समाचार
झापामा एक सय आठ जनाले नेपाली नागरिकता त्यागे
२० साउन, झापा । झापामा यस आर्थिक वर्षमा एक सय आठ जना नागरिकले नेपाली नागरिकता त्यागेर गैह्र आवासीय नागरिकता लिएको पाइएको छ । नेपालीहरूले अन्यत्रको पिआर लिइसकेपछि नेपाली नागरिकता त्याग्नुपर्ने नियम रहेको र यस आर्थिक वर्षमा मात्रै एक सय आठ जना नेपालीहरूले नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी विश्वराज नेपालले जानकारी दिनुभयो । यता यस आर्थिक वर्षमा १८ हजार २२ जनाले..
राकेको फूलकोबी खान आयोग्य
२० साउन, झापा । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा आयात गरिएको फूलकोबी उपयोग गर्न अयोग्य पुष्टि भएको छ । उपयोग गर्न अयोग्य भएपछि फूलकोबीलाई खाल्डोमा पुरेर नष्ट गरिएको छ । इलामको राँकेबाट आयात गरिएको कोबीमा विषादीको मात्रा उच्च भएपछि कृषि प्रयोगशाला बिर्तामोड इकाईले नष्ट गरेको जनाएको छ । कोबीमा कार्वामेटको मात्रा ८.९९ र अर्गानो फस्फेटको मात्रा ९८.८५ प्रतिशत देखिएको प्रयोगशालाले जनाएको छ । उपयोग गर्न अयोग्य भएपछि ३० केजी कोबी पुरिएको..
इलामको पाथीभरा मन्दिरमा एक वर्षमा १ करोड ६६ लाख भेटी सङ्कलन
२० साउन, इलाम । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा एक करोड ६६ लाख ६१ हजार ९६ रुपैयाँ भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष ८०।०८१ को साउन १ गतेदेखि असार ३१ गतेसम्म सो परिमाणमा भेटी सङ्कल भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिए । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि आउने भक्तजनले भेटीका रुपमा चढाएको रकम सङ्कलन गरिएको हो ।..
झापामा सुपारीखेतीमा किसान आकर्षित बन्दै
२० साउन, झापा । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दाे आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गर्नुभएको छ । ‘व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी भइरहेको छ । मेहनत गर्ने हो, गोडमेल गर्ने हो भने आम्दानी अझै..
जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी
२० साउन, ताप्लेजुङ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएका छन् । जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल एक सय २३ कैदी र २२ थुनुवा गरी एक सय ४५ कैदीबन्दीलाई राखिएको छ । कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दा झेलिरहेका छन भने ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाका र..
सुमना लक्षित शिक्षामन्त्री भट्टराईको भनाई ‘लोकप्रियतावादी विचारले मात्र हुदैन’
२० साउन, काठमाण्डौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले लोकप्रियतावादी विचारले मात्र समाजको नेतृत्व गर्न नसकिने बताएकी छन् । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै शिक्षामन्त्री भट्टराईले समाजको नेतृत्व गर्न लोकप्रियता वादी विचारले मात्र नहुने बताएकी हुन् । प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेका कार्यक्रममा मन्त्री भट्टराईले शिक्षकलाई अनावश्यक लाक्षना लगाउने र झोल हुन भन्ने तर तीनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराले खोजिरहेको गुणस्तरीयता पाउन नसक्ने उल्लेख गरिन् ।..
सुदूरपश्चिम प्रदेशः ५३ सांसदमध्ये २३ जनाले चाखे मन्त्रीको स्वाद
२० साउन, काठमाण्डौँ । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख नाजिर मियाँले आइतबार ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए । शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएसँगै मियाँले आज साँझसम्मको समय दिएर संयुक्त सरकार निर्माणका लागि आह्वान गरेका हुन् । कांग्रेस संसदीय दलका नेता शाहले आज दिउँसो १ बजेपछि नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा..
पहाडी जिल्ला इलामको गाउँ–बस्तिमा सिंचाईको लागि कुलो–नहर बन्दै
१७ साउन, इलाम । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षाैँदेखि अकासे खेतीमा निर्भर उहाँ यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग हुनुहुन्छ । गजुरमुखीमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माणपछि योङहाङसहित सयौँ किसान यतिबेला खुसी भएका हुन् । उहाँको टोलमा रु ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउरो पाक्रुम्बा कुलो निर्माण भएको हो । माईजोगमाई गाउँपालिका–२ लप्सीबोटेका किसान कुमार राई पनि..
मेचिनगरमा २३ सय घरधुरी लावान्वीत हुने ओभर हेड टेंकीको शिलान्यास
१७ साउन, झापा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी विस्तार अभियानलाई तीब्रता दिएको छ । संस्थाले काँकरभिट्टा सहलगानी अन्तरर्गत आज मेचीनगर–६ स्थित रमाइलो गाउँमा २२५ घन लिटर क्षमताको ओभर हेड टेंकी शिलान्यास गरेको छ । ओभर हेड टेंकीको शिलान्यास मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । शिलान्यासपछि बोल्दै कार्यक्रमकका प्रमुख अतिथि बुढाथोकीले खानेपानीको अभावको पीडा काँकरभिट्टा बासीले लामो समय भोग्नुपरेको स्मरणा गर्दै सर्वसुलभ खानेपानी वितरणमा खानेपानी समितिले खेलेको..
झापामा १३० मा डेंगु संक्रमण, सतर्कता अपनाउन आग्रह
१७ साउन, झापा । नेपालका ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । ती जिल्लाहरुमा २ हजार ६१ जना डेंगु संक्रमित फेला परेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापामा १३०, चितवनमा १०५, तनहुँमा ८७, मकवानपुरमा ७८, कास्कीमा ७४, भोजपुरमा ६२, काभ्रेमा ६०, ओखलढुंगामा ५९ र धनकुटामा ५८ जनामा डेंगु पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका डेङ्गु रोगका फोकल पर्सन युवनाथ बरालका अनुसार पानी सङ्कलन गरेर राख्ने..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७