शिबसताक्षी नगरपालिका ६ वडा कार्यालयले कृषकहरुलाई सुपारी विरुवा बितरण गर्ने

१९ जेठ, झापा । झापाको शिबसताक्षी नगरपालिका ६ वडा कार्यालयले यसवर्ष कृषकहरुलाई सुपारी विरुवा बितरण गर्ने भएको छ । वडाभित्रका कृषकहरुको घर–आँगनमा सुपारीको बोटले हरभरा बनाउृने उदेश्यका साथ शिबसताक्षी–६ वडा कार्यालयले सुपारीको विरुवा वितरण गर्न भएको हो । वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार वडाभित्र स्थाई बसोबास गर्ने कृषकहरुका लागि सुपारीको विरुवा बितरण गर्ने वडा समितिको जेठ १७ गते बिहिबार सम्पन्न बैठकले निर्णय गरिएको हो । अध्यक्ष कार्कीले शिबसताक्षी नगरपालिकाको..

स्वर्णिम वाग्ले भन्छन्- युवा विदेशिने क्रम रोक्न स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्छ

१९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । दमौलीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सांसद वाग्लेले सरकारले प्राथमिकता साथ स्वरोजगार तथा सीपमूलक तालिकको व्यवस्था गर्दै अवसर सिर्जना गरी युवा विदेशपलायन हुने दर न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । वर्षात्मा पृथ्वी राजमार्गमा यात्रा गर्दा सास्ती हुने गुनासो आएपछि वर्षा अगावै सडक विस्तारको काम द्रूत गतिमा गराइने सांसद..

भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता- पूर्वराष्ट्रपति भण्डारी

१९ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याएकी छन् । नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेका सन्दर्भ पारेर नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित ‘प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’को शुभारम्भ गर्दै उनले भावि पुस्तालाई आफ्नो सांस्कृतिक पृष्ठभूमिसँग जोड्नका लागि भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नुपर्ने बताइन् । “मातृभाषा पत्रकारिताले विश्वव्यापीरूपमा प्रभावशाली रहेका भाषाहरूद्वारा सिमान्तकृत बनाइएका स्थानीय भाषा र समुदायलाई आवाज प्रदान गर्न..

बजेटमा कमजोरी भेटिए आलोचना गर्न सकिन्छ- ओली

१९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा पेश गरेको बजेटमा केही कमजोरी भेटिएमा त्यसको आलोचना गर्न सकिने बताएका छन् । शनिबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा भएको एमाले संसदीय दलको बैठकमा सांसदहरूलाई सम्बोधन गर्दै ओलीले आफ्नो क्षेत्रमा अनियमित ढङ्गले बजेट वितरण गरिएको भए आवाज उठाउन सकिने बताएका हुन् । उनले भने– ‘बजेटमाथि आलोचना नै गर्न नहुने भन्ने होइन । बजेटमा रहेको कमीबारे माननीयज्यूहरूले आफ्नो..

राष्ट्रियसभाको बैठक भोलि बस्ने

१९ जेठ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक भोलि बस्ने भएको छ । संसद् सचिवालयले भोलि दिउसो १ः१५ मा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका अनुसार भोलिको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ । त्यसैगरी माननीय उद्योग, वाणिज्य..

श्रमाधान रोजगार मेलाको मन्त्री अर्यालले गरे उद्घाटन

१९ जेठ । मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते दुई दिन चल्ने श्रमाधान रोजगार मेलाको उद्घाटन आज श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गरेका छन् । मेला उद्घाटन गर्दै मन्त्री अर्यालले धेरैभन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन उद्योगीहरू मधेस प्रदेशका उद्योगीहरूलाई आग्रह गरेका छन् । शनिबार मेला उद्घाटन गर्दै मन्त्री अर्यालले मधेसमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेसबाट ठुलो सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य..

एमाले संसदीय दलको बैठक सुरु

१९ जेठ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बसिरहेको छ । बैठकमा सरकारले संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको एमाले प्रमुख सचेतक महेश वर्ताैलाले जानकारी दिए । बजेटबारे पूर्व अर्थमन्त्री युवराज खतिवडा, पार्टी महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णु पौडेलले सांसदहरुलाई प्रशिक्षण दिँदैछन् । उनीहरुको प्रशिक्षणपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन..

च्याम्पियन्स लिगको फाइनलमा आज डर्टमन्डले रियलको सामना गर्दै

१९ जेठ । शनिबार राति (नेपालमा आइतबार बिहान) च्याम्पियन्स लिगको फाइनलमा अन्डर डग बोरुसिया डर्टमन्डले कीर्तिमानी विजेता रियल मड्रिडको सामना गर्दैछ । आजको खेल जिते जर्मन क्लबको प्रतियोगिता जित्ने २७ वर्षको प्रतीक्षा अन्त्य हुनेछ । उता लस ब्लाङ्कोस भने रेकर्ड १५ औँ उपाधि जित्ने तरखरमा छ । डर्टमन्डले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनलाई पाखा लगाउँदै वेम्बलेको टिकट बुक गरेको थियो । उता, कार्लाे एन्चेलोटीको टोलीले बायर्न म्युनिखलाई हराउँदै ‘अल–जर्मन’ फाइनल हुनबाट रोकेको..

ट्रम्पले अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने

१९ जेठ । ‘हश मनी’ मुद्दामा दोषी ठहर भएपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन् । आफ्नो ४० मिनेटको भाषणमा ट्रम्पले यो निर्णयविरुद्ध अपिल गर्ने तयारी गरिरहेको पुष्टि गरेका थिए । उनले भने, ‘हामी यस निर्णयको विरुद्धमा पुनरावेदन गर्न जाँदैछौं। हामी यसको विरुद्ध धेरै तहमा पुनरावेदन गर्नेछौं।’ ट्रम्पले अब राष्ट्रपति चुनाव लड्न पाउलान् ? न्यायमूर्ति जुआन मार्चेनको मनोवृत्तिमाथि प्रश्न गर्दै उनले भने, ‘हामीलाई साक्षीहरू पेश गर्न दिइएन,..

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा

१९ जेठ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो। घटनामा..