सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन सचेतक बरालको माग

३१ जेठ । नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गरेकी छन्।

नागरिकहरू आज पनि सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सो अवस्था हटाउन सरकारको ध्यनाकर्षण गराएकी हुन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने अवस्था बनाउन माग गरिन् । बिरामी दर्ता, रिपोर्ट बुझ्दा, डाक्टरलाई रिपोर्ट बुझाउँदा बारम्बार लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह गरिन् ।

उनले भनिन्, ूआज हाम्रा सर्वसाधारण नागरिकहरू सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ । ९ बजे ओपिडी खुल्छ भने ५ बजेदेखि लाइन बस्ने ती नागरिकहरुका लागि सोच्नुपर्ने अवस्था छ । दुई चार वटा काउन्टर थपेर स्वास्थ्य सेवा सहज बनाउनका लागि अनुरोध गर्दछु ।ू

उनले संवेदनशील क्षेत्र र विषयलाई सुझबुझपूर्ण ढंगले सहज र सरलीकरण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270