नापी कार्यालय प्रमुखमाथि मोसो छ्यापियो

नापी कार्यालय प्रमुखमाथि मोसो छ्यापियो

२७, साउन, चितवन । चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालय कार्यालय खैरहनीका प्रमुख शालिग्राम लम्साललाई सेवाग्राहीका रुपमा आएका दुई युवाले मोसो छ्यापेका छन् ।

आज दिउँसो सेवाग्राहीका रुपमा कार्यालय प्रमुख लम्सालको छेउमा नै पुगेर उनीहरूले मोसो छ्यापेर भागेको प्रहरीले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले भागेका युवाहरूको खोजी कार्य थालिएको बताए ।

‘दुई जनाले आएर कालोमोसो छ्यापेर भागेछन्, उनीहरुको खोजी जारी छ,’ एसपी पुरीले भने, ‘पहिचान पनि भैसकेकोले चाँडै समातिन्छन् ।’

एसपी पुरीले किन उनीहरुले कार्यालय प्रमुख लम्सालमाथि कालोमोसो छ्यापे भन्ने बारेमा खुल्न नसकेको बताए । घटनाको बारेमा थप बुझ्ने क्रममा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर