नेपाल शिक्षक महासंघ झापा अध्यक्षमा नेत्रप्रसाद खरेल निर्वाचित

६ वैशाख । नेपाल शिक्षक महासंघ झापा अध्यक्षमा नेत्रप्रसाद खरेल निर्वाचित भएका छन् । महासंघको दोस्रो जिल्ला अधिवेशनबाट नेपाल शिक्षक संघका पूर्व अध्यक्षसमेत रहेका खरेल अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले तोकेको प्रतिनिधि तथा जिल्ला निर्वाचन समितिका संयोजक निर्मला कोइरालाको संयोजकत्वमा निर्वाचन समिति गठन भएको थियो । सोही निर्वाचन समितिले महेन्द्ररत्न माध्यमिक विद्यालयमा बुधवार नयाँ समिति घोषणा गरेको हो । महासंघले निर्धारण गरेको आचारसंहिता र कार्यविधि अनुसार..

नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशन असार दोस्रो हप्ता हुने

६ वैशाख । नेकपा (एकीकृत समाजवादी) को जेठ ३ गतेदेखि काठमाण्डौंमा गर्ने भनिएको पार्टीको १०औं महाधिवेशनको मिति सरेको छ । बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी प्रवक्ता खातिवडाले आन्तरिक तयारी र व्यवस्थापनका विषयमा कतिपय काम बाँकी रहेकाले १०औं महाधिवेशन मिति सारिएको स्पष्ट पारे । यसअघि एकीकृत समाजवादीले महाधिवेशन जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाण्डौंमा..

मधेशमा माओवादीबाट २ र एकीकृत समाजवादीबाट एकजना मन्त्री बन्दै

६ वैशाख । मधेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक गरी ३ मन्त्री नियुक्त गर्न लागेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले बताए । आजै सपथ ग्रहणको तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको हो । ११ मन्त्रालय रहेको मधेश सरकारमा मुख्यमन्त्रीसहित जसपाको..

कोशीमा संकल्प प्रस्तावको पक्षमा मतदान गर्ने एमालेको निर्णय

६ वैशाख । प्रदेश सभामा संकल्प प्रस्तावको पक्षमा मतदान गर्न नेकपा एमाले कोशी प्रदेश संसदीय दलले निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले सबै सांसदलाई अनिवार्य उपस्थित भएर पक्षमा मतदान गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । नेकपा एमाले र माओवादी केन्द्रले आजको कोशी प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गर्ने भएका छन् । आज दर्ता भएको प्रस्तावमाथि भोलि, शुक्रबारदेखि छलफल सुरू हुनेछ । २७..

मेचीनगरमा मृत भेटिएको हात्तीलाई गोली हानेर मारेको पुष्टि

६ बैशाख । झापाको मेचीनगरमा मृत अवस्थामा भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ । हात्तीलाई गोली हानेर मारेको जिल्लाकै यो पहिलो घटना हो । मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार दिउँसो साढे ४ बजेको समयमा एउटा हात्ती मृत अवस्थामा फेला परेको थियो । अन्दाजी ४० वर्ष उमेरको वयस्क हात्तीको बुधबार दिउँसो पोस्टमार्टम गर्दा तीन राउन्ड गोली हानेर मारेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए..

एन्फा उपाध्यक्ष दावा लामा छुटे

६ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइए पनि सर्वाेच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामा छुटेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वाेच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको..

रुस–युक्रेन युद्धमा घाइते नेपालीका परिवारले गरे सिंहदरबार अगाडि प्रदर्शन

६ बैशाख । रुस–युक्रेन युद्धका क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारले सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन् । युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने माग राख्दै उनीहरूले बिहीबार सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए । उनीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले केहीलाई पक्राउ गरेको छ । रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउनुपर्ने, बन्दी बनाइएको रिहाइको पहल..

आजदेखि भिटामिन ए खुवाइँदै

६ वैशाख । आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ ।

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

६ वैशाख, जनकपुरधाम । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो । शव महोत्तरीको मनरासिसा नगरपालिका–२ कि २३..

आर्सनललाई पराजित गर्दै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा

६ बैशाख । आर्सनललाई पराजित गर्दै बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। एलियान्ज एरिनामा बुधबार राति सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेगमा पाहुना टोली आर्सनलाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न अन्तिम चारमा प्रवेश गरेको हो। बायर्नको जितमा जोशुआ किमिचले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ६३औँ मिनेटमा राफेल गुरेरियाको पासमा गोल गरेका थिए। समग्रमा आसर्नलमाथि बायर्नले ३–२ गोल अन्तरको जित हासिल गर्‍यो। पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको..