समाचार
पेरिस ओलम्पिकः अमेरिका २७ स्वर्ण सहित शिर्ष स्थानमा
२४ साउन । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कांस्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रोमा चीनले २५ स्वर्ण, २३ रजत र १७ कांस्यसहित कुल ६५ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ कांस्य..
झापामा दर्ता रहेका आधाभन्दा बढी हातहतियार नवीकरण भएनन्
२३ साउन, झापा । झापामा दर्ता रहेका आधाभन्दा बढी हातहतियार नवीकरण नभएको जिल्ला प्रशासन कार्यालय झापाको वार्षिक विवरणमा देखिएको छ । झापा जिल्लामा हालसम्म साना ठुला गरी कुल ८५७ जनाले हतियार राखेको विवरण देखिएको छ । तर नियमित नवीकरणका लागि भने हालसम्म ३१३ जना मात्रै जिल्ला प्रशासन कार्यालयमा आएको देखिएको छ । बाकीले भने हालसम्म पनि हतियार नवीकरण नगरेको पाइएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वनाथ नेपालले..
भन्सार छलेर ल्याइएका १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद
२३ साउन, झापा । झापामा भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो । बुद्धशान्ति–७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले रु १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिनुभयो । यसैगरी अर्काे..
इलाम र देउमाई जोड्ने झोलुंगे पुल हेर्न आउनेको घुइँचो
२३ साउन, इलाम । इलाम र देउमाई नगरपालिकाबीच पुवाखोलामा निर्माणाधीन झोलुंगे पुल निर्माण नसकिँदै हेर्न आउनेको घुइँचो लाग्नथालेको छ । इलाम नगरपालिका–६ र देउमाई नगरपालिका–६ वडाबीच पुवाखोलामाथि बनेको यो झोलुंगे पुल तीन सय ६६ मिटर लम्बाईको छ । खोलाभन्दा करिब डेढ सय मिटर उचाईमा रहेको पुल आफैंमा पर्यटकीय भएकाले हेर्न आउनेको भिड लागेको हो । दैनिक सयौं मानिस पुल हेर्न र वारिपारि गर्न आउनेगरेको स्थानीय बुद्धिमान राईले जानकारी दिए ।..
नेपाल प्रहरीमा ‘कू’ गरेर आइजिपी बन्ने चलखेलः एआइजी ज्ञवालीमाथि कारवाही हुँदै
२३ साउन, काठमाण्डौँ । नेपाल प्रहरीमा ‘कू’ गरेर आइजिपी बन्ने चलखेलमा लागेका एआइजी श्याम ज्ञवालीमाथि कसुरदारसँग करोडौँ लेनदेन र पदीय दुरुपयोगका पर्याप्त प्रमाण भेटिएपछि कारबाही निश्चित भएको छ । एआइजी टेकप्रसाद राई नेतृत्वमा गठित छानबिन समितिमा पीडितहरूबाट प्रमाणहरू समेत पेश भएको स्रोतले जनाएको छ । छानबिन समितिले सबै प्रमाणहरू संकलन गरेपछि उसको सिफारिसका आधारमा उनीमाथि सरकारले कारबाही गर्नेछ । मंगलवारको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखकले सीआईबीका तत्कालीन प्रमुख ज्ञवालीको बदमासीको..
शेख हसिना अन्तिम समयसम्म पनि बल प्रयोग गरेर शक्तिमा बसिरहन चाहन्थिन्
२२ साउन, काठमाण्डौँ । धेरैले सोचेका थिएनन् कि १५ वर्षदेखि शक्तिमा रहेकी प्रधानमन्त्री शेख हसिना यसरी देश छाडेर जानेछिन् । बंगलादेशमा उनलाई धेरैले ‘आइरन लेडी’को उपमा समेत दिएका थिए । बंगलादेशको इतिहासमा कोही पनि सत्ताच्यूत भएपछि यसरी देश छाडेर जान बाध्य भएको थिएन । तर, शेख हसिना र उनकी बहिनी शेख रेहाना सोमबार हजारौं सहभागी प्रदर्शनका कारण देश छाड्न बाध्य भए । यस्तो परिस्थिति सिर्जना हुनुअघि आइतबार राति र सोमबार..
आज र भोलि यी ३४ जिल्लामा रात्रिबस नचलाउन आग्रह
२२ साउन, काठमाण्डौँ । मंगलबार र बुधबार भारी वर्षा र अति भारी वर्षा हुनसक्ने र यसले ५ वटा प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विशेष सूचना जारी गरेर अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको ५ । ३४ जिल्लामा अति भारी वर्षाका कारण विपद्का घटना बढ्न सक्ने भन्दै..
सडक डिभिजन दमकद्धारा गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्रे
२२ साउन, झापा । सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमी सडक कालोपत्र गर्ने लक्ष्य राखे पनि लक्ष्य राखेको थियो । सडक डिभिजन दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार देवका अनुसार गत आवमा दुईवटा मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको छ । “राजमार्गका १४ किलोमिटर सडक आवधिक मर्मत र पाँच किमी राजमार्ग पुनःनिर्माण तथा स्तरोन्नति भएको छ”, उहाँले भन्नुभयो । सडक..
पौदल हुँदै नेपाल भित्रिने पर्यटकको लागि काकरभिट्टा नाका खुल्ला
२२ साउन, झापा । पूर्वी नाका काँकरभिट्टाबाट आगमन हुने तेस्रो मुलकका नागरिकका लागि बन्द रहेको नेपाल प्रवेशको सुदूरपूर्वको द्वार काँकरभिट्टा नाका खुलेको छ । कोभिड–१९ पछि भारतीय अध्यागमन कार्यालयले तेस्रोमुलुकका सम्पूर्ण नागरिकहरुलाई आउने र सबै भिसा दिन बन्द गरेको थियो । नाकाखुलेसँगै तेस्रो मुलुमका पर्यटकले काँकरभिट्टा नाका प्रयोग गर्न थालेको सरकारी अधिकारीहरुले जनाएका छन् । कोरोनाको कारण देखाएर पूर्वीनाका हुँदै पैदलमार्ग भएर नेपाल घुम्न आउने पर्यटकलाई भारततर्फबाट प्रवेशाज्ञ (आगमन अनुमति)..
बङ्गलादेश निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिए
२२ साउन, झापा । बङ्गलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बङ्गलादेश व्यापारमासमेत परेको हो । गत असारको अन्तिमबाट ठप्प भएको बङ्गलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो । फेरी हिजोदेखि तीन दिनका लागि बन्द भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७