कार्यालय सहयोगी हुँदै वडाध्यक्षसम्म, ४० लाख ऋण तिर्न विदेश लागे

२२ साउन, दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीकालागि विदेश पलायन भएका छन् । २०७९ सालमा एमालेबाट निर्वाचित गुरुङ आर्थिक संकट धान्न नसकेपछि रोजगारीकालागि बेलायत गएको उनकी श्रीमती संगिता गुरुङले जानकारी दिइन । गुरुङ यहीँ साउन २० गते सिजनल भिसामा बेलायत गएका हुन् । उनी वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए । कार्यालय सहयोगी आफ्नै वडाको अध्यक्षमा निर्वाचित..

निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न

२२ साउन, काठमाण्डौँ । निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् । सवारी साधनको पनि लामो लाइन लागेको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार माइतीघर, लैनचौर, पुतलीसडक, स्वयम्भु, कोटेश्वर, केशरमहल लगायतका मुख्य सडक र सहायक सडकहरु जलमग्न भएकाले सवारी आवागमन प्रभावित भएको छ । काठमाडौंको बनस्थली चोकबाट खरिबोटतर्फ जाने सडकमा पनि भेल बगेर आवागमन प्रभावित भएको छ । सो क्षेत्रमा..

बंगलादेशमा प्रधानमन्त्रीको निवासबाट प्रदर्शनकारीले उठाए फर्निचर देखी भित्रि वस्त्रसम्म

२२ साउन । बंगलादेशमा जारी आन्दोलनका क्रममा हिजो प्रधानमन्त्रीको निवासमा घुसेका प्रदर्शनकारीले व्यापकरुपमा लुटपाट र तोडफोड गरेका छन् । सुरक्षाकर्मीले कुनै प्रतिरोध नगरेपछि उनीहरूले त्यहाँ दिनभर उपद्रव मच्चाएका थिए । ठूलो संख्यामा प्रदर्शनकारीहरू प्रधानमन्त्री निवास नजिक आएपछि सेनाले सुरक्षा दिन नसक्ने अवस्था उत्पन्न भएको थियो । त्यसपछि प्रधानमन्त्री शेख हसिना निवास छोडेर भागिन् । उनलाई मोटरकेड र हेलिकोप्टरमार्फत निवासबाट बाहिर निकालिएको थियो । प्रधानमन्त्री बाहिरिएसँगै सेनाले पनि प्रदर्शनकारी समक्ष अघोषित..

प्रदेश–१ कै व्यानरमा माओवादीको प्रदेश बैठक सुरु

२२ साउन, विराटनगर । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बोलाइएको नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिको बैठक सुरु भएको छ । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कोशी प्रदेश समितिको सातौं पूर्ण बैठक सुरु भएको हो । बैठकको ब्यानरमा भने प्रदेशको नाम लेखिएको छैन । आफैंले पारित गरेको नामप्रति असहमति जनाउँदै आएको माओवादी केन्द्रले बैठकको ब्यानरमा ‘प्रदेश–१’ नै लेखेको छ । १७ फागुन २०७९ मा प्रदेश १ को..

रास्वपा सांसद सोविता गौतमलाई निर्वाचन क्षेत्रमा अमर्यादित व्यवहार

२१ साउन, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई उनकै निर्वाचन क्षेत्रभित्र केही युवाहरुले अमर्यादित व्यवहार गरेका छन् । यस विषयमा गौतमले आज संसदमा पनि ध्यानाकर्षण गराइन् । अविरल वर्षा र बाढी–पहिरोले गरेको क्षतिको अवलोकन गर्न हिजो बिहानैदेखि उनी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विभिन्न स्थानमा पुगेकी थिइन् । यस क्रममा करिब साँझ ५ बजे उनी कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा पर्ने मनकामना टोलमा घटना भएको हो ।..

मुलुकभर ३४ हजार दुई सय ६७ किलोमिटर सडक विस्तार

२१ साउन, काठमाण्डौँ । मुलुकभर हालसम्म ३४ हजार दुई सय ६७ किलोमिटर सडक विस्तार गरिएको छ । भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा विभागले यस्तो जानकारी दिएको हो । विभागका महानिर्देशक रामहरि पोखरेलले आव २०८०।८१ को फागुन मसान्तसम्म १८ हजार दुई सय ४१ किलोमिटर कालोपत्र, सात हजार ६ सय ९७ किलोमिटर ग्राभेल र आठ हजार तीन सय २९ किलोमिटर कच्ची सडक..

बंगलादेशमा अन्तरिम सरकार गठन गर्ने सेना प्रमुखको घोषणा

२१ साउन, काठमाण्डौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेसँगै बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ । बंगलादेशका सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठनको घोषणा गरेका हुन् । बंगलादेशको संचारमाध्यम ढाका ट्रिब्युनका अनुसार बंगलादेशका राजनैतिक दलहरुसँग सेना प्रमुखले गरेको छलफलको आधारमा अन्तरिम सरकार गठन हुने भएको हो । सेना प्रमुखको पत्रकार सम्मेलनलाई उध्रदत गर्दै ढाका ट्रिब्युन लेखेको छ, ‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले..

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिईन राजीनमा

२१ साउन, काठमाण्डौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनमा दिएकी छन् । गत जुलाई १५ बाट भएको प्रदर्शन तथा त्यसबाट ३०० बढीको मृत्यु भएपछि राजीनामा आएको हो । बेलायतको स्काइ न्यूजका अनुसार बंगलादेशी सेनाले हसिनाको राजीनामा भएको पुष्टि गरेको छ । हसिनाले सैन्य हेलिकप्टरबाट भारतमा शरण लिएको स्काइ न्यूजले उल्लेख गरेको छ ।

पासाङ ल्हामुको नाममा चन्द्रमाको क्रेटरको नामाकरण

२० साउन, काठमाण्डौँ । नेपालकी प्रथम सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङ ल्हामुको नाममा चन्द्रमाको क्रेटरको नामाकरण भएको छ । नेपालमा हिमाल तथा राजमार्ग अनि हुलाक टिकट आदिमा नाम राखिएकी पासाङ ल्हामुको अमेरिकी सरकारको भौगर्भिक सर्वेक्षण एजेन्सीले यहि साउन १४ अर्थात जुलाई २९ साझ ७ः१८ मा चन्द्रमा क्रेटरको नामाकरण गरेको आफ्नो आधिकारिक वेबसाइटबाट जानकारी दिएको हो । चन्द्रमाको माइनस ८६ डिग्रीको क्रेटरलाई पासाङ ल्हामुको नाममा ल्हामु नामाकरण गरिएको बताएको छ..

मानिसलाई आक्रमण गर्ने बाघ १५ घण्टापछि नियन्त्रणमा

२० साउन, काठमाण्डौँ । चितवनमा मानिसलाई आक्रमण गरि घाइते बनाउने बाघको डार्ट सफल भएको छ । नारायणी किनारमा झण्डै १५ घण्टापछि बाघ नियन्त्रणमा लिइएको हो । मानिसलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आइतबार राती नियन्त्रणमा लिएको छ । नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान भरतपुर–२ का पशुपति श्रेष्ठलाई सो बाघले आक्रमण गरी घाइते बनाएको थियो । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण..