समाचार
नेपाली चियाको अन्तर्राष्ट्रिय बजार सुध्रिँदै, तेस्रो मुलुकमा माग उच्च
१३ साउन, इलाम । कोरोना महामारीको संक्रमणपछि थलिएको नेपाली तयारी चियाको अन्तर्राष्ट्रिय बजार सुध्रिँदैछ । यो वर्ष तेस्रो मुलुकमा तयारी चियाको माग उच्च रहेको व्यवसायीले बताएका छन् । लामो समययता अर्गानिक चिया उत्पादन गरेर विदेशमा बेचिरहेका जस्बिरेका व्यवसायी सरद सुब्बा यो वर्ष तयारी चियाको माग राम्रो आएको बताउँछन् । ‘यो साल विदेशी व्यापारीले पहिल्यै पैसा पठाएर चिया बुकिङ गरेका छन् । सुइरोबाट बन्ने चिया त मागअनुसार दिनै मुस्किल छ,’ सुब्बाले..
झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे, इलाममा चार दशमवल दुई सय किलोमिटर ग्राभेल
१३ साउन, झापा । झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०।८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो । समीक्षा अवधिमा १४ किलोमिटर सडक मर्मत भएको छ भने २३ दशमवल तीन दुई किलोमिटर ग्राभेल गरिएको छ । चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन् । झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा तीन दशमवल पाँच किलोमिटर सडक मर्मत,..
झापामा काटियो महसुल नबुझाउने ११ सय ग्राहकको लाइन
१३ साउन, झापा । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०।८१ मा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ । केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार एक सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत जडान गरिएको बताउनुभयो । उहाँका अनुसार योसँगै ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी छ । “विद्युत काटिएका ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता महसुल र..
उपेन्द्र यादव फिलिपिन्स जादैँ
१३ साउन, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव फिलिपिन्स जान लागेका छन् । उनी प्रोग्रेसिभ एलायन्सको एसिया प्यासिफिक १५ औं वार्षिक सम्मेलनमा सहभागी हुन आज फिलिपिन्सको राजधानी मनिला पुग्दैछन् । एलायन्सको ब्रोडर कन्फरेन्समा सहभागी हुने यादवले ‘ग्लोबल क्राइसिस’ शीर्षकमा धारणा राख्ने बुझिएको छ । नेपालबाट राजनीतिक दलहरुमध्ये नेपाली काँग्रेस र जसपा नेपाल मात्र सो सम्मेलनमा सहभागी हुँदैछन् । उक्त एलायन्समा काँग्रेस पूर्णकालीन र जसपा सह–सदस्य छ ।..
चीनको काफल विश्वबजारमा छ्यापछ्याप्ति
१३ साउन, सिजीटिएन । विश्वका धेरैजसो मुलुकमा चिनियाँ कृषिदेखि औद्योगिक उत्पादनसम्म बिक्री हुँदै आएको छ । विभिन्न फलफूलझैँ काफल पनि चीनबाट सिंगापुर, क्यानडा, युएइसम्म पुग्ने गरेको छ । चिनियाँ समाचार संस्था सिजीटिएनका अनुसार चीनको पूर्वी प्रान्त चच्याङबाट पछिल्लो समय सयौं किलोग्राम काफल विदेश निर्यात हुने गरेको छ । प्रान्तको लिशुईबाट पोहोरको तुलनामा यो वर्ष दोब्बर काफल निर्यात भएको हो । पछिल्लो एक सातामा चीनबाट ती मुलुकमा सयौं किलोग्राम काफल जहाजबाट..
रोङ गाउँपालिकामा एक विद्यार्थी १ रुपैया कार्यक्रम, १९ लाख बढी रकम बचत
१३ साउन, इलाम । इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयमा सञ्चालनमा ल्याएको बाल बचत खातामा आठ महिनाको अवधिमा १९ लाख बढी रकम जम्मा गरेको छ । गाउँपालिकाले कार्यविधि बनाएर २०८० साल मंसिर १ गतेदेखि पालिका भित्रका सामुदायिक बिद्यालयमा भर्ना भएका बिद्यार्थीको बचत दैनिक एक रुपैयाँ बचत थालेको थियो । २०८१ असार मसान्तसम्म प्रतिबिद्यार्थी एक रुपियाँ दरले जम्मा गर्दा १९ लाख ६ हजार चारसय ८८ रुपियाँ बैंकमा जम्मा भएको हो । अध्यक्षसँग..
सिमलतालबाट हराएको बस भेटिएन, भारतीय उद्धार टोली आज फर्किने
१३ साउन, चितवन । नारायणगढ मुग्लिन सडक खण्डको केराबारी क्षेत्रमा पर्ने रातो वस्तु सिमलतालबाट हराएको बस नभएको पुष्टि भएको छ । स्थानीयले त्रिशूलीबीचमा देखिएको भनेर प्रहरीलाई खबर गरेको रातो वस्तु बस नभएको सुरक्षाकर्मीको तालिमप्राप्त उद्धार टोलीले हेरेपछि पुष्टि गरेका हुन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूली नदीमा पानीको भूल्को बीचमा देखिएको वस्तु बस होइन । शनिबार बस खोज्ने क्रममा १९ किलोको म्याग्नेटसँगै हराएको रातो रंगको ट्यूव हो..
आगामी तीन दिन रातिको समयमा भारी वर्षाको सम्भावना
१३ साउन, झापा । आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कुनै–कुनै ठाउँमा भने अति भारी वर्षाको समेत सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि अलि सक्रिय हुने बताए । ‘त्यसक्रममा आज, भोलि र पर्सि रातिको समयमा भारी वर्षा हुने सम्भावना छ,’ उनले भने, ‘एक–दुई स्थानमा अति भारी..
आत्महत्याबाट मृत्यु भएको भन्दै दाहसंस्कार गरीएको शव उत्खनन
१२ साउन, गोरखा । आत्महत्याबाट मृत्यु भएको भन्दै दाहसंस्कार गरी जमिनमा गाडिएको एक महिलाको शव प्रहरीले उत्खनन गरेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँका ४६ बर्षीय मारज गुरुङकी श्रीमती रनमाया गुरुङको शव गाडिएको स्थानबाट उत्खनन गरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आत्महत्या गरेको भनिए पनि घटना शंकास्पद देखिएकाले शव उत्खनन गरि पोष्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभाग महाराजगंज काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए..
कोशी प्रदेशः कांग्रेस–एमाले ४–४ वटा मन्त्रालय बाँडफाँड गर्ने सहमति
१२ साउन, काठमाण्डौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच कोशी सरकारको बराबर मन्त्रालय लिने सहमति भएको छ । आज शनिबार काठमाडौंमा दुई दलका नेताहरुबीच भएको बैठकले आठ मन्त्रालयमध्ये ४–४ वटा बाँडफाँड गर्ने सहमति गरेको हो । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार कोशी मन्त्रिपरिषदमा एमालेका मुख्यमन्त्रीसहित ५ र कांग्रेसका ४ जना रहनेछन् । मन्त्रालय भागबन्डा टुङ्गो लागेपछि सोमबार सरकार विस्तार गर्ने सहमति पनि भएको उनले बताए । ‘मोटामोटी सबै..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७