इलामको सुकिलुम्बा विमानस्थल दुई महिना देखी बन्द

इलामको सुकिलुम्बा विमानस्थल दुई महिना देखी बन्द


१५ साउन, इलाम । मौषम खराबीको कारण इलामको सुकिलुम्बा विमानस्थल दुई महिना देखी बन्द भएको छ । गत जेठ १३ गते नेपाल एयरलाईन्सको जहाजले अन्तिम पटक उडान भरेको थियो ।

गत जेठ १७ गते काठमाण्डौँबाट इलामका लागि नेपाल एयरलाईन्सको जहाज मौषम प्रतिकुलताका कारण अवतरण गर्न नसकेर काठमाण्डौँ फर्काईएको थियो । त्यसयता विमानस्थलबाट उडान हुँन नसकेको विमानस्थल इलाम स्टेसन ईन्चार्ज दिनेस सुन्दासले बताउनुभयो । उहाँका अनुसार मौषमा सुधार नआउन्जेलसम्म उडान सुचारु हुने अवस्था छैन ।

यसअघि इलामको सुकिलुम्बा विमानस्थलमा सातामा दुईपटक आईतबार र विहिबार नेपाल एयरलाईन्सले उडान भर्दै आएको थियो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर