
२४ साउन, इलाम । माङसेबुङ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बान्तवा भाषा पाठ्यक्रम निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माङ्सेबुङ गाउँपालिकाका जनप्रतिनिधी, मातृभाषिक संस्थाका प्रतिनिधी, कर्मचारी तथा सरोकारवालाहरुको सहभागितामा शुक्रवार अन्तरक्रिया छलफल कार्यक्रम सम्पन्न भएको हो ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा तथा किरात राई यायोक्खा केन्द्रिय समितिका उपमहासचिव कृष्ण खालिङ राईको प्रमुख आतिथ्तामा भएको छलफलमा भएको हो । माङ्सेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलशेर राई, किरात राई यायोक्खा जिल्ला कार्य समिति इलामका उपाध्यक्ष प्रकाश रुङमाहाङ राई, माङसेबुङ गाउँपालिका शिक्षा समिति सदस्य तथा जीवनज्योति माविका प्रअ मदन कुमार राई, नेपाल आदिवासी जनजाति गाउँ समन्वय परिषद माङसेबुङ अध्यक्ष डिल्लि कुमार राजालिम राई, विभिन्न विद्यालयका वान्तावा भाषि शिक्षकज्यूहरु, अग्रज शिक्षकज्यूहरु, कर्मचारी साथिहरु साथै सरोकारवालाहरुको छलफलमा उपस्थिती रहेको थियो ।
वान्तावा भाषा पाठ्यक्रम लेखन कार्यदल:–
संयोजक; श्री मदन कुमार राई – प्रअ, श्री जीवनज्योती मावि
सदस्य; श्री उदय राई – प्रअ, सिङ्घेश्वरी आवि
सदस्य; श्री गुञ्ज कुमार राई – किरात राई यायोक्खा इलाम जिल्ला सदस्य (पूर्व शिक्षक)
सदस्य; श्री सकुन्तला राई – शिक्षक, श्री जीवन ज्योति मावि
सदस्य; श्री अम्बिका प्रसाद राई – प्रअ, श्री सरस्वती आवि
सदस्य; श्री युवराज खनाल – अधिकृत छैठौं– शिक्षा शाखा
सल्लाहकार समित;-
संयोजक; भक्त बहादुर राई – पूर्व शिक्षक तथा अध्यक्ष–किरात एवाई राई संघ केन्द्रीय समिति
सदस्य; डिल्लिकुमार राई – अध्यक्ष, नेफिन माङसेबुङ
सदस्य; मनकुमार राई – प्रअ, श्री जनकल्याण आवि
सदस्य; रामप्रसाद राई –पूर्व शिक्षक
सदस्य; नरबहादुर राई
सदस्य; बुद्धि प्रसाद खतिवडा – शिक्षा शाखा प्रमुख रहेका छन् ।
यस माङसेबुङ गाउँपालिकाका केही विद्यालयहरुमा लिम्बू भाषाको पठनपाठनका कार्यक्रमहरु अघिबाट नै निरन्तर भईरहेको छ ।





सूचना विभाग दर्ता नंः १८२३/०७६-७७