समाचार
प्रधानमन्त्रीलाई पनि नपत्याउने मुख्य सचिव अन्ततः राष्ट्रिय योजना आयोगमा थन्किए
१० असार, काठमाण्डौँ । मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । नेपालको इतिहासमा पहिलो पटक बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । मुख्यसचिव विरुद्धको भ्रष्टाचार मुद्दालाई लिएर सरकारको पनि आलोचना सुरु भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्यसचिव अर्याललाई..
नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा ‘डग च्यू’ अर्थात छुर्पी
१० असार, काठमाण्डौँ । नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा गलैँचा र पाम तथा रिफाइन्ड पाम आयल पर्दछन् । यसका साथै नेपालबाट अधिकांश निर्यात हुनेमा चिया र कफी पनि पर्दछन् । अहिले नेपालबाट निर्यात हुने वस्तुहरूमा सबैभन्दा राम्रो चर्चा र बजार पाइरहको वस्तु हो ‘डग च्यू’ अर्थात छुर्पी । नेपालको पूर्वी पहाडी तथा हिमाली जिल्लाहरूमा चौँरी गाई तथा गाईको दूधबाट छुर्पी तयार गरिन्छ । उक्त कच्चा छुर्पीलाई प्रशोधन र प्याकेज..
महिला लक्षित अभिव्यक्तिप्रति महिला मन्त्री चौधरीको आपत्ति
१० असार, काठमाण्डौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केही सांसदले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् । आर्थिक वर्ष २०८१।०८२ को विनियोजन विधेयकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि गरिएको विनियोजनको सम्बन्धमा आज प्रतिनिधिसभामा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले त्यस्तो बताईन । ‘गत ज्येष्ठ ३१ गते सदनमा संशोधन गर्ने क्रममा केही माननीय ज्युहरूले महिलाहरू असक्षम र सङ्कीर्ण सोच..
रामबहादुर बम्जन दोषी ठहर
१० असार, काठमाण्डौँ । बाल यौन दुराचार सम्बन्धी कसुरमा लिटिल बुद्ध उपनामले परिचित रामबहादुर बम्जन दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार बम्जनलाई दोषी ठहर गरेको हो । आरोपीमध्ये अन्य २ जनाले भने सफाइ पाएका छन् । बम्जनलाई कति सजाय हुने भनेर असार १७ गते तय हुने सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदम अधिकारीले जानकारी दिए । आफ्नो आश्रममा रहेका बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप..
बिर्तामोड–शनिश्चरे सडकखण्डमा कालोपत्र गर्ने काम सुरु
१० असार, झापा । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएकोे छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिनुभयो । बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको र मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिने उनको भनाई छ । बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर..
संघीयतापछिको बाह्रदशीः महत्वाकांक्षी योजनाभन्दा मागमा आधारित काम धेरै
१० असार, झापा । संघीयतापछि झापाको बाह्रदशी गाउँपालिकाको विकास सन्तोषजनक रहेको पाइएको छ । संघीयतापछि भएको राज्य पुनर्संरचनापछि स्थानीय तहमा आर्थिक स्रोतहरु परिचालन गरेर स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने काम गर्दै आएको बाह्रदशीले ठूला र महत्वाकांक्षी योजनाभन्दा मागमा आधारित याजनाको काम सम्पन्न गर्दै कृषि विकास, र पूर्वाधार निर्माणमा योगदान पुर्याएको बताइएको छ । पालिकाभित्रका आवश्यकताहरु पहिचान गर्दै जनप्रतिनिधिले विकास योजनाहरु तयार पार्न र कार्यान्वयन गराउँदा बाह्रदशीको विकास सन्तोषजनक देखिएको बताइएको छ..
बैकुण्ठ अर्यालबारे सरकार भन्छः मुद्दा लाग्दैमा दोषी प्रमाणित हुदैन
१० असार, काठमाण्डौँ । सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले कसैविरूद्व मुद्दा लाग्दैमा दोषी प्रमाणित नहुने जिकिर गरेकी छन् । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेपछि उनले आरोप लाग्दैमा दोषी प्रमाणित नहुने बताइन् । मन्त्रिपरिषद्को बैठकपछि उनले सञ्चारकर्मीसँग भने, ‘कसैलाई मुद्दा दायर हुँदैमा दोषी प्रमाणित हुँदैन । मुद्दा अवधिभर उहाँको पद स्वतः निलम्बनमा हुन्छ । त्यो पद रिक्त भएको अवस्था होइन । एकातिर उहाँ..
उत्तरी रुसको चर्चमा आक्रमण हुँदा २३ जनाको मृत्यु
१० असार, बीबीसी । रुसको उत्तरी ककेससस्थित दागिस्तानमा आइतबार हतियारसहितका व्यक्तिले दुई चर्च, यहुदीको उपासनास्थल सिनेगंग र एक प्रहरी पोस्टमा आक्रमण गरेका छन् । हमलामा १५ प्रहरी, चर्चका एक पादरी र एक सुरक्षा गार्ड मारिएका छन् । ६ आक्रमणकारी पनि मारिएका बताइएको छ । रुसी प्रहरीले आक्रमणको जाँच सुरु गरेको छ । अरू आक्रमणकारीको खोजी भइरहेको जनाइएको छ । हतियारधारी समूहले मखाचकाला र डर्बेट सहरलाई आफ्नो निसाना बनाएको थियो ।..
मेलम्ची नदीमा आएको बाढीले अस्थायी पुल बगायो
file photo. १० असार, मेलम्ची । गए रातिको वर्षापछि मेलम्ची नदीमा आएको बाढीले अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११, फट्टेस्थित अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । ०७८ को बाढीले पुल बगाएपछि उक्त स्थानमा ह्युमपाइप राखिएको थियो । अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाका वडा नम्बर–७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर–१ र २ र हेलम्बुको केही वडालाई उक्त..
इलाममा मात्र खानेपानी योजनामा प्रदेश सरकारको ११ करोड लगानी
१० असार, इलाम । इलामको माङसेबुङ गाउँपालिका–६ की कमलकुमारी राईले एक ग्रागी पानी भर्न घण्टौँ कुर्नु पथ्र्याे । उनले मात्रै होइन, माङसेबुङ गाउँपालिका–६ का बासिन्दाले वर्षाैदेखि खानेपानीको समस्या भोग्दै आएका थिए । अहिले भने खानेपानीको समस्या छैन । प्रदेश सरकारको लगानीमा माङसेबुङ बृहत खानेपानी आयोजना निर्माण भएपछि आफूहरु उत्साहित भएको कमलकुमारी राईले बताइन् । फाकफोकथुम गाउँपालिका–७ एकतप्पाका सुमन दियाली वर्षायाममा बाढी आउँदा धमिलो पानी पिउन बाध्य हुनुपरेको तीतो विगत सम्झन..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७