आठ वर्षसम्म पुल नबन्दा राप्ती लोकमार्ग जोड्ने योजना अधुरै

१२ फागुन, काठमाडौँ । नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ भेरी नदीमा पुल निर्माण गर्ने आठ वर्षदेखिको योजना अलपत्र परेको छ । निर्माण कम्पनी मृत सञ्जीवनी÷ग्याल्बा जेभीले रु १० करोड ३० लाख ४१ हजारमा ठेक्का लिएर पुल निर्माणको प्रारम्भिक चरणका कामसमेत गरेको छैन । विसं २०७३ असार ३१ गते सम्झौता भएको उक्त पुल २०७५ पुस ३० गतेभित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो तर कम्पनीले म्याद थपका लागि अनुरोध गरेपछि दुई वर्ष..

एकमत भएर गए काँग्रेसलाई कसैले हराउन सक्दैन्ः काँग्रेस नेता डा. शशांक कोइराला

  १२ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा एकमत भएर गए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । कोइरालाले नेपाली काँग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीको रूपमा अघि बढाउन आवश्यक रहेको बताए । उनले आउँदो निर्वाचनमा पार्टी उत्साह र उमङ्गका साथ अघि बढ्ने दाबी गरे । उनले भने, ‘नेपाली काँग्रेस सर्वश्रेष्ठ पार्टीको..

नेपाल क्रिकेट संघद्वरा प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख सहयोग

१२ फागुन, काठमाडौँ । नेपाल क्रिकेट संघले आइसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत फाइन खेलको टिकटबाट प्राप्त ५० प्रतिशत रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ। संघले शनिवार जाजरकोट भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर टिकटबाट प्राप्त रु २० लाख रुपैयाँ बराबरको रकम कोषलाई उपलब्ध गराएको हो । प्रधानमन्त्रीसँगको सो भेटमा पूर्व कप्तान पारस खड्का लगायतको उपस्थिति रहेको थियो ।  

बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैनः प्रधानमन्त्री ‘प्रचण्ड’

१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए । प्रधानमन्त्रीले भने, ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र..

मिहिन ढङ्गले अध्ययन नगरी धरानमा हवाईमैदान बनाउन सकिन्दैन्ः मन्त्री किराती

१२ फागुन, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताएका छन् । सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको धरान एक्स्पो, २०८० को उद्घाटन शुक्रबार धरान पुगेका मन्त्री किरातीले उक्त कुरा बताएका हुन् । राम्रोसँग अध्ययन नगरी बनाइएका कारण देशभर २२ हवाईमैदान अलपत्र अवस्थामा रहेका कारण धरानमा पनि हवाईमैदानको सम्भाव्यताका लागि मिहिन ढङ्गले अध्ययन भइरहेको उनको भनाई छ।..

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान

१२ फागुन, काठमाडौँ । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए । उनले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए । पहिले..

पुनमलाई आर्थिक सहयोग

१२ फागुन, काठमाडौँ । च्याम्पियन मार्सल आर्ट्स, खरीवोटले १३ औं सागकी स्वर्ण पदक विजेता जुडो खेलाडी पुनम श्रेष्ठलाई स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग स्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गरेको छ । च्याम्पियन मार्सल आर्ट्सकी निर्देशक सुशिला लामाले पुनमलाई एक कार्यक्रमबीच रकम हस्तानतरण गरिन् । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले पनि पुनमलाई स्वास्थ्य उपचारका लागि १ लाख ४७ हजार ५९ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । च्याम्पियन मार्सल आर्ट्स  कराते..

धर्म र पुष्प दिल्ली प्रस्थान

१२ फागुन, काठमाडौँ । भारतको नयाँ दिल्लीमा हुने एपोलो टायर्स न्यु दिल्ली म्याराथनमा दुई भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले दौड्ने भएका छन् । फेब्रुअरी २५ मा हुने म्याराथनमा सहभागी हुन दुवै शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । जवाहरलाल नेहरु रंगशालामा हुने प्रतियोगितामा धर्मले पुरुष ५० वर्षमाथि हाफ म्याराथन तथा पुष्पले पुरुष ६५ वर्षमाथि १० किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् । दुवैलाई पाटन रनिङ क्लबका अध्यक्ष एवं पूर्व..

प्रसूति गृहबाट शिशु चोर्ने महिला सैनिक जवानकै श्रीमती

१२ फागुन, काठमाडौँ । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल परिसरबाट चोरी भएको शिशुको काडाँघारीबाट उद्धार भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार शिशु चोरी भएको आठ घण्टापछि शुक्रबार मध्यरातमा काँडाघारीबाट सकुशल उद्वार गरिएको हो । प्रहरीले शुक्रबार रातिनै शिशु चोर्ने महिला दैलेखकी मनीषा भनिने मनकुमारी सिंहलाई पनि पक्राउ गरेको छ । उनले शुक्रबार दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु लिएर फरार भएकी थिइन् । प्रहरीस्रोतका अनुसार..

हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा गर्दै मुख्यमन्त्री कार्की

९ फागुन, झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरु गरेका छन् । झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरू गरेका हुन् । यो यात्रा उदयपुर पुगेर टुङ्गिनेछ । जीव–जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ मेची खोला तीर हुँदै हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट मुख्यमन्त्री कार्कीले यात्रा सुरु गरेका हुन् । बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न..