समाचार
इन्सेक इलामको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्मपन्न
२० असार, इलाम । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि इलाम जिल्लामा संकलित घटनाहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम इलाममा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इलामको आयोजनामा सन् २०२४ जनवरीदेखि जुनसम्मका ६ महिनाका घटनाहरूका विषयमा सरोकारवालाहरुसँग समीक्षा कार्यक्रम गरिएको थियो । इन्सेकले संकलन गरेको घटनामाथि त्रुटि सच्चाउने र छुटेका घटना समावेश गर्ने उद्देश्यले अर्धवार्षिक समीक्षा कार्यक्रम गरेको बताएको छ । इलाम जिल्ला प्रतिनिधि मनोज अधिकारीले ६ महिनादेखिका..
विल विजक नभएका ११ करोड १० लाख बराबरको सामान सशस्त्र प्रहरीद्धारा बरामद
२० असार, झापा । सशस्त्र प्रहरी बल नेपालले झापामा भन्सार छली गरी भारतबाट भित्र्याइएको ११ करोड १० लाख ८४ हजार बढीको विल विजक नभएका सामान बरामद गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि यही असार १८ गतेसम्म सशस्त्र प्रहरी बल नेपाल २ नं गण तथा मातहतका युनिटबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार एक करोड चार लाख..
एमालेबाट सरकारमा सहभागी ८ मन्त्रीहरुको राजीनामा स्वीकृत
२० असार, काठमाण्डौँ । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ । एमालेको बुधबार बसेको सचिवालय बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम राजीनामा आएको स्वीकृत गरी उनीहरुको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।..
एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत
२० असार, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउन नेताहरू सहमत भएका छन् । काठमाडौँको कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबिच भएको छलफलमा नेपालका नाममा सहमति जुटेको एक नेताले जानकारी दिए । ‘अध्यक्षमा माधव नेपाल सर्वसम्मत भइसक्नुभयो । अव अरू पदाधिकारीको हकमा सहमति खोज्ने प्रयास भइरहेको छ’, ती नेताले भने, ‘पदाधिकारीमा सहमति जुटाएर केन्द्रीय सदस्यमा समेत सहमति खोज्ने प्रयास भइरहेको छ ।’ यसअघि नेता घनश्याम भुसालले..
एमालेबाट मन्त्री बनेकाहरु राजिनामा पत्र बोकेर पार्टीको निर्देशन पर्खिदै
१९ असार, काठमाण्डौँ । नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू पार्टी नेतृत्वको निर्देशन पर्खेर बसेका छन् । आजै साँझसम्म राजीनामा दिएर सरकारमाथिको समर्थन फिर्ता लिने अनौपचारिक खबर भए पनि पार्टीबाट थप निर्देशन नआएकाले तदर्थ अवस्थामा काम गरिएको मन्त्रीहरूले बताएका छन् । सरकारमा एमालेबाट उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसहित ८ जना छन् । आफूहरू अहिले अलमलको अवस्थामा रहेको र दूरगामी प्रभाव पार्ने निर्णय नगरी सामान्य काम मात्र गरिएको उनीहरूको..
इलामबाट सञ्चालन हुने गाडीमा सिसी क्यामेरा जोडिदै
१९ असार, इलाम । इलामका सञ्चालन हुने सार्वजनिक यातायातका साधनमा तोकिएको भाडादर कडाइका साथ कार्यान्वयन गरिने भएको छ । मङ्गलबार जिल्ला प्रशासन कार्यालय इलाममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सो निर्ण गरेको हो । बैठकले तत्कालका लागि २०८० जेठमा निर्धारण गरिएको भाडादर कार्यन्वयन गर्ने, सार्वजनिक सवारी साधनमा सबैले देखिने गरी भाडादर टाँस गर्ने निर्णय गरेको छ । त्यस्तै भाडादर समायोजनका लागि यातायात व्यवस्था सेवा..
पीएचडी गर्ने दुई विद्यार्थीलाई गाउँपालिकाले दियो ५ लाख छात्रवृत्ती
१९ असार, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने नीति अनुरुप माङसेबुङले दुई विद्यार्थीलाई रु पाँच लाख छात्रवृत्ति उपलब्ध गराएको हो । माङसेबुङ गाउँपालिकाले आज ‘विद्यार्थी प्रोत्साहन तथा सम्मान कार्यक्रम’ आयोजना गरी पीएचडी अध्ययनरत माङसेबुङ–२ का मनोजकुमार लिम्बू र गोविन्दप्रसाद लिम्बूलाई छात्रवृत्ति स्वरुप जनही रु दुई लाख ५० हजारका दरले उपलब्ध गराएको हो ।..
राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूको साझा प्रयासबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्छः ओली
१९ असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन् । राससँगको कुराकानीमा उनले भने, ‘हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पार्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।’ ओलीले संविधान जारी हुने समयमा कांग्रेससँग सहयात्राका लागि..
प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न कांग्रेको आग्रह
१९ असार, काठमाण्डौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि मार्ग प्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
मुकुल ढकालको समीक्षा प्रतिवेदन बैठकमा पेस गर्न रोविले रोके
१९ असार, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई केन्द्रीय समिति बैठकमा समीक्षा प्रतिवेदन पेस गर्न रोक्न लगाएका छन् । बुधबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा महामन्त्री ढकालले लिखित प्रस्ताव पेस गर्न खोजेका थिए । ‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेस गर्ने अनुमति सभापतिले दिनु भएन,’ महामन्त्री ढकालले भने..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७