विश्वकप खेल्न सन्दीप वेस्ट इन्डिज प्रस्थान

२८ जेठ । सन्दीप लामिछाने आइसिसी ट्वान्टी - २० विश्वकप खेल्न वेस्ट इन्डिज प्रस्थान गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आइतबार बिहान विज्ञप्ति जारी गर्दै उनी त्यसतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन्। उनका अनुसार सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुनेछन्। उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै क्यानले पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेको खड्काले जानकारी दिए। उनका अनुसार..

मधेशमा मन्त्रिपरिषद् विस्तार

२७ जेठ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सिंहले आफ्नो पार्टी जनमतबाट त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । सत्ता भागबन्डाका क्रममा वन मन्त्रालय जनमतले पाउने सहमति भएको थियो । त्यसमा मुख्यमन्त्रीले आज साहलाई मन्त्री नियुक्त गरेका हुन् । साह सिरहाको क्षेत्र..

भारतको प्रमुख विपक्षी पार्टी कांग्रेस संसदीय दलको नेतामा सोनिया गान्धी चयन

२७ जेठ । भारतको प्रमुख विपक्षी पार्टी अल इण्डिया कांग्रेसको संसदीय दलको नेतामा ७७ वर्षीया सोनिया गान्धी चयन भएकी छिन् । शनिबार उनलाई सर्वसम्म संसदीय दलको नेता चयन गरिएको हो । पार्टी सांसदहरूको बैठकमा कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले सोनियालाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव राखेका थिए । जुन सर्वसम्मत पारित भयो । शनिबारै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेता राहुल गान्धीलाई नेता प्रतिपक्षको जिम्मेवारी सम्हालन आग्रह गरिएको थियो ।..

नयाँदिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड

२७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथग्रहण गर्ने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गरेको दिल्लीस्थित विदेश मन्त्रालयले जनाएको छ । तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले आज साँझ भारतको प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ । शपथ समारोहपछि प्रधानमन्त्री दाहाल र उनका समकक्षी मोदीबीच..

स्थानिय मिडियालाई संरक्षणको माग गर्दै चुलाचुलीका अध्यक्ष केरुङलाई ज्ञापन पत्र

२७ जेठ, इलाम । चुलाचुली गाउँपालिकामा क्रियशिल रहेको स्थानिय संञ्चार संस्थाले आज पालिका अध्यक्ष राजेन्द्र केरुङलाई ज्ञापन पत्र बुझाएका छन् । स्थानिय मिडियालाई संरक्षणको माग गर्दै उनिहरुले ज्ञापन पत्र बुझाएका हुन् । चुलाचुलीमा दर्ता रहेर कार्यरत रहेका कम्युनिकेशन मिडिया प्रा.लि.का संञ्चालक नितेश राई, आरोह मिडिया प्रा.लि.का सचिव देवेन्द्र पौडेल र चुलाचुली मिडिया प्रा.लि. का प्रतिनिधी सन्तोश गिरी लगायत स्थानिय संञ्चारकर्मीको टोलीले चुलाचुली गाउँपालिका अध्यक्ष केरुङलाई ज्ञापन पत्र बुझाएका हुन ।..

बालोन डी’ओर अवार्ड आगामी अक्टोबर अन्तिममा

२६ जेठ । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार वितरण समारोह बालोन डी'ओर आगामी अक्टोबर २८ मा पेरिसमा आयोजना हुने भएको छ। आयोजक युइएफएका अनुसार आगामी सेप्टेम्बर ४ मा मनोनयन घोषणा गरिनेछ । रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका भिनिसियस जुनियर, जुड बेलिङ्घम र टोनी क्रुसले बलियो प्रतिस्पर्धा गर्ने सम्भावना छ । युरो २०२४ मा जर्मनीका लागि खेलेपछि क्रुसले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिने छन्। खेल करिअरमा उनी..

वैदेशिक रोजगारको ठगी धन्दामा नेताहरूकै संलग्नता छ- प्रभु साह

२६ जेठ । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारीका लागि नेपालबाट युवाहरू विभिन्न देशमा पुगिरहेको र कतिपयको त्यहाँ हत्या हुने गरेको बताउँदै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । आजपा निकटको आइटी आर्मीको शनिबार काठमाडौँमा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सो कुरा बताएका हुन् । साहले नेपालमा युवाहरू स्वास्थ्य परीक्षण गरी रोजगारका लागि विदेश गइरहेको तर कतिपयको हत्या हुने गरेको बताए । ‘हामी देखिरहेका छौँ दिनहुँ..

चुलाचुलीमा विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध- शिक्षकलाई राजनीति प्रतिबन्ध

२६ जेठ । इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षकहरू आआफ्ना पेसागत सङ्घसङ्गठनमा आबद्ध भए तापनि कुनै  राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ । शिक्षकहरूले निर्णय उल्लङ्घन गरेको पाइएमा सङ्घीय शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा ५ (छ) बमोजिम कारबाही गर्ने निर्णय..

बिर्तामोडको बेरुजु अघिल्लो वर्षको तुलनामा ७.५८ प्रतिशत घट्यो

२६ जेठ, झापा । झापाको बिर्तामोड नगरपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । महालेखा परीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९–८० को बेरुजु ४.५४ प्रतिशत छ । यो आर्थिक वर्ष ०७८–७९ को प्रतिवेदन अनुसार ७.५८ प्रतिशतले कमी हो । उक्त आर्थिक वर्षमा बिर्तामोडको बेरुजु १२.१२ प्रतिशत उल्लेख थियो । २४ करोड ६० लाख १६ हजार रहेको अघिल्लो आर्थिक वर्षको वेरुजु रकम..

झण्डै ४ हजार मेगावाट विद्युत् प्रवाह गर्ने पूर्वाधार तयार

२६ जेठ । झण्डै चार हजार मेगावाट विद्युत प्रवाह गर्ने क्षमता भएको चार सय केभी क्षमताको हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएको छ । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा सो सवस्टेशन निर्माण भएको हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो चार सय केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार साँझदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ । यसैगरी, नेपाल–भारत..