कमलमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

  १७ चैत, झापा । झापा जिल्लाको कमल गाउँपालिकामा शुक्रबार राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो । छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला राति ११ः५० बजे हात्तीले घर भत्काउँन थालेपछि भाग्ने क्रममा निजमाथि आक्रमण भएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको वडाध्यक्ष विष्टले बताउनुभयो । लिम्बू परिवार केही वर्षदेखि रतुवामाई..

राजनीतिक भर्तीकेन्द्र बनेको खेलकुद मन्त्रालय सुधार गर्दै छु : मन्त्री श्रेष्ठ

१७ चैत, इलाम । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालय राजनीतिक भर्तीकेन्द्र बनेको भन्दै आफूले सुधार गरिरहेको बताएका छन् । शनिबार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले खेलका बारेमा जानकारी नभएका व्यक्ति विभिन्न निकायमा नियुक्त भएको अवस्थालाई सुधार गरी कारबाही अघि बढाइएको जानकारी गराए । आफूले खेलाडीहरूलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको उनले जिकिर गरे । अन्तर्राष्ट्रिय निकाय नेपालको खेलजगत्मा काम गर्न तयार रहे पनि..

आगामी उपनिर्वाचन एमालेले जित्ने पार्टी अध्यक्ष आलीको दावी

१७ चैत । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने..

आफूँ स्थानीय उम्मेदवार भएकोले आफूँले जित्ने मिलन लिम्बुको दाबी

१७ चैत, इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम क्षेत्र नम्बर २ मा उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुले आफू स्थानीय उम्मेदवार रहेकोले निर्वाचित हुने दाबी गरेका छन् । शनिबार इलामको चोक बजार लाँकुरी चौतारामा रास्वपाले गरेको उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले इलामको माटोमा जन्मिएको बताउँदै इलामको माटोको टिका लगाएर संसद् भवन छिर्ने बताए । लिम्बुले आफू इलामको अकबरे, अदुवा र अग्र्यानिक अर्थाेडक्स चियाको उम्मेदवार रहेको उल्लेख गरे । उनले भने– ‘इलामको..

सुवास नेम्वाङको विरासत बोक्न इलाम आएका हौँः रवि

१७ चैत, इलाम । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटोमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताएका छन् । शनिवार इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले मिलन लिम्बुलाई आफ्नो दलले उम्मेदवार बनाएको बताउँदै इलामले घण्टी बजाएरै छोड्ने दाबी गरे । उनले सुवास नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गर्दै उनको सम्मानका लागि इलाममा उम्मेदवारी उठाएको भन्दै नेम्वाङको विरासत रास्वपाले धान्ने उल्लेख गरे..

आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’को लगातार दोस्रो हार

१७ चैत । नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो । २ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो । अघिल्लो खेलजस्तै यो खेलमा पनि मध्यक्रम चल्न नसक्दा नेपालले हारको सामना गर्नुपर्‍यो । योसँगै आयरल्याण्डले २–० ले शृङ्खला आफ्नो पक्षमा पार्न सफल भएको छ । नेपाललाई..

सरकारले घोेषणा गरेको पुरस्कार अझै पाएनौँ भन्दै कप्तान रोहितले गरे गुनासो

१५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अझै पूरा नपाएको भन्दै गुनासो गरेका छन् । भारतका दुई राज्य टिमसँगको फ्रेन्डसिप कप खेल्न जाने टोलीको बिदाइ कार्यक्रममा बिहीबार उनले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसामु आफूहरूले सरकारबाट घोषित पुरस्कार अझै पूरा पाइनसकेको बताएका हुन् । “एउटा अनुरोध छ । सरकारले हामीलाई पुरस्कार तोकेको थियो, तर हामीले अझै पनि ५०–६० प्रतिशतभन्दा धेरै पाएका छैनौँ, खेलकुदमन्त्रीले यसमा..

म्यानचेस्टर सिटीले १४ वर्षीय सुलिभानलाई कीर्तिमानी रकममा भित्र्याउँदै

१५ चैत । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले १४ वर्षीय अमेरिकी वन्डरकिड क्याभान सुलिभानलाई कीर्तिमानी रकममा भित्र्याउने भएको छ। फिलाडेल्फिया युनियनबाट खेल्दै आएका सुलिभान विश्व फुटबलमा सम्भावना बोकेको खेलाडी मानिन्छन्। उनलाई भित्र्याउन स्पेनिस क्लब रियल मड्रिड, जर्मन क्लब बायर्न म्युनिख तथा बोरुसिया डर्टमुन्ड र फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) पनि इच्छुक थिए। मेल स्पोट्र्सका अनुसार आक्रमणकारी मिडफिल्डरलाई भित्र्याउने दौडमा सिटी अग्रस्थानमा रहेको छ। द एथलेटिकका अनुसार प्रिमियर लिग र..

विश्वकप छनौट खेलेर फर्कियो नेपाली फुटबल टिम

१५ चैत । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा बहराइनसँग खेलेर नेपाली टोली स्वदेश फर्किएको छ। समूह ‘एच’ मा रहेको नेपाली टोली ‘होम एन्ड अवे’ दुवै खेल खेलेर बिहीबार स्वदेश फिर्ता भएको हो। रफास्थित राष्ट्रिय रंगशालमा भएको पहिलो खेलमा नेपाल घरेलु टोली बहराइनसँग ५–० गोल अन्तरले पराजित भएको थियो। मंगलबार सम्पन्न खेलमा भने नेपाली टोलीले सुधारिएको प्रदर्शन गरेको थियो। तर, नतिजा ३–०..

नेपाल-भारतबीच विद्युत आयात सम्झौता नवीकरण

१५ चैत, काठमाडौं । नेपाल र भारतबीच विद्युत आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो । सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत आयात गर्न पाइने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने जानकारी उनले दिए ।..