एमालेको ६३ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन सम्पन्न

२६ जेठ । सत्तारुढ नेकपा (एमाले) को हालसम्म ६३ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन भएका छन् । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले अधिवेशन नभएको बताए । तेह्रथुममा आन्तरिक विवाद भई संगठन विभागले अध्ययन गरिरहेको उनको भनाइ छ । मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको जानकारी उनले दिए..

सिरोहियाको आरोपबारे गृहमन्त्रीको टिप्पणी- त्यति भनेपछि प्रमाण पनि ल्याइदिनुहोला

२६ जेठ । कान्तिपुर मिडिया ग्रुपका सीईओ सम्भव सिरोहियाले कान्तिपुरलाई समाचार लुकाउन गृहमन्त्री रवि लामिछानेले असफल प्रयास गरेको दाबी गरे। सिरोहियाको यस्तो दाबीबारे गृहमन्त्री लामिछानेले अनभिज्ञता दर्शाएका छन् । संसदीय समितिबाट फर्किने क्रममा उनलाई यो विषयमा सोधिएको थियो । लामिछानेले आफूले सिरोहियाको भिडिओ हेर्न नपाएको बताए। उनले भने, ‘मैले भिडिओ हेरेको त छैन, अरुबाट सुनेको चाहिँ छु । त्यस्तो भन्ने मान्छेले प्रमाण पनि ल्याइदिनुहोला नि त ।’ सिरोहियाले कान्तिपुरमा सहकारी..

संसदीय प्रक्रियामा झुक्किए सभामुख- एउटै सम्झौता दुई पटक पारित

२४ जेठ । सभामुख देवराज घिमिरे संसदीय प्रक्रियामा झुक्किँदा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता एकै दिन प्रतिनिधि सभाबाट दुई पटक पारित हुन पुगेको छ । प्रतिनिधि सभामा सुरुमा सभामुख घिमिरेले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतलाई सम्झौताको प्रावधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए । मन्त्री बस्नेतले छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । त्यसपछि उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरे । सभाले सर्वसम्मत स्वीकार..

गिरीबन्धु टी–स्टेट प्रकरण- ओलीदेखि रविसम्मलाई विश्वप्रकाशको चुनौती

२४ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई र रास्वपा सभापति रवि लामिछानेलाई एकसाथ चुनौती दिएका छन् । बिहीबार संसद्को विशेष समयमा बोलेको महामन्त्री शर्माले तीनै जनालाई गिरीबन्धु टी–स्टेट प्रकरणमा छानबिनका लागि तयार हुन चुनौती दिएका हुन् । उनले अदालतको फैसलाको पूर्णपाठ आएपछि एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री ओली कांग्रेससँग खनिएको भन्दै त्यसको कारण स्पष्ट पार्न ओलीलाई आग्रह गरे । “गिरीबन्धु प्रकरणमा सर्वाेच्च..

बालेनको पक्षमा उभियो कांग्रेस

२४ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राम्रो काम गरिरहेको बताएको छ। बालेनलाई काम गर्न दिन र उनको अधिकार क्षेत्रमाथि नपस्न संघीय सरकारलाई आग्रह गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महानगरको अधिकारक्षेत्र प्रयोग गर्न दिन आग्रह गरे । उनले न्युरोडमा नागरिकको सुविधाका लागि लागि सडक पेटी बढाउन जरुरी रहेको पनि उल्लेख गरे । “संघ र स्थानीय..

सन्दीपलाई अमेरिकाले भिसा नदिएको विषयमा विश्वप्रकाशले गराए ध्यानाकर्षण

२४ जेठ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले विश्वकप खेल्न सन्दीप लामिछानेलाई पठाउने गरी भिसा मिलाउन सरकारले नसकेको भन्दै आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिभा बैठकमा उनले आरोप लागेको बेला शीरमा मुद्दा बोकेर मैदानमा उत्रनु हुँदैन भने पनि अहिले  अदालतले सफाइ दिइसकेको बताए । “सम्मानित अदालतले निर्दोष सावित गरेपछि यस बेला सन्दीप लामिछाने हाम्रो प्रतिनिधित्व गरेर मैदानमा खेलेको हुनुपर्थ्योे,” उनले भने, “उनको भिसाका लागि सरकारले उचित पहल समयमै..

एमाले सुनसरी अध्यक्षको भारतमा मृत्यु

२४ जेठ । उपचारका लागि भारत लैजाने क्रममा नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । आन्द्रासम्बन्धी समस्या देखिएपछि उनको उपचार जारी थियो । थप उपचारका भारतको हैदराबाद लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । नेकपा एमाले सुनसरीका नेता रवि खनालका अनुसार उपचारका लागि जाने क्रममा मृत्यु भएका खनालको शव नेपाल ल्याउने तयारी भइरहेको छ । उनलाई मंगलबार भारत लगिएको थियो । खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला..

मोदीको शपथमा नयाँदिल्ली जाँदै प्रचण्ड

२४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् । मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् । स्रोतले भन्यो, ‘मोदीले शपथ ग्रहण समारोहमा आउन निम्तो गर्नु भएको छ । तर कहिले जाने भन्ने निश्चित हुन बाँकी छ ।’ लोक सभा निर्वाचन..

पूर्वसभामुख सापकोटाविरुद्धकाे मुद्दाको फैसला असार १२ मा हुने

२३ जेठ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दाकाे आगामी असार १२ गते फैसला हुने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले बुधबारको सुनुवाइपछि निर्णय सुनाउने दिन असार १२ गतेलाई ताकेको हो । पूर्व सभामुख सापकोटाविरुद्ध २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग छ ।

स्वदेशी आलु–प्याजमा भ्याट हटाइयो- अर्थमन्त्री पुन

२३ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा स्वदेशमा उत्पादन भएको आलु, प्याज र स्याउमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लागेकाले यस वर्ष हटाएको बताएका छन् । आलु, प्याज र स्याउमा लिँदै आएको भ्याट आगामी आर्थिक वर्ष २०८१र८२ मा हटाएपछि नेपाली कांग्रेसका केही सांसदले यसको विरोध गरेका थिए । उनीहरुले चालु आर्थिक वर्षमा विदेशी आलु प्याज र स्यायमा उत्पादनमा मात्र भ्याट लगाइएको र त्यसको स्वदेशी उत्पादनलाई प्रोत्साहन पुगेको..