कोशी प्रदेशमा मन्त्री पठाउन कांग्रेसले मापदण्ड बनाउँदै

१५ साउन, काठमाण्डौँ । नेपाली कांग्रेस कोशी प्रदेश समितिले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको मापदण्ड बनाउँदै मापदण्ड केन्द्रमा पठाएको छ । विराटनगरमा बसेको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न नसकेपछि जातीयता, लैङ्गिकता, भौगोलिकता र कार्यक्षमताका आधारमा मन्त्री छान्न केन्द्रलाई सिफारिस गरेको हो । प्रदेशसभामा रहेका २९ मध्ये अधिकांश प्रदेश सभा सदस्यहरू मन्त्री बन्ने दौडमा लागेपछि प्रदेश समितिले मन्त्री बनाउनेको मापदण्ड बनाएको हो । नेपाली कांग्रेस..

एमालेमा मन्त्री बन्ने धेरैको नाम चर्चामा आयो तर किन बनेनन् ?

१४ साउन, काठमाण्डौँ । एमालेमा मन्त्री बन्ने धेरैको नाम चर्चामा आयो । तर, मन्त्री हुन सकेनन् । कतिपयको नाम त अन्तिममा आएर चटक्कै काटियो । को, किन मन्त्री हुन सकेनन् रोचक तथ्य अहिले चुहिन थालेको छ । निकै चर्चामा आएकाहरूमा योगेश भट्टराई र पदम गिरी हुन् । चर्चामा आउनेमध्ये छविलाल विश्वकर्मा, ज्वाला साह, जुली महतो, गोकुल बाँस्कोटा, दीपा शर्मा, तारा लामा तामाङ, दयालबहादुर शाही पनि थिए । भट्टराई र विष्टलाई..

बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त

१४ साउन, काठमाण्डौँ । सरकारले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेशका प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको एक मन्त्रीले गृहखबरलाई जानकारी दिए । उनका अनुसार बागमती प्रदेश सरकारको प्रमुखमा दिपकप्रकाश देवकोटा, लुम्बिनी प्रदेश सरकारको प्रमुखमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश सरकारको प्रमुखमा यज्ञराज जोशी नियुक्त भएका हुन् । यसअघि बागमती प्रदेश सरकारको प्रमुखमा यादव शर्मा, लुम्बिनी प्रदेश..

मोरङको लोहन्द्रा खोलामा भेटियो अर्काे नयाँ प्रजातिको माछा

१४ साउन, मोरङ । मोरङको लोहन्द्रा खोलामा अर्काे नयाँ प्रजातिको माछा फेला परेको छ । बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एशियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल र रामचन्द्र अधिकारीले उक्त प्रजाति नेपालका लागि नयाँ भएको भन्दै भारतबाट प्रकाशित हुने प्रसिद्ध जर्नल ‘थ्रिटेन्ड टेक्सा’ को सन् २०२४ को जुन अङ्कमा लेख लेखेका छन् । लिम्बूलगायतको टोलीले दुई महिनाअघि..

निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानको नाम अस्वीकृत

१४ साउन, काठमाण्डौँ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो । बैठकका निर्णय जानकारी गराउँदै समिति सभापति (ज्येष्ठ सदस्य) पशुपति समशेर जबराले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० का नियम २६ उपनियम ५ बमोजिम उक्त पदमा नियुक्तिका लागि निजको नाम सर्वसम्मतिबाट अस्वीकृत गर्ने निर्णय भएको बताए ।..

झापाको मेचीनगरले उठायो १३ करोड ५२ लाख आन्तरिक राजस्व

१४ साउन, झापा । झापाको मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०।८१ मा रु १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ रुपैँया आन्तरिक राजस्वसङ्कलन गरेको छ । आव २०७९।८० तुलनामा रु एक करोड ९० लाख ८४ हजार दुई सयबढी राजस्व सङ्कलन भएको हो । नगरका राजस्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले आव २०७९।८० मा आन्तरिक राजस्व रु ११ करोड ६१ लाख २१ हजार छ सय..

बाढी र पहिरोमा ११ वर्षमा ६५४ बेपत्ताः न सास ! न लास !

१४ साउन, काठमाण्डौँ । असार ३१ गते बिहान चितवनको सिमलतालमा माथिबाट पहिरो झरेर त्रिशूली नदीमा खसेका दुइटा लामो दुरीका यात्रुबाहक बस अझै भेटिएका छैनन् । दुइटा बसमा रहेका ६५ जना बेपत्ता भएकामा २५ जनाको शव भेटिएको छ । आफन्तले बाँकीको शव पाउने आशा भने मारेका छैनन् । घटनास्थलभन्दा करिब १०८ किलोमिटरको दुरीमा पर्ने त्रिवेणीमा १३ जनाको शव भेटिएको थियो । १६० किलोमिटर दुरीमा पर्ने भारतीय क्षेत्रमा २ वटा शव भेटिएका..

कोशीमा कांग्रेसलाई मन्त्रीको नाम टुङ्याउन सकस, तीन समूहमा आकांक्षीको लर्को

१४ साउन, विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसलाई मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको छ । कोशीमा कांग्रेसले ४ मन्त्रालय पाएको छ । आकांक्षी धेरै हुँदा मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको हो । कांग्रेस स्रोतका अनुसार अनुसार ४ मध्ये दुई मन्त्री सभापति शेरबहादुर देउवा समूहबाट हुनेछन् । कृष्णप्रसाद सिटौला र डाक्टर शेखर कोइराला समूहबाट एकरएक जना मन्त्री हुनेछन् । २९ सांसद रहेको कांग्रेसकोे तीनवटा समूहमा..

प्रदेशसभा बैठकमा सहभागी भएको भन्दै मन्त्रीलाई कारवाही

१३ साउन, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन् । आजको प्रदेशसभा बैठकमा मन्त्री थापा सहभागी भएकी थिइन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार सरकारले बैठकका सहभागी नहुने नीति लिएका बेला सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो । यस अघिको बैठकमा पनि उनी सहभागी भएकी थिइन् । आजको बैठकमा पनि मुख्यमन्त्री सोडारीले उनलाई सहभागी नहुन भनेका थिए । सरकारको तर्फबाट..

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद र ६९ लाख जरिवाना

१३ साउन, काठमाण्डौँ । सर्वाेच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार अदालतले पूर्वमन्त्री जोशीलाई दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ । यसअघि विशेष अदालतले जोशीलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै..