एमाले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लाग्यो

६ वैशाख । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो । आज भएको सहमति अनुसार आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमालेबाट अब रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन नाम सिफारिस गरेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ । एमाले स्रोतका अनुसार ढकालले..

रोनाल्डोले जिते युभेन्ट्ससँगको पारिश्रमिकसम्बन्धी कानूनी लडाइँ

६ बैशाख । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युभेन्ट्ससँगको पारिश्रमिकसम्बन्धी कानूनी लडाइँ जितेका छन्। स्पोट्र्स इटालियाका टान्क्रेडी पाल्मेरीलगायत विभिन्न पत्रकारले युभेन्ट्सले पूर्वखेलाडी रोनाल्डोसँग मध्यस्थताको मुद्दा हारेको जानकारी दिएका हुन्। साउदी प्रो लिग क्लब अल नासरबाट खेलिरहेका रोनाल्डोले कोभिड–१९ महामारीका बेला तलब नपाएको भन्दै युभेन्ट्सविरुद्ध मुद्दा दायर गरेका थिए। पाँच पटकका बालोन डीुओर विजेता रोनाल्डोले लकडाउनको समयमा आफ्नो पारिश्रमिक कटौतीमा सहमति जनाएका थिए। तर, प्रतिज्ञा गरेअनुसार आफूलाई क्बलले १७ मिलियन पाउन्ड..

सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

६ बैशाख । साविक विजेता म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। इतिहाद स्टेडियममा बुधबार सम्पन्न खेलमा घरेलु टोली सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै स्पेनिस क्लब रियल अन्तिम चारमा पुगेको हो। रियलको मैदानमा भएको पहिलो लेग ३–३ गोलको बराबरीमा टुंगिएको थियो। दोस्रो लेग पनि १–१ गोलको बराबरीमा सकियो। त्यसपछि थप गरिएको अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल समग्रमा ४–४..

अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अर्थमन्त्री पुनको अपिल

५ बैशाख । अर्थमन्त्री वर्षमान पुनले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन् । अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग वासिङटन डिसीमा गएराति भएको अन्तरक्रियामा (नेपाली समयअनुसार) मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको उल्लेख गरे । भू–परिवेष्ठित अवस्थितिका कारण विश्वका दुई उदयीमान आर्थिक केन्द्र बन्दै गरेका भारत र चीनलाई जोड्न सक्ने एक मात्र मुलुक नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको उनको भनाइ थियो..

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

५ वैशाख । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरेवियालाई ६ विकेटले हराउँदै अपराजितका साथ सेमिफाइनलमा पुगेको छ । समूह ए बाट सबै ४ खेलमा जित साथ सेमिफाइनलमा पुगेको हो । ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट..

सुहाङ भन्छन्- ‘बुबाले गर्न नसकेका र देखेका सपना पुरा गर्नु छ’

५ बैशाख । नेकपा एमाले र माओवादीका तर्फबाट इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुहाङ नेम्बाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताएका छन् । उनले इलाम क्षेत्र नम्बर २ अन्तर्गत इलामको मङ्गलबारेमा भएको कार्यक्रममा अहिले देश समृद्धिको बाटो हिँडेको भन्दै यो बेला सामाजिक सम्बन्धमा खलल पुग्ने बाटोमा लाग्न नहुने बताए । सुहाङले इन्द्रेणी सप्त रङ्ग भएकाले राम्रो भएको भन्दै हाम्रो समाज पनि इन्द्रेणी जस्तै सुन्दर भएको..

विप्लव नेतृत्व नेकपाको २०८४ निर्वाचनमा भाग लिने संकेत

५ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम विप्लवले आगामी संसदीय निर्वाचनमा भाग लिने संकेत गरेका छन् । केन्द्रीय कार्यालय कपिलवस्तुमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै विद्यमान व्यवस्था अन्तर्गत हुने चुनाव पनि क्रान्तिकै मोर्चा हुने बताए । उनले भने– चुनावलाई कार्यनीति र रणनीतिको रूपमा विभाजन गरेर बुझ्ने कम्युनिष्ट आन्दोलनको पुरानो चलन थियो। अब त्यसले काम गर्दैन। चुनाव पनि क्रान्तिकै भिन्न मोर्चा हुने भएकोले ०८४ मा चुनावलाई हामीले..

बुवाको लागि भोट माग्दै कलाकार सुनिता थेगिम र एकदेव लिम्बु

५ बैशाख । सुनिता थेगिम अहिलेकी चलेकी गायिका हुन् । नेपाली लोक आधुनिक पारामा गीत गाउने थेगिमका थुप्रै गीत हिट छन् । उनको गीत बिनायो कङ्कङ, कालो केशमा रेलिमाई, चिलिम ढुङ्गो टल्कियो सेतै हिउँले बोलका गीत वर्षकै हिट गीत मध्येमा पर्छन् । यति मात्रै होइन उनले गाएका थुप्रै लिम्बु भाषाका गीतहरू पनि सर्वसाधारणको जिब्रोमा झुन्डिएका छन् । नेपाली साङ्गीतिक क्षेत्रकी हिट गाइका सुनिता थेगिम चार दिन अघि माङ्सेवुङ्ग गाउँपालिका पञ्चमी..

रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृहको निर्माण सुरू

५ वैशाख । नेपाल आयल निगमले भैरहवा–परासी सडक खण्डमा पर्ने रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृहको निर्माण सुरू गरेको छ । रुपन्देहीको तिलोत्तमा–७ भलबारीमा रहेको प्रादेशिक डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले नयाँ स्थानमा भण्डारण गृह बनाउन थालिएको हो । निगमले करिब १४ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागेको हो । नयाँ भण्डारण गृहको १४ बिघा क्षेत्रफलमध्ये ७० प्रतिशत ओमसतिया र ३० प्रतिशत जग्गा..

झापामा मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर अफसेट सोलार फेन्स निर्माण

५ बैशाख, झापा । मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ । झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा रु एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो । त्यसपछि २०७६ साल चैतमा जलथल वन क्षेत्रमा पहिलो चरणमा ३५ किलोमिटर सौर्य तारबार लगाइको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुरसँग जोडिएको..