कर्नरस्टोन फाउण्डेशनले विभिन्न कार्यक्रम गरि मनायो आठौ बार्षिकोत्सव 

कर्नरस्टोन फाउण्डेशनले विभिन्न कार्यक्रम गरि मनायो आठौ बार्षिकोत्सव 

४ चैत, दमक । झापाको दमक–५ मा रहेको कर्नरस्टोन फाउण्डेशनले हिजो (शनिबार) विभिन्न कार्यक्रम गरि आठौ बार्षिकोत्सव मनाएको छ ।

फाउण्डेशनमा अध्ययनरत बाल कलाकारको प्रस्तुतीले ठूलो संख्यामा उपश्थित दर्शक दिर्घमा थामिनसक्नुको हाँसोले हल गुन्जयमान बनेको थियो । स्टेजमा बाल कलाकार कोही हाँस्दै नाच्न थाले भने कोही रुन थाले । बाल कलाकारको प्रस्तुती बढो रोमान्टीक थियो ।

स्थानीय मातृभूमि अतिथि सदनमा बार्षिकोत्सव विशेष कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत, नृत्य निवन्ध र वक्तृत्वकलाको प्रस्तुतिहरु गर्नुका साथैं अभिभावकहरुवीच मनोरञ्जनात्मक खेलकुद लगायतका कार्यक्रम समेत गरिएको फाउण्डेशनले जनाएको छ ।

विद्यार्थीका अभिभावक र विद्यार्थीहरुको उल्लेखीय सहभागिता रहेको सो कार्यक्रममा प्लेगु्रपदेखि कक्षा ६ सम्मका विद्यार्थीहरुले सामूहिक र एकल नृत्यसहितका प्रतिभा प्रस्तुति दिएका थिए ।

दमक नगरपालिकाका सामाजिक विकास शाखाको प्रमुख केशव प्रसाईको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सवमा बोल्दै सहभागि वक्ताहरुले विद्यार्थीहरुलाई पढाईसंगै अतिरिक्त क्रियाकलापमा जोड दिन सके यसबाट थोरै भएपनि स्थानीय शैक्षिक विकासमा टेवा पुग्ने औल्याएका थिए ।

बार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युवराज गजमेरले विद्यार्थीलाई ब्यवहारिक संगै फरक किसिमले शिक्षा दिने कोसिसमा आफूले काम गरिआएको जानकारी दिए ।

कक्षा छ सम्म अध्यापन भइरहेको यस विद्यालयमा बालबालिकाको मनोविज्ञानका आधारमा अध्यापन गरिने प्रिन्सिपल गजमेरले बताए । उनले आफ्नो लामो समय अमेरिका बस्दा सिकेको सीप र अध्यायन कलालाई अमेरिकाबाट फर्किएर स्वदेशमा सदुपयोग गर्न कोसिस गरेको बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270