२५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापाको विर्तामोडमा राँके जुलुस प्रदर्शन गरेको छ ।
राजतन्त्र पुर्नस्थापना, हिन्दु राज्य कायम गर्नुपर्ने र भ्रष्टचार अन्त्यको माग गर्दै राँके जुलुस निकालिएको विर्तामोड वडा नम्बर १ का राप्रपा अध्यक्ष जनक खड्काले जानकारी दिनुभयो ।
राप्रपाले विर्तामोडको मुक्ती चौक आसपासको स्थानमा राँके जुलुस प्रदर्शन गरेको हो । चैत्र २७ गते काठमाडौंमा हुने कार्यक्रमको तयारी सन्देश स्वरुप केन्द्रको निर्देशनमा विभिन्न जिल्लामा एकै साथ राके जुलुस निकालिएको खड्काले बताउनुभयो ।
प्रदर्शनपछि भएको कोणसभालाई जिल्ला सचिव कुमार थापाले सम्बोधन गर्नुभएको खड्काले जानकारी दिनुभयो ।
राँके जुलुस प्रर्दशनमा राप्रपाको जिल्ला, नगर, वडा र युवा संगठनका विभिन्न तहका नेता तथा कार्यक्रता सहभागी थिए ।