आणविक हतियारको मामिलामा भारतले पाकिस्तानलाई उछिन्यो

४ असार । स्वीडेनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) को प्रतिवेदन अनुसार विश्वका नौ आणविक शक्ति सम्पन्न देशले सन् २०२३ सम्ममा आफ्ना आणविक हतियारलाई आधुनिकीकरण गरिसकेका छन्। प्रतिवेदनमा भारतसँग पाकिस्तानभन्दा धेरै आणविक हतियार रहेको उल्लेख छ । भारतसँग सन् २०२३ मा १६४ आणविक हतियार थिए, जुन २०२४ मा बढेर १७२ पुगेको छ । पाकिस्तानसँग गत वर्ष पनि १७० आणविक हतियार रहेकोमा यो वर्ष अहिलेसम्म कुनै वृद्धि भएको छैन..

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

४ असार । १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ बिराटनगर महानगरपालिका–११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका–६ भेडेटारस्थित होटेलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बिर्तामोडमा हात्ती गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

४ असार । झापाको बिर्तामोडमा हात्ती गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । ठक्करबाट मोरङको रतुवामाई नगरपालिका ८ बस्ने ७० वर्षीय टङ्कमाया सुवेदीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी सुवेदीलाई उपचारको लागि बिएण्डसी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

माइखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबाली नष्ट

४ असार, झापा । अविरल वर्षाका कारण झापाको माइखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबालीलाई नष्ट भएको छ। बाढीले झापा गाउँपालिका–२ सुगाबथान टोल नजिकै करिब ५० बिघामा लगाएको मकैखेतीलाई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । त्यस्तै, गएराति झापा–३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको दुई बिघा खेतको परालमा वर्षासँगै परेको चट्याङ लागेर आगलागी भएको छ। उक्त आगलागी शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको बारुणयन्त्र..

चुलाचुलीमोडमा टिप्पर र बस जुध्दा २० जना घाइते

४ असार । झापाको कमल गाउँपालिका चुलाचुलीमोडस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान सडक दुर्घटना हुँदा २० जना घाइते भएका छन्। आज बिहान ०७ः१५ बजे राजमार्गका टिप्पर र यात्रुबहाक बस आपसमा ठोक्किँदा बसमा रहेका २० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा. ३ ख २१६६ नम्बरको टिप्पर र पूर्वतर्फ जाँदै गरेको को. १ ख ५०८७ नम्बरको बस एकआपसमा ठोक्किएका थिए । बस चालक उदयपुर..

आत्मघाती गोल उपहार पाएसँगै युरोकपमा फ्रान्सको विजयी सुरुआत

४ असार । विपक्षी खेलाडीले गरेको आत्मघाती गोल उपहार पाएसँगै फ्रान्सले युरोकपमा विजयी सुरुआत गरेको छ। डसेलडोर्फ एरिनामा सोमबार राति सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोलअन्तरले पराजित गरेको हो। फ्रान्सको जितमा लेफ्ट ब्याक म्याक्सिमिलियन वोबरले ३८औं मिनेटमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो। जितसँगै फ्रान्सले समूह डी मा तीन अंक जोडेको छ। फ्रान्सले शनिबार दोस्रो खेल समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्ससँग खेल्नेछ। नेदरल्यान्ड्सले पहिलो खेलमा पोल्यान्डलाई २-१ गोल अन्तरले पराजित..

नेपालका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भेटवार्ता

४ असार । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच सोमबार भेटवार्ता भएको छ। जर्मनीको वर्लिनस्थित राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरे । सोसलिस्ट इन्टरनेशनल तथा प्रोग्रेसिभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्ने धारणा राष्ट्रपति पौडेलले राखे..

अफगानिस्तान वेस्ट इन्डिजसँग १०४ रनको फराकिलो अन्तरले पराजित

४ असार ।  टी-२० विश्वकप २०२४ मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएको छ। २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भएपछि वेस्ट इन्डिजले फराकिलो जीत हात पारेको हो । जारी विश्वकपको यो नै सबैभन्दा ठूलो अन्तरको जीत हो । विशाल लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका  इब्राहिम जद्रानले ३८, अजमतुल्लाह उमरजईले २३, राशिद खानले १८, करिम जन्नतले १४ रन..

आइडीए २१ बैठक सुरु

४ असार । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघको आइडा २१ तेस्रो रिप्लेनिसमेन्ट बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान काठमाडौंको सोल्टी होटेलमा बैठकको उद्घाटन गरेका छन् । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठुलो बैठक हो । शुक्रबारसम्म चल्ने (१८ जुन देखि २१ जुन २०२४) बैठकले न्यून आय वर्गका मुलुकलाई गर्ने भावी सहयोगको रणनीति तय गर्ने छ । बैठकमा विश्ववैंकका वरिष्ठ प्रवन्ध निर्देशक एक्सेल..

युरोकपको पहिलो खेलमै स्लोभाकियासँग बेल्जियम पराजित

४ असार । बेल्जियम युरोकपको पहिलो खेलमै स्लोभाकियासँग पराजित भएको छ। ड्यूश बैंक पार्कमा सोमबार राति भएको खेलमा बेल्जियम १-० गोलअन्तरले पराजित भएको हो। इभान श्रान्जले खेलको सातौं मिनेटमा गरेको गोल नै स्लोभाकियाको जितमा निर्णायक बन्यो। उनले जुराज कुक्काको पासमा गोल गर्का थिए। ५६औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपनि भिडियो असिस्टेन रेफ्रीले मान्यता दिएन। समूह ई कै अर्को खेलमा रोमानियाले युक्रेनलाई ३-० गोलअन्तरले पराजित गरेको छ। रोमानियाको जितमा पहिलो हाफमा..