चट्याङले अचेत भएका इलामका युवाको मृत्यु

३ असार । इलामममा सोमबार बिहान परेको चट्याङले बेहोस भएका एक युवाको मृत्यु भएको छ । चट्याङ पर्दा बेहोस भएर ढलेका इलाम नगरपालिका-९ भञ्झ्याङका ३६ वर्षीय सुनिल गोलेको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । बेहोस भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको उपरीक्षक ढकालले बताए ।

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

३ असार । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बिचमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिइन् । राजमार्ग पुनः सञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

टी–२० विश्वकपको सुपर ८ समीकरण पूरा

३ असार । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपको सुपर एट समीकरण पूरा भएको छ। पहिलो चरणबाट ८ टीम सुपर एटमा पुगेका छन् भने १२ टीम बाहिरिएका छन् । सुपर एटमा पुगेका टोलीलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश ग्रुप १ मा छन् । ग्रुप २ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान..

२४ करोड बराबरको अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ

  ३ असार । २४ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देहीको कट्टिमाई नगरपालिका–६ का २५ वर्षीय आकाश मिश्र, रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका–५ का २२ वर्षीय अभिषेक जैसवाल, रुपेन्देहीको ओमसतिया गाउँपालिका–१ का २५ वर्षीय नितेश हरिजन, बुटवल उपमहानगरपालिका–१७ का २९ वर्षीय रामु गिरी रहेका छन् । यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–८ का २८ वर्षीय प्रतिक बस्याल र काठमाडौं महानगरपालिका–३० का २९ वर्षीय सजल श्रेष्ठलाई..

नदी धमिलिने बित्तिकै मेलम्ची बन्द

३ असार, काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो । समितिले गत जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो । बागमती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिइएको थियो । जल..

विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक ट्रोटसनबर्ग नेपालमा

३ असार । विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग नेपाल भ्रमणमा आएका छन्। उनी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को ‘थर्ड आईडीए २१ रिप्लेनिसमेन्ट मिटिङ’ को सिलसिलामा नेपाल आएका हुन् । नेपालमा पहिलोपटक हुन लागेको विश्व बैंकको उच्चस्तरीय बैठक ४ असारदेखि तीन दिनसम्म चल्ने छ । उनले यस बैठकको अध्यक्षता समेत गर्ने छन् । यो बैठकमा न्यून आय भएका मुलुकलाई विश्वबैंकको सहायताबारे रणनीति तय गर्ने छ।..

जलपाईगुडीमा यात्रुवाहक रेल मालवाहक रेलसँग ठोकिँदा पाँच जनाको मृत्यु

३ असार । नेपालको पूर्वी नाका नजिकै रहेको पश्चिम बंगालको न्यू जलपाईगुडी छेउमा सोमबार बिहान यात्रुवाहक रेल मालवाहक रेलसँग ठक्कर खाँदा पाँच जनाको मृत्यु भएको छ। कोलकाताको सियालदह जाँदै गरेको कञ्चनजंघा एक्सप्रेस र न्यू जलपाईगुडी तिर आउँदै गरेको मालवाहक रेल बिहान साढे ९ बजे एकापसमा ठक्कर खाएका थिए । दार्जिलिङ जिल्लाका निमित्त प्रहरी प्रमुख अभिशेख रायले घटनाको पुष्टि गर्दै दुई दर्जन बढी यात्रु घाइते भएको जनाए। ठक्करपछि रेलका तीनवटा डब्बा लिगबाट..

मेयर बालेन ब्राजिल प्रस्थान

३ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्। असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट उहाँ ब्राजिल प्रस्थान गरेका हुन् । बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किने कार्यक्रममा छन् । मेयरका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् ।..

गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

३ असार । भारतको पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा डुङ्गा पल्टँदा सवार ६ जना बेपत्ता भएका छन्। अधिकारीहरूका अनुसार उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा ६ जना बेपत्ता भएका छन् भने ११ जना सकुशल रहेको बताइएको छ । बारहका एसडिएम शुभम कुमारले भन्नुभयो, “यहाँ एउटा सानो डुङ्गा पल्टिएको थियो । डुङ्गामा १७ जना सवार थिए, तीमध्ये ११ जना सकुशल छन् भने..

पोल्यान्डविरुद्ध नेदरल्यान्ड्सको २–१ को पुनरागमन जित

३ असार । नेदरल्यान्ड्सले युरोकपअन्तर्गत समूह डी को पहिलो खेलमा पुनरागमन जित हासिल गरेको छ। जर्मनीको भोक्सपार्क स्टेडियममा आइतबार सम्पन्न खेलमा नेदरल्यान्ड्सले पोल्यान्डविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको हो। खेलमा १–० गोलले पछि परेको नेदरल्यान्ड्सका लागि कोडी गाक्पो र वाउट वेघोरएसडीले गोल गरे। पोल्यान्डका एडम बुक्साले गरेको पहिलो गोल सान्त्वना बन्यो। जितसँगै तीन अंक जोडेको नेदरल्यान्ड् समूह डी को शीर्ष स्थानमा रहेको छ। पराजित पोल्यान्ड भने पुछारमा छ। यस..