यो समय कोरोना विरुद्धको अभियानमा एक भएर लाग्ने समय होः उपनेता नेम्वाङ

यो समय कोरोना विरुद्धको अभियानमा एक भएर लाग्ने समय होः उपनेता नेम्वाङ

२६ वैशाख, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ‘सांसद अपहरण’को यथार्थ छिट्टै आउने बताउनुभएको छ । आजबाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्नुहुदै उहाँले यस्तो बताउनुभएको हो ।

नेता नेम्वाङले आफ्नो दल कुनै पनि आपराधिक क्रियाकलापको पक्षमा नहुने जिकिर गर्नुभयो । ‘त्यो बिषको वास्तविकता के हो ? संसदको यही अधिवेशनमा यथार्थ आउँछ ।’ उहाँले भन्नुभयो ।

यस्तै नेता नेम्वाङ्ले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको अभियानमा सम्पुर्ण शक्ति एक भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयोः ‘यो समय एकआपसको आलोचना गर्ने भन्दापनि कोरोना विरुद्धको अभियानमा एक भएर लाग्ने समय हो ।’

यसका अलावा नेता नेता नेम्वाङ्ले नेकपा संसदीय दलका उपनेता नेम्वाङले संसदको यो अधिवेशनले बजेटसँगसंगै शान्ति प्रक्रियासम्बन्धी बाँकी काम टुंग्याउनुपर्नेमा समेत जोड दिनुभएको छ ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगसम्बन्धी कानुन निर्माण अन्तिम चरणमा पुगेको भन्दै उहाँले यही अधिवेशनबाट शान्ति प्रक्रियालाई सफलतापूर्वक टुंगोमा र्पुयाएको घोषणा गर्ने पनि विश्वाश व्यक्त गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270