पोखरा महानगर क्षेत्रभित्र २ लाख २६ हजार २६१ विरुवा लगाइने

२२ जेठ । पोखरा महानगरपालिका क्षेत्रभित्र २ लाख २६ हजार २६१ विरुवा लगाइने भएको छ। ‘स्वच्छ शहरः हरित सहर’को रूपमा विकास गर्ने उद्देश्यले महानगरले विरुवा रोप्न लागेको हो। सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीतिका लागि महानगरले वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा.शेषकान्त भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदलले मेयर धनराज आचार्यलाई मंगलबार प्रतिवेदन बुझाउँदै २ लाख बढी क्षेत्रमा वृक्षारोपण गर्न सकिने बताएको हो ।..

टी-२० विश्वकप- नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

२२ जेठ । नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ । ग्राण्ड..

भारतमा १८औं लोक सभा निर्वाचनको मतगणना सुरु

२२ जेठ । भारतको १८औं लोक सभा निर्वाचनको मतगणना सुरु भएको छ । पूर्वनिर्धारित समय अनुसार आज बिहानदेखि मत गणना सुरु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ५४२ सिटका लागि भएको निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् । निर्वाचन सकिएलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणले यसपटक पनि भाजपाको एनडीए गठबन्धनले बहुमत हासिल गर्ने देखाएको छ । मत सर्वेक्षणअनुसारकै नतिजा निस्किएमा नरेन्द्र मोदी तेस्रो..

प्रधानमन्त्री ‘प्रचण्ड’ले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । उनले वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको पनि दाबी गरे ।..

किलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिडमा

२२ जेठ । फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिडमा भित्रिएका छन्। रियलले सोमबार २५ वर्षीय फ्रान्सेली स्टारसँग आगामी पाँच सिजनका लागि सम्झौता गरेको हो। योसँगै उनी सन् २०२९ सम्म रियलमा रहने छन्। रियलले उनलाई कति रकम खर्चिएर भित्र्याएको हो खुलाएको छैन। युरोकप तयारीका लागि फ्रान्स्रेली टोलीसँगै रहेका एमबाप्पेलाई औपचारिक रूपमा कहिले सार्वजनिक गर्ने भन्नेबारे पनि रियलले केही बताएको छैन। यद्यपि, एम्बाप्पेले आफ्नो एउटा सपना पूरा भएको बताएका छन्।..

 फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

  २१ जेठ । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ । फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरिएको जनाइएको छ, जहाँ उनी निर्देशित फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु हुने क्रममा थियो । आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक..

हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाऔँ- ज्ञानबहादुर शाही

२१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने बताएका छन्। सोमवार प्रतिनिधिसभा बैठकमा आ.व. २०८१र०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै प्रमुख सचेतक शाहीले हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने बताएका हुन् । उनले असारबाट आर्थिक वर्ष सुरु हुँदा असोजमा पैसा पुग्ने र कार्तिकदेखि नै हिउँका कारण काम गर्न नसक्ने अवस्था आउने गरेको बताए ।..

सिंहदरबारमा प्रचण्ड, ओली र माधवबिच छलफल

२१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच सोमबार दोस्रो पटक भेटवार्ता भएको छ । सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरूबिच भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको बताइए पनि नेताहरूले मुख खोलेका छैनन् । बालुवाटारमा तीन दलका शीर्ष नेताहरूबिच करिब तीन घण्टाको भेटपछि बालुवाटारमा अध्यक्ष नेपालसँग प्रचण्ड र ओलीले भेटवार्ता गरेका..

तामाङ भाषा (सम्भोटा लिपि) मा पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न शिक्षा मन्त्रालय सहमति

२१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तामाङ भाषा (सम्भोटा लिपि) मा पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न स्वीकृति प्रदान गरेको छ । राष्ट्रिय अभिलेखालयबाट प्राप्त प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक कार्यान्वयन गर्न गराउनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने निर्णय भएको हो । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको मन्त्री स्तरीय निर्णयबाट सम्भोटा लिपिमा पाठ्यपुस्तक तयार गर्न स्वीकृति दिने नीतिगत निर्णय..

कोशी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी हुने

२१ जेठ, विराटनगर। कोशी प्रदेशसभाको बैठक अघोषित रुपमा बहिस्कार गर्दै आएको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ । मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको मुद्दाको कारण देखाउँदै कांग्रेसले जारी बर्खे अधिवेशनका बैठकमा सहभागिता जनाएको थिएन । कांग्रेसको अनुपस्थितिमा नै ३१ वैशाखमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएका थिए । सोमबार प्रदेशसभा बैठकअघि पत्रकार सम्मेलन गर्दै कांग्रेस दलका नेता उद्धव थापाले बैठकमा सहभागी हुने निर्णय भएको..