भारतमा किशोरी बेच्न लैजाँदै गरेको अवस्थामा ललितपुरबाट दुई जना पक्राउ

भारतमा किशोरी बेच्न लैजाँदै गरेको अवस्थामा ललितपुरबाट दुई जना पक्राउ

२८ जेठ । भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले १४ वर्षीय किशोरीलाई प्रहरीले ललितपुरबाट उद्धार गरेको छ । किशोरीलाई उद्धार गरेर बेचबिखनमा लैजान खोज्ने दुई जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी (एसपी) ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।

पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भएका ३९ वर्षीय सम्बरबहादुर तामाङ र नुवाकोट तादी गाउँपालिका–२ घर भएकी ३३ वर्षीय इन्दिरा कटुवा तामाङ छन् । यसअघि पनि बेचबिखन मुद्दामा जेल परेका सम्बरबहादुर २०८० वैशाखमा मात्र थुनामुक्त भएका थिए । उनी १० वर्ष जेल बसेर छुटेका हुन्।

जेलबाट छुट्नासाथ उनले पुरानै अपराध कर्म सुरु गरेको भेटिएको ब्युरोका एसएसपी ओमबहादुर रानाले बताए ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर