बेलडाँगी र मोरङको शरणार्थी शिविरमा जीवन निर्वाह रकम (भत्ता) वितरण

२२ चैत, झापा । झापाको बेलडाँगी र मोरङको पथरीस्थित शरणार्थी शिविरका ज्येष्ठ नागरिक, असक्त र असहायलाई इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जीवन निर्वाह रकम (भत्ता) वितरण गरेको छ । सो फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बेलडाँगी शिविरका एक सय ५७ र पथरी शिविरका ५७ जनालाई मासिक जनही रु पाँच हजारका दरले जीवन निर्वाह एवं पौष्टिक आहारका लागि बुधबार सो रकम वितरण गर्नुभएको हो । अध्यक्ष अधिकारीले विगतदेखि नै..

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

२२ चैत । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

गोर्खा फाउण्डेशन बिर्तामोडद्वरा पाँच जनालाई ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’

२२ चैत, झापा । गोर्खा फाउण्डेशन बिर्तामोडले ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जनालाई सम्मान गरेको छ । महानायक राजेश हमाल र झापाका महेन्द्र कुमार गिरी सहित पाँच जनालाई बुधबार सम्मान प्रदान गरिएको हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका बिसे नगर्चीको योगदानलाई स्मरण गर्दै उनको स्मृतिमा स्थापना गरेको ‘विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान सामाजिक अभियन्ता तथा सहकारीकर्मी गिरी र महानायक राजेश हमालसहित पाँच जनालाई प्रदान..

इलाम–२ उपनिर्वाचनमा जसपाले डकेन्द्रसिंह थेगिमलाई सघाउने

२२ चैत, इलाम । इलाम–२ मा हुन गइरहेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालले डकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ । जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा थेगिमले उम्मेदवारी दिने घोषणा गरेका छन् । पहिचानवादीका तर्फबाट उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । थेगिम कोशी प्रदेशको पुनः नामाङ्कन गर्नका लागि दबाब दिन गठन भएको संयुक्त सङ्घर्ष..

बिर्तामोडमा योगी विकाशानन्दको साथमा ‘आफुलाई चिनौँ’ कार्यक्रम हुँदै

२२ चैत, झापा । सामाजिक संस्था ट्रष्ट टीम नेपालले ‘आफुलाई चिनौँ’ कार्यक्रम गर्ने भएको छ । झापाका करिब दुई दर्जन संघसंस्थासँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो । मानिसले तनावमुक्त भएर सकारात्मक उर्जा प्राप्त गर्नका लागि कार्यक्रम आयोजना गरिएको ट्रष्ट टीम नेपाल अध्यात्म विभागकी संयोजक रिना थापा (मेहेर मगर)ले जानकारी दिनुभयो । कार्यक्रममा गुरु डा. योगी विकाशानन्दले तनाव व्यवस्थापन कसरी गर्ने, सकारात्मक उर्जा कसरी प्राप्त गर्ने, सकारात्मक सोँचको विकास कसरी हुन्छ..

बाह्रदशीमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

२२ चैत, झापा । झापाको बाह्रदशीमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका वडा नम्बर १ का देवनारायण राजवंशीको खुकुरी प्रहारबाट ३२ बर्षीया श्रीमती मोमसरी राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार बिहान साढे ६ बजे देवनारायणले श्रीमती मोमसरीको घाँटी र ढाडमा खुकुरी प्रहार गर्दा उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।..

कोलकातासँग दिल्ली १०६ रनले पराजित

२२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने दिल्ली ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ । कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभर खेल्दै १६६ रनमै अलआउट भयो । डीसीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टान..

आर्सनल शीर्ष स्थानमा, फोडेनको ह्याट्रिकमा सिटीको जित

२२ चैत । आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा लुटन टाउनलाई २–० ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लेको हो । आर्सनलले ३० खेलबाट ६८ अंक जोडेको छ जुन लिभरपुल र म्यानचेष्टर सिटीको भन्दा एक अंकले बढी हो । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि कप्तान मार्टिन ओडेगार्डले २४औं मिनेटमा गोल गरेका थिए । यस्तै लुटनका दाइकी हाशिओकाले ४४औं मिनेटमा आत्मघाती गोल गर्दा..

विदेशी लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिइरहेको छः प्रधानमन्त्री प्रचण्ड

२२ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता अनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७औं बैठकलाई सम्बोधन गर्दै बिहीबार प्रधानमन्त्री प्रचण्डले पूर्वाधार तथा सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका हुन् । ‘लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्छ,’ प्रचण्डले भने, ‘यो बेलामा हाम्रा संयन्त्रहरूले नेपालमा लगानीको अनुकूल अवस्था रहेको सन्देश दिन आवश्यक छ ।’ प्रधानमन्त्री..

माओवादीले इलाम–२ को उपनिर्वाचनमा सुहाङलाई सघाउने

२२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ। माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो । माओवादीबाट उम्मेदवार घोषणा गरेका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए । ‘दुई अध्यक्ष विच हिजो सहमति भएको रहेछ । केन्द्रबाट निर्देशन आएको छ । अब गठबन्धनका उम्मेदवार जिताउन लाग्छौं, माओवादीका केन्द्रीय..