मेचिनगरमा २३ सय घरधुरी लावान्वीत हुने ओभर हेड टेंकीको शिलान्यास

मेचिनगरमा २३ सय घरधुरी लावान्वीत हुने ओभर हेड टेंकीको शिलान्यास


१७ साउन, झापा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी विस्तार अभियानलाई तीब्रता दिएको छ । संस्थाले काँकरभिट्टा सहलगानी अन्तरर्गत आज मेचीनगर–६ स्थित रमाइलो गाउँमा २२५ घन लिटर क्षमताको ओभर हेड टेंकी शिलान्यास गरेको छ ।

ओभर हेड टेंकीको शिलान्यास मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । शिलान्यासपछि बोल्दै कार्यक्रमकका प्रमुख अतिथि बुढाथोकीले खानेपानीको अभावको पीडा काँकरभिट्टा बासीले लामो समय भोग्नुपरेको स्मरणा गर्दै सर्वसुलभ खानेपानी वितरणमा खानेपानी समितिले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले तीन साता अघि मेचीगर–५ स्थित सिर्जना टोलमा ४५० घन लिटर क्षमताको ओभरहेड टेंकी शिलान्यास गरेको थियो । उक्त टेंकीको शिलान्यास संघीय सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले गर्नुभएको थियो ।

दुवै टेंकीको कुल लागत १० करोड ४८ लाख रहेको खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यालय प्रमुख दीपक पोख्रेलले जानकारी दिनुभयो । ३० महिनामा निर्माणकार्य सक्नेगरी दुबै ओभरहेड टेंकीको निर्माणको जिम्मा निर्माण व्यवसायी पारस लामिछानेले लिएका छन् ।

खानेपानी समितिले भने १२ महिना भित्रमा निर्माणकार्य पुरा गर्ने गरी काम अघि बढाएको कार्यालय प्रमुख पोख्रलेले बताउनभयो । मेचीनगर ५ मा निर्माणधिन टेंकी र रमाइलो गाउँको टेंकीले करिव २३ सय घरधुरी लावान्वीत हुन सक्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर