समाचार
नयाँ वर्ष सुरु भएसँगै पुर्वी तराईमा सिरुवा पर्व सुरु
१ वैशाख, झापा । नयाँ वर्ष सुरु भएसँगै पूर्वका आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा सुरु भएको छ । पूर्वी तराईमा बस्दैआएका राजवंशी, ताजपुरिया, थारु, गनगाई, माझीलगायतका आदिवासी कोच समुदायले आजदेखि तीन दिनसम्म धुमधामका साथ सिरुवा पर्व मनाउँदै आएका छन् । विशेष पर्वका रुपमा मनाउँदै आएको यस सिरुवाअन्तर्गत आज नयाँ वर्षको पहिलो दिन जल (पानी) सिरुवा मनाउने गरिन्छ । २ गते काद सिरुवा र ३ गते रङ सिरुवा खेलेर एकआपसमा..
इलाम २ उपनिर्वाचनः अंकगणितमा सुहाङ सेफ जोनमा
१ वैशाख, काठमाण्डौँ । इलाम क्षेत्र नं। २ मा वैशाख १५ गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका कारण यतिखेर देशभरिको ध्यान इलामले खिचेको छ । ठूला दलदेखि स्वतन्त्रसम्मले आफ्नो बलियो उपस्थिति देखाएर आगामी निर्वाचनमा शक्ति या बढ्दो जनमत देखाउने अवसरको रूपमा यो निर्वाचनलाई लिइरहेका छन् । वैशाख २४ गते १२ दलका र ८ जना स्वतन्त्रसहित २० जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । चुनावी मैदानमा २० जना रहे पनि मुख्य प्रतिस्पर्धा..
इजरायलमाथि आक्रमण नगर्न इरानलाई अमेरीकाको चेतावनी
१ वैशाख, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानले इजरायलमाथि आक्रमण गर्ने सम्भावना व्यक्त गरेका छन् । यद्यपि, बाइडेनले इरानलाई त्यसो नगर्न चेतावनी दिएका छन्। बाइडेनले इरानले सिरियामा रहेको आफ्नो दूतावासमा भएको आक्रमणको इजरायलविरुद्ध बदला लिने चिन्ता व्यक्त गरे। इरानले इजरायलमा आक्रमण गर्न सक्नेबारे प्रश्न गर्दा बाइडेनले भने, ‘यो नगर्नुहोला ।’ बाइडेनले अमेरिकाले इजरायललाई समर्थन गर्ने स्पष्ट पारेका छन् । ‘हामी इजरायलको सुरक्षाको लागि प्रतिबद्ध छौँ । हामी इजरायललाई समर्थन..
कांग्रेसले सदन चल्न दिएन, अधिवेशन अन्त्य हुन्छः ओली
३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा सदन अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको छ । एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसले चल्न नदिएर सदन अधिवेशन अन्त्य हुन लागेको जानकारी दिए । “अधिवेशन अन्त्य हुन्छ । फेरि अर्को सुरु हुन्छ । यस्तै हुन्छ,” उनले सञ्चारकर्मीसँग भने, “कांग्रेसले चल्न नदिएर ।” संसद्मा सहकारी प्रकरणमा..
चाँदीको मूल्यले बनायो नयाँ ‘रेकर्ड’
३० चैत । स्थानीय बजारमा चाँदीको मूल्यले नयाँ ‘रेकर्ड’ बनाएको छ । बिहीबार एक हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँ बढेर एक हजार ७५० रुपैयाँमा कारोबार भएको हो । शुक्रबारको चाँदीको मूल्य हालसम्मकै उच्च हो । पछिल्लोसमय सुनको मूल्यसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाइरहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार..
‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेश
३० चैत, काठमाडौं । ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेश भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसकी सांसद कमला पन्तले सो प्रस्ताव पेश गरेकी हुन् । पैसा, पहुँच र गुणस्तरीय उपचारको अभावमा कुनै पनि नागरिकलाई अकाल मृत्युबाट बचाउन सरकारलाई सचेत गराउन सो संकल्प प्रस्ताव राष्ट्रिय सभा पेश गर्नुपरेको सांसद पन्तले बताइन् । उनले नागरिकहरु उपचार गर्न नसकेर, उपचार खर्च नभएर दिनहुँ मृत्युवरण गरिरहेको..
आठमौजा छोटी भन्सार पुनः सञ्चालनमा आउने
३० चैत, झापा । झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले छोटी भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्ने क्रममा सो जानकारी दिनुभएको हो । छोटी भन्सार कार्यालयमा कर्मचारीको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको प्रमुख रेग्मीले बताउनुभयो । आगामी वैशाख महिनाभित्रै आठमौजा छोटी भन्सार कार्यालय सञ्चालनमा आाउने उहाँको भनाइ छ । कोरोना महामारीपछि कार्यालय बन्द अवस्थामा छ..
झापा स्पोर्टस् अवार्ड : रोशन र त्रिशा उत्कृष्ट खेलाडी
३० चैत । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले जितेकी छन् । उनीहरुले २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बिहीबार भएको पाँचौँ स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो । उनीहरुले नगद एकएक लाख, ट्रफी र गिफ्ट ह्याम्पर हात पारे । त्यस्तै, लाइफ टाइम अचिभमेन्ट..
इलामको अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’
३० चैत । इलामको अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्याेदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्याेदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए । उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्याेदय आइडल’ को ‘ग्रान्ड फिना’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र साङ्गीतिक कार्यक्रम राखिएको छ । महोत्सवको दोस्रो दिन शनिबार अन्तुडाँडाबाट सूर्याेदय..
पार्टीबाट निलम्बित भए नाउपाका सांसद घनश्याम चौधरी
३० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् । अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक–पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ ।..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७