वीरगञ्ज महानगरले नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ सञ्चालन गर्दै

२३ चैत । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ । वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार’ सञ्चालनको तयारी गरिरहेको छ । आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन हुनेछ । अहिले सजावटदेखि स्टल बुकिङलगायत काम धमाधम भइरहेको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, नेपाल युवा उद्यमी मञ्ज..

लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्कियो

२३ चैत । शेफिल्ड युनाइटेडलाई पराजित गर्दै लिभरपुल इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा फर्किएको छ। एनफिल्डमा बिहीबार राति सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा डार्विन नुनेज, म्याक एलिस्टर र कोडी गाक्पोले १,१ गोल गरे। शेफिल्ड युनाइटेडले एक गोल उपहार पाएको थियो। १७औँ मिनेटमा नुनेजको गोलमार्फत लिभरपुलले खेलमा अग्रता लिएको थियो। तर, ५८औँ मिनेटमा कोनोर ब्राडलीले आत्माघाति गोल गर्दै खेल १–१ मा..

लुम्बिनीका मुख्यमन्त्रीले दिए राजीनामा

२२ चैत, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एक महिना अघि केन्द्रमा फेरिएको सत्ता गठबन्धनसंगै नेकपा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएपछि चौधरी अल्पमतमा परेका थिए । यस बीचमा बहुमत जुटाउने प्रयास गर्दै उनले बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश..

अनावश्यक आरोप र भ्रमलाई पार्टीका सबै नेताकार्यकर्ताले चिर्नु आवश्यक छः सुहाङ नेम्वाङ

२२ चैत, इलाम । इलाम २ का एमाले उम्मेद्धवार सुहाङ नेम्वाङ्ले सिंगो पार्टी एक भएर मात्र आउदो उपनिर्वाचनमा जित निकाल्न सकिने बताएका छन् । नेकपा एमाले चुलाचुली पालिका कमिटीको बैठकलाई सम्बोधन गर्दे उनले अनावश्यक आरोप र भ्रमहरुलाई पार्टीका सबै नेता कार्यकर्ताहरुले चिर्न सक्नुपर्ने बताए । इलाममा केही विकाश भएन भन्ने भ्रम धेरै जनतामा छाएको भन्दै एमाले कार्यकर्ताले जनतासामु प्रस्ट्याउनु पर्ने दिन आएको उनले बताए । चुलाचुलीको भुगोलमा हिजो बाटो नभएको..

राजेशपायल राईले गरे सम्बन्धविच्छेदः श्रीमतीलाई ५ करोडको घर र ५० लाख नगद

२२ चैत, काठमाण्डौँ । आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् । यसै साता उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेको निकट स्रोतले जानकारी दियो । सम्बन्धविच्छेदको मुद्दा राजेशपायलले हालेका थिए । सम्बन्ध तोड्न साङबुङले उच्च डिमान्ड गरेकी थिइन् । अन्ततः राजेशपायलले उनको मागहरू पूरा गरिदिएका छन् । जसअनुसार नक्सालमा रहेको राजेशपायलको घर साङबुङले पाएकी छन् । साढे तीन तलाको..

ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने

२२ चैत । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको छ । ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौंको प्रमुख पर्यटकीयस्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गरेको हो । ठमेलभित्रका चोकचोकमा सीमित गतिका बोर्ड राख्ने र सीसी क्यामेराद्वारा यसलाई निगरानी गर्ने निर्णय गरिएको ट्राफिक प्रहरी प्रभाग ठमेलका प्रमुख कमल गुरुङले जानकारी दिए । “ठमेलका गल्लीभित्र प्रतिघण्टा..

एमाले झापाको अध्यक्षमा प्रेम गिरी सर्वसम्मत चयन

२२ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले) झापाको अध्यक्षमा प्रेम गिरी सर्वसम्मत चयन भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा गिरी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक टंक दंगालले बिहीबार घोषणा गरेका हुन् । पार्टीको जिल्ला उपाध्यक्षमा शिवकुमार ढुंगेल, सचिवमा तुलसी कार्की, उपसचिवमा असारु राजवंशी, महिला उपसचिवमा अनिता कन्दङ्वा सर्वसम्मत चयन भएको संयोजक दंगालले जानकारी दिए । उनका अनुसार, जिल्लामा अधिवेशनबाट १४९ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ ।..

लुम्बिनी प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री चौधरीले राजीनामा दिँदै

२२ चैत । लुम्बिनी प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सम्बोधन गर्दैछन् । चौधरीले प्रदेशसभामा सम्बोधनसँगै राजीनामा दिने तयारी गरेका छन्।

सङ्घीय संसद्का महासचिव र सचिवहरूलाई पेन्सन दिन प्रस्ताव

२२ चैत । सङ्घीय संसद्का महासचिव र सचिवहरूलाई पेन्सन दिन प्रस्ताव गरिएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सङ्घीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ मा पनि संशोधन हालिएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सो संशोधन उपर छलफलका क्रममा बोल्दै सङ्घीय संसद् सचिवालयका सचिवालय सचिव रोजनाथ पाण्डेले यस्तो प्रस्ताव गरेका हुन् । उनले संसद् सचिवालयको तर्फबाट प्रस्तुति दिँदै सङ्घीय संसद् सचिवालयका महासचिव र सचिवहरूलाई..

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन एमालेद्वरा ह्वीप जारी

२२ चैत, धनगढी । नेकपा एमालेले पनि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । भर्खरै सम्पन्न प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए । मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए तर प्रदेश सभाको बैठक दुई घण्टा सारिएको छ ।