समाचार
इलाम र बझाङका लागि आयोगले पठायो मतपत्र
५ बैशाख । निर्वाचन आयोगले यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ का लागि मतपत्र पठाएको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापाखानामा छापेर आज सम्बन्धित जिल्लामा मतपत्र पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । इलाम क्षेत्र नम्बर २ का लागि १ लाख २८ हजार प्रति मतपत्र र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि ६८ हजार मतपत्र छपाई..
घुस लिएको आरोपमा पोखरा नगरका इन्जिनियर पक्राउ
५ बैशाख । घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । घर नक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो । गत चैत २८ गते साँझ पोखरा १० का सेवाग्राहीसँग घर नक्साकै विषयमा घुस लिएपछि महानगरपालिकाकी इन्जिनियर उषाकिरण रोकाया रंगेहात पक्राउ परेकी थिइन् । उनी सहित गोदार कन्सल्टेन्सीका सहयोगकी सुरज कुँवर डेढ लाख घुससहित पक्राउ परेका हुन् । सोही विषयमा अनुसन्धान गर्दा बरालको पनि..
खेलकुदमन्त्री श्रेष्ठले भने- खेलकुद र युवाहरूमा नयाँ युगको सुरुआत भयो
५ बैशाख । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद र युवाहरुमा नयाँ युगको सुरुआत भएको बताएका छन् ।मंगलबार काठमाडौंमा १४औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले दूरदराज गाउँहरूबाट खेलाडीहरू उत्पादन गरेको बताए । खेलकुद क्षेत्रको विकासका लागि नीतिगत कुराहरू सुधार्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले तीन दशकदेखिका बेथितिहरूलाई सुधारेर सम्भावनाहरूलाई पनि खोज्नुपर्ने आवश्यकता रहेको औल्याए..
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
५ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । उनी उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भएका थिए । उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ ।
ओलीले भने, ‘नयाँ र स्वतन्त्रको नारा लिएर आउनेसँग जनता अल्मलिरहेका छन्’
५ बैशाख, झापा । नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले एमाले जडसूत्रवादी नभएर सृजनात्मक सोचको पार्टी रहेको बताएका छन् । नेकपा एमाले झापाको ११ औ जिल्ला अधिवेशनबाट गठन भएको समितिको सुरुङ्गा जेसीजको सभाहलमा आयोजित पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । एमाले झापा अध्यक्ष प्रेम गिरीको सभापतित्वमा सम्पन्न बैठकमा ओलीले एमाले नेता तथा कार्यकर्ताले राजनीतिक, सङ्गठनात्मक, वैचारिक र आर्थिक काम सँगसँगै गर्नुपर्ने..
मेचीनगरमा दारा काटिएको अवस्थामा जंगली हात्ती मृत फेला
५ बैशाख, झापा । झापाको मेचीनगरमा दुवै दारा काटिएको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ । मेचीनगर नगरपालिका–१२ स्थित कालीका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो वन प्रमुख राईका अनुसार हात्तीको अवस्था हेर्दा हात्तीको मृत्यु..
दोस्रो लेगमा पुनरागमन गर्दै डर्टमन्ट च्याम्पियन्स लिगको सेमिफाइनलमा
५ बैशाख । दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडविरुद्ध पुनरागमन गर्दै बोरुसिया डर्टमन्ट यूईएफए च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको छ। पहिलो लेगमा एट्लेटिकोसँग जर्मन क्लब डर्टमन्ट २–१ गोल अन्तरले पराजित भएको थियो। तर, सिग्नल इडुना पार्कमा मंगलबार राति सम्पन्न दोस्रो लेगमा पाहुना टोली एट्लेटिकोमाथि पुनरागमन गर्दै डर्टमन्टले ४–२ गोल अन्तरको जित हासिल गरेको हो। समग्रमा डर्टमन्टले एट्लेटिकोलाई ५–४ गोल अन्तरले पराजित गर्यो। डर्टमन्टको जितमा जुलियन ब्रान्ड, इयान माट्सेन, निकोलस फुलक्रग..
बार्सिलोनालाई पराजित गर्दै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा
५ बैशाख । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग पराजित हुँदै स्पेनिस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बााहिरिएको छ। मंगलबार राति सम्पन्न दोस्रो लेगको खेलमा पाहुना टोली पीएजीसँग ४–१ गोल अन्तरले पराजित हुँदै बार्सिलोना अन्तिम ८ बाटै बाहिरिएको हो। पहिलो लेगमा पीएसजी ३–२ गोल अन्तरले पराजित भएको थियो। समग्रमा बासिलोनामाथि पीएसजीले ६–४ गोल अन्तरको जितसहित अन्तिम चारमा स्थान बनायो। पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई गोल गर्दा ओसमान डेम्बेले र..
मधेश सरकारबाट बाहिरियो लोसपा
४ वैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो । दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । मधेश प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् । त्यसमध्ये कुर्मी मात्रै सरकारमा गएका थिए । लोसपाले मधेश सरकारमा थप एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको..
राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने विषयमा सरोकारवालासँग छलफल
४ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई कारबाही गर्ने विषयमा सरोकारवालासँग छलफल थालेकी छन् । राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने विषयमा मन्त्री श्रेष्ठले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग छलफल गरेकी हुन् । छलफलमा शिक्षा मन्त्रीले राजनीति गरिरहेका शिक्षक पहिचान गर्नमा निर्वाचन आयोगबाट सहयोग माग गरिन् । ‘शिक्षा क्षेत्रबाट दलीय राजनीति हटाउने विषयमा त आम सहमति जस्तै भइसकेको छ..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७