१ करोड रुपैयाँसहित सुनसरीबाट एकजना पक्राउ

२० जेठ । सशस्त्र प्रहरी बलको टोलीले सुनसरीबाट स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउन पर्नेमा हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी वर्षीय ३७ ईसा अन्सारी छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा बोरामा लुकाइछिपाइ राखेको रकम बरामद भएको जानकारी दिए । बरामद भएको रकममा १ हजार दरको नोट ९..

चन्द्रमाको दक्षिणी ध्रुवमा चिनियाँ मानवरहित यान अवतरण

२० जेठ । चीनले मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा पहिलो पटक अवतरण गरेको जनाएको छ । यसअघि चन्द्रमाको उक्त क्षेत्रमा जान कसैले पनि जान प्रयास गरेका थिएनन् । चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए) द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बेइजिङको समय अनुसार बिहान ६ः२३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।’ मे ३ बाट चीनले सुरु गरेको यो अभियानको उद्देश्य..

शिबसताक्षीमा फुटबलर प्रिती राई नगद ५५ हजार र सम्मानपत्रले सम्मानित

२० जेठ । नेपाली महिला राष्ट्रिय फुटबलर प्रिती राई झापाको शिबसताक्षी–११ झिलझिलेमा नगदसहित सम्मानित भएकी छन् । किराँत राई यायोक्खा, शिबसताक्षी नगर समितिले आयोजना गरेको उभौली साकेलाको अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा राई नगद ५५ हजारसहित सम्मान–पत्रद्धारा सम्मानित भएकी हुन् । उनलाई किराँत राई यायोक्खा, शिबसताक्षी नगर समितिले रु ३८ हजार ७ सयसहित सम्मानपत्रले कार्यक्रममा सम्मान गरिएको थियो । यायोक्खा, शिबसताक्षी नगर समितिका अध्यक्ष पशुराम रिङगालुङ राईको अध्यक्षताम भएको कार्यक्रममा प्रिती..

रियलले जित्यो १५औं पटक च्याम्पियन्स लिगको उपाधि

२० जेठ । रियल मड्रिडले १५औं पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ। वेम्बली स्टेडियममा शनिबार राति सम्पन्न फाइनलमा बोरुसिया डर्टमुन्डलाई २–० गोल अन्तरले पराजित गर्दै रियलले उपाधि जितेको हो। रियलको जितमा डानी कार्भाजल र भिनिसियस जुनियरले गोल गरे। खेलको ७४औं मिनेटमा कार्भाजलले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। टोनी क्रुसको कर्नरमा कार्भाजलले हेडरमार्फत गोल गरेका थिए। त्यसको ९ मिनेटपछि भिनिसियसले गोल गर्दै रियललाई २–० को जित दिलाए। प्रशिक्षक कार्लो एन्सेलोट्टीको..

भलिबलको लागि आवासीय कभर्ड हल बनाइने

१९ जेठ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताएका छन् । शनिबार काठमाडौंमा सुरु भएको आठौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउने विषयमा छलफल भइरहेको बताए । ‘यही बजेटमा पनि भलिबलको लागि एउटा गन्तव्यको रुपमा विकास गर्न खोजेको तर जग्गा प्राप्तिका यावत समस्याहरुले सकेका छैनौं । यही पालि भलिबलको लागि एउटा..

यार्सागुम्बा टिप्न गएका २ जनाको मृत्यु

१९ जेठ, मुगु । यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउँबाट फोनमा रासस प्रतिनिधिलाई जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा सङ्कलनमा..

सहभागितामुलक बजेट तर्जुमाका लागि राष्ट्रिय युवा संघ झापाको अभियान घोषणा

१९ जेठ ।  राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाले सहभागितामुलक बजेट तर्जुमाका लागि सचेतना तथा खवरदारी अभियान –२०८१ को घोषणा गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय युवा संघले असार २५ गतेसम्म अभियान सञ्चालन गर्ने घोषणा गरेको हो । राष्ट्रिय युवा संघ झापाका अध्यक्ष फुर्वा लामाले अभियानबारे जानकारी दिदैं बजेट नीति तथा कार्यक्रम पारित नहुञ्जेल अभियान सञ्चालन गरिने जानकारी दिएका हुन् । ‘युवाहरुको अगुवाईमा स्थानीय लोकतन्त्रलाई बलियो बनाई..

एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी

१९ जेठ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेको प्रगती अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताए । उनले भने ‘अहिलेसम्मको हाम्रो कार्य प्रगति अनुसार असार दोस्रो हप्ताभित्र नतिजा निकाल्न सकिन्छ..

झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान

१९ जेठ । झापामा सुपारी प्रशोधनका लागि रु ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि रु ४० लाख अनुदान उपलब्ध गराएको हो । केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग’ कार्यक्रमअन्तर्गत किसानलाई रु पाँच लाखदेखि रु सात लाख ५० सम्म उपलब्ध गराएको जानकारी दिए । लाभग्राहीको २५ प्रतिशत..

गण्डकीसँग एपिएफ पराजित

१९ जेठ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई पराजित गर्दै गण्डकी प्रदेशले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शनिबार सम्पन्न खेलमा गण्डकीले एपिएफलाई ३-१ सेटले पराजित गरेको हो। गण्डकीले पहिलो सेट २५-२२ ले जितेको थियो। तर, दोस्रो सेट भने १९-२५ ले गुमायो। तर, तेस्रो र चौथो सेट २५-२० र २५-१९ ले जित्दै गण्डकी विजयी सुरुआत गर्‍यो।