्रह गरे । उनले न्युरोडमा नागरिकको सुविधाका लागि लागि सडक पेटी बढाउन जरुरी रहेको पनि उल्लेख गरे । “संघ र स्थानीय..