कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको छः ओली

२ बैशाख । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आइतबार रातिदेखि अन्त्य हुनु स्वाभाविक भएको बताएका हुन् । उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बिचमा कम्तीमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरूप हिउँदे अधिवेशनको अन्त्य गर्नुपरेको बताए । अध्यक्ष ओलीले हिउँदे अधिवेशन अन्त्यको सन्दर्भमा..

देश लुटतन्त्र व्याप्त भएकाले नागरिकहरू निराश छन्ः कांग्रेस सांसद केसी

२ बैशाख । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकहरू निराश रहेको बताएका छन् । आइतबार काठमाडौँमा स्व.सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र हाबी भएको बताए । उनले देश असन्तोष, अराजकता र विद्रोहतिर उन्मुख भएको बताए । उनले अहिलेको परिस्थितिलाई सम्हाल्न सबै राजनीतिक दलहरू एक हुनुपर्ने आवश्यकता रहेको बताए । सिंहले देशको राष्ट्रिय..

इलाममा मदिरा बिक्री–वितरण गर्न नपाइने

२ बैशाख । आजदेखि इलाममा मदिरा बिक्री–वितरणमा रोक लगाइएको छ । इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी आजदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको हो । जिल्ला प्रशासन कार्यालय इलामले  वैशाख २ गते आजदेखि वैशाख १५ पछिको मतगणना नसकुञ्जेलसम्म मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । निर्वाचनपूर्व, निर्वाचन र निर्वाचनपछिको समयमा शान्ति–सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य..

इलामको माइजोगमाईमा ‘साना सिँचाइ कार्यक्रम’

२ बैशाख । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक छवटा सिँचाइ आयोजना सुरु भएको हो । चालु आर्षिक वर्षमा सम्पन्न हुने गरी रु तीन करोड ८३ लाख १५ हजार छ सय साठीको लागतमा छवटा सिँचाइ आयोजनाको काम धमाधम भइरहेको साना सिँचाइ कार्यक्रम वरिष्ठ प्राविधिक मन्दिल राईले जानकारी..

कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२ बैशाख, झापा । झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सनिबार राति ११ः३० बजेको समयमा कमल गाउँपालिका वडा न.३ सानो केर्खास्थित राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको बा ६४ प १४०० नं. को मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किन गई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका वडा न.४ बस्ने २७ वर्षीय पिरती भन्ने विष्णु लिम्बूलाई उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोड पठाईएकोमा अस्पताल..

बिर्तामोड नगरपालिका–४ स्थित अदुवा पुल नजिकै एक महिला मृत फेला

२ बैशाख, झापा । झापाको बिर्तामोड नगरपालिका–४ स्थित अदुवा पुल नजिकै एक महिला मृत फेला परेकी छिन् । मेचिनगर नगरपालिका वडा नम्बर १ घर भइ बिर्तामोड बजार एरियामा दिन भरि कबाडिका सामान बटुली बिर्तामोड नगरपालिका वडा नम्बर १ अदुवा पुल नजिकै रहेको राष्ट्रिय बाणिज्य बैकको पुरानो भवनमा बस्दै आएकी देवराज राजवंशिको श्रीमती अन्दाजी ३५ बर्षकी सुनिता मडि मृत अबस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । शनिवार..

हल्दीबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी प्रहरीको नियन्त्रणमा

२ बैशाख । झापाको हल्दीबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले गिरीलाई शनिवार साँझ नियन्त्रणमा लिएको हो । उनीविरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएको थियो । जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इप्रका अनारमनीमा चैत २८ गते जाहेरी दिएका थिए । सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई बिर्तामोडबाट नियन्त्रणमा लिइएको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव..

ला लिगामा रियलको अग्रता कायमै

२ बैशाख । रियल मड्रिडले मायोर्कामाथि सङ्घर्षपूर्ण जित हासिल गर्दै ला लिगाको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ । शनिबार राति भएको खेलमा रियल १–० गोलले विजयी बन्यो । रियलको जीतमा औरेलियन टुअमानीले गरेको एक मात्र गोल निर्णायक बन्यो । रियलले बुधबार च्याम्पियन्स लिगको क्वार्टरफाइलको दोस्रो लेगमा म्यानचेस्टर सिटीको सामना गर्दैछ भने त्यसपछि एल क्लासिकोमा बार्सिलोनाको सामना गर्दैछ । प्रशिक्षक कार्लाे एन्चेलोटीले शनिबारको खेलमा थुप्रै खेलाडीलाई आराम दिएका थिए..

विनोद चौधरीलाई बयानमा बोलाउँदै अख्तियार

२ वैशाख । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनियमितता गरी निजी कम्पनीको नाममा दर्ता भएको प्रारम्भिक निष्कर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यवसायी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिने तयारी गरेको छ । अख्तियारले शुरुमा विनोदसँगै उनका भाइ अरुण चौधरीसँग समेत बयान लिने गरी तयारी थालेको हो । ‘बाँसबारीको जग्गा गैरकानूनी ढंगले व्यक्ति (निजी कम्पनी)का नाममा दर्ता भएको र त्यो काममा बाँसबारीका तत्कालीन पदाधिकारी सहित चौधरी परिवारका कतिपयको भूमिका रहेको..

एमालेको सचिवालय बैठक बस्दै

२ वैशाख, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए डा. अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औं स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा..