बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने

३० जेठ । झापाको बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । बिर्तामोडको फस्र्ट स्टेप फिटनेसले आगामी असोज १९ गते हुने जिल्लास्तरीय प्रतियोगिताको आयोजना गर्न लागेको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगिताका अध्यक्ष तथा २०६४ का मिस्टर झापा, कलाकार सुवास मेचेले खेलाडी उत्पादन र प्रोत्साहन गर्ने मुख्य उद्देश्यसाथ प्रतियोगिता आयोजना गरिएको बताए । अध्यक्ष मेचेका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ५१..

प्रधानमन्त्री प्रचण्डको निर्देशन- हस् भइहाल्छ भन्ने होइन, काम र व्यवहारमा रूपान्तरण चाहियो

३० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताएका हुन् । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई ध्यान दिइ इमान्दार र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा..

संखुवासभामा पहिरोमा पुरिएर एकको मृत्यु

  ३० जेठ । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा..

रुसी सेनामा भर्ती भएका दुई भारतीय युक्रेनसँगको युद्धमा मारिए

३० जेठ । रुसी सेनामा भर्ती भएका दुई भारतीय नागरिक युक्रेनसँगको युद्धमा मारिएका छन्। भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “हामी मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्छाैँ । मस्कोमा रहेको हाम्रो दूतावासले रुसी रक्षा मन्त्रालयलगायत रुसी अधिकारीहरूलाई शव जतिसक्दो चाँडो स्वदेश फिर्ता गर्न दबाब दिइरहेका छन्।” भारतीय विदेश मन्त्रालयल र मस्कोमा रहेको भारतीय दूतावासले रुसी सेनामा सेवा गरिरहेका सबै भारतीय..

गिरीबन्धु टी–इस्टेटको सातबुँदे स्पष्टीकरण सार्वजनिक

३० जेठ । गिरीबन्धु टी–इस्टेटले सातबुँदे स्पष्टीकरण सार्वजनिक गर्दै अदालतको फैसलाले टी–इस्टेटको जग्गाको सट्टापटा नरोकिएको तर्क गरेको छ। बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी टी–इस्टेटका अध्यक्ष छत्र गिरीले जग्गा आफूहरूको निजी भएको भन्दै राज्यले दिएको छुट प्रयोग गरेको दाबी गरे । उनले अब अदालतले भनेका सर्त पूरा गरेर नै टी–इस्टेट स्थानान्तरण गर्ने बताए । यस्तो छ सातबुँदे दाबी पत्र १. गिरीबन्धु टी–इस्टेटले भूमिसम्बन्धी ऐन र नियम मिचेर जग्गा सट्टापट्टाको लागि..

भोजपुरबाट बलात्कार आरोपमा एक युवक पक्राउ

३० जेठ । भोजपुरको हतुवागढीबाट प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेका छन्। मगरले १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ। बालिकाको घर नजिकैको गोठमा उनले वैशाख ७ मा साँझ बलात्कार गर्दा गर्भ समेत रहेको जाहेरीको आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । विशालविरुद्ध ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको..

राष्ट्रपति रामचन्द्र पौडेल जेनेभामा

३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्र अन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा..

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बेलायती राजदूत फेनबिच भेटवार्ता

३० जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबिच भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्दप्रसाद भट्टले जानकारी दिए । उनले राजदूतसँगको भेटमा जलविद्युत तथा ऊर्जा क्षेत्रका साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको ठोस प्रयास हुने विश्वास व्यक्त गरे । मन्त्री भण्डारीले भने, “नेपाल सन् २०२६..

अर्काको नागरिकता दुरुपयोग गर्ने भारतीय नागरिक पक्राउ

३० जेठ । अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर दुरुपयोग गर्ने झापा कमल गाउँपालिका ५ बस्दै आएका भारतीय नागरिक ३२ वर्षीय सम्सुल मन्सुरीलाई प्रहरीले पक्राउ गरेको छ। मन्सुरीसहित झापा प्रहरीले नागरिकता दुरुपयोग गर्ने कार्यमा सहयोग गर्ने कमल ५ का ४० वर्षीय सुमन चापागाईलाई पक्राउ गरिएको बताइएको छ । बिहार मोतिहारी थाना केतवाड– ५ घर भई कमल गाउँपालिकामा सिरकडसना बनाउने काम गर्दैआएका मन्सुरीले मो. फिरदौस अन्सारीको नागरिकताको विवरणसँग मिल्ने विवरण भरी फोटो..

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

३० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् । अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि..