भारतमा लोकसभा चुनाव सकियो

२० जेठ । भारतमा लोकसभाको चुनाव सकिएको छ। शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै लोकसभाका सबै ५४३ निर्वाचन क्षेत्रमा मतदान भएका हुन्। ४५ दिन लगाएर केन्द्रशासितसहित २८ राज्यमा चुनाव भएको हो। १९ अप्रिलबाट प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको हो। चुनावको नतिजा भने ४ जुनमा आउनेछ। विश्वकै ठूलो लोकतान्त्रिक देश भारतमा छिटफुट हिंसाका समाचारबाहेक सबैतिर शान्तिपूर्ण चुनाव भएको छ। सधैंभरी आतंकवादी आक्रमणको त्रासमा रहँदै आएको कश्मीरमा..

यस वर्ष १६ लाख पर्यटक भित्र्याउने गरी काम भइरहेको छ- पर्यटनमन्त्री तामाङ

२० जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरिरहेको बताएका छन् । गोरखापत्र परिसरमा जारी फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन् । कोभिड-१९ का कारण पर्यटक आगमन घटेको भन्दै उनले सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम भइरहेको बताए । लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दु धर्माबलम्बी..

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । समसामयिक राजनीति र आर्थिक वर्ष २०८१/८२ को बजेटबारे उनीहरूबीच छलफल भएको स्रोतले बतायो । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा सार्वजनिक असन्तुष्टि जनाएका छन् । उनले ‘जनयुद्धकालीन बजेट’ भनेर आलोचना गरेका थिए । बजेटमा ओलीले गरेको टिप्पणीमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको गुनासो रहेको उनी निकट..

गृहमन्त्री जिम्मेवार नभए प्रधानमन्त्रीले जवाफ दिनुपर्छ- गगन थापा

२० जेठ । कांग्रेस महामन्त्री एवम प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनभित्र विषय डाइभर्ट गर्न बोलेका विषयमा जिम्मेवारी लिनुपर्ने बताएका छन् । उनले सभामुख देवराज घिमिरेलाई सांसद र मन्त्रीलाई सभाप्रति मर्यादित बनाउन पनि आग्रह गरेका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा महामन्त्री थापाले विशेष समयमा बोल्दै सहकारी ठगी प्रकरण मोड्नलाई गृहमन्त्री रवि लामिछानेले हुँदै नभएको विषयमा अभिव्यक्ति दिएको बताए..

काठमाडौंको गेस्टहाउसबाट ७२ लाखसहित २ जना पक्राउ

२० जेठ । काठमाडौं महानगरपालिका–७ स्थित एक गेस्टहाउसबाट ७२ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्मा घर भई न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही ठाउँका २९ वर्षीय खेमराज विश्वकर्मा छन् । हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई ७२ लाख रुपैयाँसहित पक्राउ गरेको हो। काठमाडौं–७ को लुम्बिनी खाजा घर एण्ड गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका..

पाँच महिनामा ५ लाखमाथि पर्यटक आगमन

२० जेठ । सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटकको आगमन भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मे २०२४ मा मात्र ९० हजार २ सय ११ पर्यटक नेपाल आएका छन् । योसँगै जनवरीबाट मेसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । बोर्ड निर्देशक मणिराज लामिछानेका अनुसार यस वर्ष पहिलो स्थानमा भारतीय नागरिक आगमन भएको छ । दोस्रो स्थानका लागि..

इलाममा आमा छोराले गरे झुन्डिएर आत्महत्या

२० जेठ । इलाम नगरपालिका–२, सुम्बेकका आमा छोराले झुन्डिएर आत्महत्या गरेका छन् । शनिबार बिहान आमा ४३ वर्षीय फूलमाया तामाङ र उनका छोरा अन्दाजी २० वर्षका जीवन तामाङ एकै ठाउँमा झुन्डिएको फेला परेका हुन् । इलामका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दुवै जनाले घरको दलिनमा डोरीको पासो लागेर झुन्डिएको फेला परेको जानकारी दिए । घरमा आमा छोरा मात्रै बस्ने गर्दथे । ‘बुबा चाहिँ ज्याला मजदुरी गर्न एक महिना अगाडि नै बाहिर..

मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै

२० जेठ । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादीलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले जानकारी दिए । नेता यादवका अनुसार मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई मुख्यमन्त्री रूपमा अघि सार्ने तयारी छ । ‘हामी आजै प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठनका लागि ६३..

टी-२० विश्वकप- जोन्सको विष्फोटक ब्याटिङमा अमेरिकाको विजयी सुरुआत

२० जेठ, अमेरिका । आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको छ । १९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट..

नेपाली क्रिकेट टोलीलाई अमेरिकामा एनआरएनएको स्वागत

२० जेठ, टेक्सास (अमेरिका) । आईसीसी टी-२० विश्वकपमा सहभागी हुन अमेरिका आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । स्वागतनका क्रममा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका थिए । टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ अमेरिकाले पहिलोपटक आईसीसी..