समाचार
अर्जुनधाराका दुई जना स्रष्टालाई ‘दीर्घ साहित्य साधना सम्मान–२०८०’ प्रदान
३ बैशाख, झापा । झापाको अर्जुनधारा नगरपालिकाले त्यहाँका दुई जना स्रष्टालाई दीर्घ साहित्य साधना सम्मान–२०८० प्रदान गरेको छ । नगरपालिकाले एक समारोहकाबीच प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य सम्मान–२०७९ बाट अर्जुनधारा–१ का कालीबहादुर थापा र २०८० बाट अर्जुनधारा–११ का संगीत साधक हस्त परियारलाई जनही रु. ५१ हजार नगदसहित सम्मान गरेको हो । सम्मानित व्यक्तित्व परियारको परिचय साहित्यकार केशव आचार्य र थापाको परिचय साहित्यकार गणेश सिटौलाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा..
राप्रपा आन्दोलनमा घाइते भएका डाँगीको उपचारको क्रममा मृत्यु
३ बैशाख । राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ । गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले काठमाडौंमा चैत २७ गते प्रदर्शन गरेको थियो । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार डाँगीलाई आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा..
वैवाहिक बलात्कार आरोपका दोषी पूर्वन्यायाधीश गिरीले गरे आत्मसमर्पण
३ वैशाख, काठमाडौं । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन् । उनलाई थुनामा पठाइएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । सर्वाेच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा..
टस जितेर नेपाल फिल्डिङ गर्दै
३ वैशाख । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेका हुन् । खेल निर्धारित समयभन्दा १ घण्टा ढिलो सुरु भएको छ । वर्षाको कारण खेल ढिलो सुरु हुँदा १८,१८ ओभरको हुनेछ । नेपालले कतारसँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । विवेक यादवको स्थानमा करण केसी टोलीमा फर्किएका छन्..
अमेरिका हिँडे अर्थमन्त्री वर्षमान पुन
३ वैशाख । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि उडेका हुन् । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका..
लेभरकुसेन बन्यो बुन्डेसिगाको नयाँ च्याम्पियन
३ बैशाख । अपराजित रहँदै बायर लेभरकुसेनले जर्मन बुन्डेसिगाको उपाधि जितेको छ। विगतमा ५ पटक दोस्रो स्थानमा चित्त बुझाएको लेभरकुसेनले आइतबार राति घरेलु मैदान बेएरेनामा सम्पन्न खेलमा वेर्डर ब्रेमेनलाई ५–० ले पराजित गर्दै उपाधि जितेको हो। लेभरकुसेनको जितमा फ्लोरियन विट्र्जले खेलको ६८, ८३ र ९०औँ मिनेटमा गोल गरे। भिक्टर बोनिफेसले २५औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए भने ग्राइन्ट साखाले ६०औँ मिनेटमा गोल गरे। लेभरकुसेनले २९ मध्येको २५ खेलमा जित..
माओवादी केन्द्रमा फर्किए विश्वद्वीप पाण्डे
३ वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे । पाण्डे डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए । सोमबार बिहान उनी माओवादी केन्द्रमा फर्किएका हुन् । उनले सोमबार बिहान नेसपाको साधारण सदस्य समेत..
अर्काको नागरिकता प्रयोग गरेर १६ वटा बैंकमा खाता खोल्ने महिला पक्राउ
२ बैशाख, झापा । अन्य व्यक्तिको नागरिकता र आफ्नो फोटो प्रयोग गरेर १६ वटा बैंकमा खाता खोल्ने एक महिला झापाबाट पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरीको समन्वयमा झापाको शनिश्चरेकी ३८ वर्षीया रश्मि विश्वकर्मा भन्ने सञ्जु पौडेललाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पौडेल फेसबुकमा साथी बनेर विदेशबाट पार्सल पठाएको भनी ठगी गर्ने गिरोहमा संलग्न छिन् । प्रहरीले झापाको बुद्ध शान्तिका ३५ वर्षे निश्चल पोर्तेल र इलामको..
इजरायलमा रहेका नेपालीलाई सरकारले गरायो सचेत
२ बैशाख । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा हमला गरेपछि विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई सचेत गराएका छन् । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घर वा आश्रयस्थलबाट बाहिर ननिस्कन भनेको छ ।‘‘हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्। आगामी सोमबार राती ११ बजे सम्म लागू हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा सम्मेलन नगर्ने भनी निर्देशन जारी..
ट्राफिक जरिवानाको रकम बढाइने
२ बैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ट्राफिक जरिवानाको रकम बढाउने बताएका छन् । काठमाडौँमा ट्राफिक सचेतना अभियानको सुरुवात गर्दै लामिछानेले ट्राफिक नियम उल्लङ्घन बापत अहिले लिने गरिएको जरिवाना रकम वृद्धि गर्ने घोषणा गरेका हुन् । ‘रोड टेस्ट’ बिना लाइसेन्स दिने अहिलेको प्रणाालीमा सुधार गर्नुपर्ने उल्लेख गर्दै लामिछानेले ट्राफिकलाई भत्ता दिने व्यवस्था गर्ने बताए । उनले भने– ‘चालकसँग एक–दुई सय लिएर सङ्गठनको बेइज्जत नगर्नुस् ।’ सार्वजनिक यातायात सुधार गर्न..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७