समाचार
जङ्गली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ जना बिरामी
१२ असार, मकवानपुर । जङ्गली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएका हुन् । कैलाश–९ नामटारमा जङ्गली च्याउ खाँदा चार वर्षीय दिपेश लामा, कैलाश–९ की २५ वर्षीया निरुमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले..
एसईईको नतिजा भेली बिहान ९ बजे सार्वजनिक गरिने
१२ असार, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले सम्पूर्ण तयारी पूरा भइसकेको बताए । एसईईको परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।
विपद् न्यूनीकरण प्राधिकरण भन्छः ताप्लेजुङका २५ घर उच्च जोखिममा, २५ पूर्ण क्षति
१२ असार, ताप्लेजुङ । मनसुनको सुरुआतमै आएको बाढीपहिरोमा परी ठूलो क्षति व्यहोरेको ताप्लेजुङको विपद् असरबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रिपोर्ट सार्वजनिक गरेको छ । प्राधिकरणले असार १० गते तयार पारेको उक्त रिपोर्ट अनुसार ताप्लेजुङमा अझै पनि २५ घर उच्च जोखिममा र ७१ घर जोखिममा छन् । रिपोर्टका अनुसार ताप्लेजुङले जेठ २२ गतेबाटै विभिन्न वर्षाजन्य विपद् व्यहोर्न सुरु गरेको थियो । मनसुनको सुरुआतमै ताप्लेजुङमा बाढीपहिरोबाट ५ जनाले ज्यान..
एमाले उपाध्यक्ष विष्णु पौडेल चढेको जहाज अवतरण गर्न नसकी काठमाडौं फर्कियो
१२ असार, काठमाण्डौँ । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय योजना आयोग सदस्य डा. रामकुमार फुयाँलसहित यात्रु चढेको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण गर्न नसकी काठमाडौं फिर्ता भएको छ । योजना आयोगका अनुसार जहाजमा आयोग टोली थियो । बुद्ध एयरको ‘यू४–८८१’ उडान नम्बरको जहाज प्रतिकूल मौसमका कारण भैरहवामा अवतरण गर्न सकेको थिएन । जहाज अवतरण गर्न नसकी काठमाडौं फर्किंदा जहाजभित्र रुवाबासी चलेको योजना आयोग उपाध्यक्षको सचिवालयले उल्लेख गरेको छ ।..
झापामा रगतको अभाव
१२ असार, झापा । वर्खायामसँगै झापामा रगतको अभाव सुरु भएको छ । झापामा रगतको अभाव भएको रेडक्रस झापा शाखाका रक्तसञ्चार इन्चार्ज शिशिर दाहालले जानकारी दिए । जिल्लामा बढ्दो दुर्घटना, क्यान्सर र मृगौलाका विरामीलाई डाइलोसिस गर्दा अनिवार्य रगतको आवश्यक पर्ने भएकाले खपत समेत बढेको छ । खपत बढेपछि रगतको हाहाकार जत्तिकै भइरहेको उनले बताए । रेडक्रस झापा शाखासँग हाल आफ्नो स्टकमा एक सय युनिट रगत मात्र रहेको इन्चार्ज दाहालले बताएका छन्..
सूर्याेदय नगरपालिकाको बार्षिक बजेट १ अर्व ४१ करोड ४६ लाख पारित
१२ असार, इलाम । इलामको सूर्याेदय नगरपालिकाको नगर सभाको १५ औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१।८२ को लागि १ अर्व ४१ करोड ४६ लाख २७ हजार ५ सय को वार्षिक बजेट पारित भएको छ । मंगलबार बसेको अधिवेशसनको ५ औं बैठकले आइतबार उपप्रमुख दुर्गा कुमार बरालले पेश गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सभाले पारित गरेको हो । नगरपालिकाले क्षेत्रगत रुपमा आर्थिक विकासको क्षेत्रमा १० करोड ५७ लाख ५७ हजार,..
दिगो विकासका लागि महत्वाकांक्षी योजना अघि सार्दै झापा गाँउपलिका
१२ असार, झापा । झापाको झापा गाउँपालिकाले दिगो विकासका लागि महत्वाकांक्षी योजना अघि सारेको छ । चालू आर्थिक वर्षको हालसम्म १ करोड ५५ लाख रुपैयाँ मात्र आन्तरिक राजश्व संकलन गरेको झापा गाउँपालिकाले सोमवार ४९ करोड ९० लाख रुपैयाँको बजेट सहितको नीति कार्यक्रम सार्वजनिक गरेको हो । नेपाल सरकारबाट प्राप्त हुने बित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, त्यस्तै प्रदेश सरकारको बित्तीय समानीकरण अनुदानर राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम सहित गाउँपालिकाले बजेट सार्बजनिक..
पृथ्वी उल्टो घुमेपनि महाधिवेशन रोकिदैन, मेरो उम्मेद्धवारी हुन्छः झलनाथ खनाल
१२ असार, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब पृथ्वी उल्टो घुमेपनि महाधिवेशन नरोकिने र आफू अध्यक्षको उम्मेदवार बन्ने बताएका हुन् । अहिले पार्टीलाई वैचारिक, राजनीतिक र सैद्धान्तिक रुपले रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेकाले आफू नेतृत्वमा आउन चाहेको उनले बताए । नेकपा..
विराटनगर जलमग्नः ६ सय भन्दा धेरै घर डुवानमा
१२ असार, विराटनगर । लगातारको वर्षाका कारण विराटनगर जलमग्न भएको छ । मङ्गलवार बिहानदेखि विराटनगरमा पानी परिरहेको छ । मंगलबार दिउँसो विराटनगरमा पानी रहे पनि रातीबाट लगातार पानी परिरहेको छ । पानीका कारण विराटनगरका विभिन्न टोल डुबेको छ । पानीको निकास थुनिएका कारण धरान विराटनगर सडक खण्डको ढाटमा सडकबाटै पानी बगेको छ । आयल निगम क्षेत्र डुबानमा छ । विराटनगरको रानी क्षेत्रमा पनि घरहरू डुबेका छन् । जिल्ला प्रहरी कार्यालयका..
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
१२ असार, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कुनै प्राविधिक समस्या नआए आज अपराह्नसम्म नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ । बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । बोर्डका अनुसार यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक हुने छ । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७