
४ चैत्र, इलाम । इलामको सूर्याेदय नगरपालिकाले यो वर्ष नगरका २८ छोरी–बुहारीलाई स्नातक तहको शिक्षा निःशुल्क दिनेगरी सम्झौता गरेको छ ।
यस शैक्षिक सत्र उनीहरूलाई नगरले शतप्रतिशत छात्रवृत्तिमा पढाउने भएको हो ।
शैक्षिक सत्र २०७५/०७६ मा सुरु ‘नगरको इच्छा, छोरीलाई शिक्षा, नगरको इच्छा बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत हालसम्म २ सय ६५ विद्यार्थीले यहाँ निःशुल्क अध्ययन गरेको नगरका कार्यवाहक मेयर दुर्गाकुमार बरालले जानकारी दिनुभयो ।
अहिलेसम्म यहाँबाट ९० विद्यार्थी उत्तिर्ण भईसकेका छन् ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७