रवि विरुद्ध ओलीको टिप्पणी- खाने बेलामा आँखा नदेख्ने, अरुलाई गाली गर्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तिखो टिप्पणी गरेका छन् । आज एक कार्यक्रममा बोल्दै उनी विपक्षी दुई दल नेकपा माओवादी केन्द्र र रास्वपामाथि खनिएका थिए । राष्ट्रिय सुरक्षा तथा विकासमा भूपू सुरक्षाकर्मीहरुको भूमिका विषयक विचार गोष्ठीमा ओलीले राजनीतिक प्रचण्ड र लामिछानेलाई निशाना बनाए । ओलीको भाषणका केही अंशः अहिले अराजकता फैलाउने प्रयास बेस्सरी भएको छ । अदालतअगाडि गएर उफ्रिएको छ,..

सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत

काठमाडौं । केपी ओली नेतृत्वको सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा भइरहेको आन्दोलनलाई लिएर असहमति प्रकट गरेको छ । आज बसेको सत्तारुढ दलहरूको बैठकले प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावित गर्न खोजिएको भन्दै असहमति जनाएको हो । बैठकपछि जारी ६ बुँदे साझा विज्ञप्तिको चौंथो बुँदामा यो विषय समेटिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तयार पारेको सर्वसम्मत प्रतिवेदनका आधारमा अनुसन्धान..

आन्दोलन जारी राख्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो । बैठक शनिबार पनि बस्ने गरी स्थगित भएको नेता मनिष झाले जानकारी दिए । आन्दोलनको कार्यक्रमको स्वरूपबारे विवरण शनिबार सार्वजनिक गरिने उनले बताए । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रबार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको थियो ।

रवि र छविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

कास्की ।  कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने, जोशी र सोही प्रकरणमा पक्राउ परेकी लिला पछाईलाई आजैदेखि लागु हुने गरी थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । बिहीबार जिल्ला..

एमालेले सरकारलाई भन्यो : अनुसन्धान प्रभावित पार्ने गतिविधि नियन्त्रण गर

काठमाडौं । सत्तारुढ नेकपा एमालेले पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेको पक्राउ विरोधमा रास्वपाले गरिरहेको प्रदर्शनलाई लिएर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । महासचिव शंकर पोखरेलको हस्ताक्षरमा एमालेद्वारा जारी विज्ञप्तिमा संसदमा रहेका प्रमुख दलहरूको संलग्नतामा बनेको कार्यदलको सर्वसम्मत प्रतिवेदनलाई प्रतिनिधिसभाले ग्रहणगरी कार्यान्वयनको क्रममा प्रतिवेदनका आधारमा किटान गरिएका व्यक्तिरूमाथि भइरहेको अनुसन्धान, अभियोजन र न्यायिक प्रकृयालाई सहयोग गर्नु सबैको साझा कर्तव्य भएको उल्लेख गरिएको छ । पोखरामा रविको पक्षमा भइरहेको प्रदर्शनमा निषेधाज्ञाबीच..

पोखरामा आन्दोलन बाहेक घुमघामको फोटो हाले कारबाही गर्ने रास्वपाको चेतावनी

७ कात्तिक, काठमाडौं ।  रवि लामिछाने पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक घुमघामका फोटो पोस्ट नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सूचना पठाएको छ । रास्वपाको अनुशासन विभागले कार्यकर्ताहरुलाई पठाएको उक्त म्यासेजमा आन्दोलनको फोटो भिडियोमात्रै सामाजिक सञ्जालमा राख्न निर्देशनसमेत दिइएको छ । आन्दोलनबाहेकको पोस्ट राखे कारबाही गरिने समेत बताइएको छ । ‘पोखरामा आएका साथीहरु आन्दोलनबाहेकको घुमघामको फोटो पोस्ट गरेको पाइए कारबाही हुन्छ’, म्यासेजमा भनिएको छ, ‘सबै पार्टी सदस्यले आन्दोलनको फोटो, भिडियो..

प्रेम आले भन्छन्- मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ

५ कार्तिक, काठमाण्डौँ । सांसद प्रेम आलेले आफूले नेकपा एकीकृत समाजवादी पार्टी छाडिसकेको बताएका छन् । नेकपा एस छाडिसकेको भन्दै अहिले आफू तटस्थ रहेको उनले बताए । आलेले नेपाल प्रेससँग भने, ‘म अहिले एमालेमा पनि जाँदिनँ, कांग्रेसमा पनि जाँदिनँ । नेकपा एस छाडिकेको छु । अहिले म तटस्थ छु । कतै जाने सोचेको छैन । मैले नेकपा एसको त महाधिवेशन नै बहिष्कार गरेँ । त्यहाँ त म रहँदै रहन्नँ ।’..

पोखरामा रास्वपा कार्यकर्ता कालोपट्टी बाँधेर सडकमा, सहकारी पीडित पनि उत्रिए

४ कार्तिक, कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि त्यसको विरोधमा रास्वपा कार्यकर्ता विरोधमा उत्रिएका छन् । उनीहरू कालोपट्टी बाँधेर सडकमा उत्रिएका हुन् । जिल्ला अदालत कास्की वरिपरि कडा सुरक्षा व्यवस्था अपनाइएको छ भने पोखरामा सहकारी पीडितले पनि लामिछानेलाई कारबाहीको माग गर्दै प्रदर्शनको तयारी गरेका छन् । रास्वपाले प्रत्येक जिल्लाबाट कम्तिमा पनि एक सय जना कार्यकर्तालाई पोखरामा उपस्थित भएर विरोध प्रदर्शन गर्न सर्कुलर..

‘क्लिन चिट’पछि रविको नयाँ नाटक ‘प्रतिशोध’ सुपरफ्लप हुन्छ: सूर्य थापा

३ कार्तिक, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले ‘क्लिन चिट’पछि रास्वपा सभापति रवि लामिछानेको नयाँ नाटक प्रतिशोध सुपरफ्लप हुन्ने टिप्पणी गरेका छन्। सभापति लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नभएको पुष्टि हुँदा पनि प्रतिशोध साँधेर पक्राउ गरेको दाबी गरेपछि उनले यस्तो बताएका छन्। उनले भनेका छन्, ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाबिहीन नयॅा नाटक मन्चन भइरहेछ ‘प्रतिशोध’ सुपरफ्लप हुने बाटो( प्रतिक्षा गरौं।’ सांसद थापाकै..

एमाले चुलाचुलीको अधिवेशनः अध्यक्ष र उपाध्यक्षमा निर्वाचन, सचिव र उपसचिव सर्वसम्मत

२० असोज, इलाम । नेकपा एमाले चुलाचुली गाउँपालिका कमिटीको अध्यक्षमा देउमान गिरी निर्वाचित भएका छन् । असोज १८ र १९ गते भएको अधिवेशनमा उनले अर्का अध्यक्ष पदका उम्मेद्धवार रणबहादुर लिम्बुलाई हराउदै निर्वाचित बनेका हुन् । निर्वाचित गिरीले ८३ मत प्राप्त गर्दा लिम्बुले ७१ मत प्राप्त गरेका थिए । गिरी २०८९ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा नं. ३ को वडाध्यक्ष पदका उम्मेद्धवार बनेर पराजित बनेका थिए भने लिम्बु..