नेपाल आइपुग्यो वेष्टइण्डिज क्रिकेट टिम

१२ वैशाख । वेष्टइण्डिज ए र एसोसिएट टोली नेपालबीच पाँच टी–२० सिरिज शनिबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ । इण्डियन प्रिमियर लिग (आईपीएल) नखेलेका लगभग सबै प्रमुख खेलाडीलाई वेष्टइण्डिज ए ले आफ्नो टोलीमा समेटेको छ । नेपाल आएका शीर्षक्रमका ब्याटर जोनसज चाल्र्स, तीव्र गतिका बलर ओबेद म्याककोय, किमो पल, ओसान थोमस, स्पिन अलराउण्डर रोस्टन चेस, गुडाकेश मोती, हेडन वाल्स र फबियन एलेनले निरन्तर वेष्टइण्डिजबाट खेल्दै आएका छन् । त्यस्तै..

कर्णाली प्रदेशमा माओवादीका रणसिंह विनाविभागीय मन्त्रीमा नियुक्त

१२ वैशाख । कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले गठबन्धन घटक माओवादीका सांसद परियारलाई बुधबार दिउँसो विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री परियारले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोहीअनुसार मुख्यमन्त्री..

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै अर्जुनधाराको जलेश्वरधाम

१२ बैशाख । पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । सरकारले उत्कृष्ट सयवटा पर्यटकीय गन्तव्यको सूचीमा अर्जुनधारा जलेश्वरधामलाई समावेश गरेपछि यसको धार्मिक तथा पर्यटकीय महत्व झनै चुलिएको छ । जलेश्वरधामका मूल गुरु अग्निप्रसाद सिग्देलका अनुसार यस धाममा दैनिक दुईदेखि तीन हजार भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको जलेश्वरधामको आधुनिक संरचना विसं २०२३ बाट बनाउन सुरु..

स्वदेश फर्किए कतारी राजा

१२ वैशाख । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेलको औपचारिक निमन्त्रणामा थानी राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आएका थिए..

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

१२ वैशाख, काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र..

कतारी राजा भन्छन्- कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च छ

१२ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए । साथै उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।..

कतारका राजा अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

१२ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । भेटवार्ता होटल सोल्टीमा भएको हो । यो भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ । होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ..

शिवसताक्षी दुर्घटनाः मृत्यु भएकाहरुको खुल्यो पहिचान

१२ बैशाख, शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थित झिलझिलेमा बुधबार बिहान सवारी दुर्घटना हुँदा मृत्यु भएकाहरुको पहिचान खुलेको छ । मृत्यु हुनेमा झापा कमल गाउँपालिका ४ बस्ने २० बर्षिय युनिस भण्डारी, सोही स्थानका १७ वर्षीय सरोज रेग्मी र मोटरसाइकल चालक २५ वर्षीय मौसम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार बिहान ५ः३० बजे दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नं. को १५०..

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दमकबाट २ जना पक्राउ

१२ बैशाख, दमक । झापाको दमकबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ६ बजेको समयमा दमक नगरपालिका वडा नं.–९ क्याम्पस मोडमा डेरा गरी बस्ने मोरङ उर्लाबारी–९ का २४ बर्षका सुजन दाहाल र दमक नगरपालिका वडा नम्वर ९ का २६ बर्षका भिष्म कडेललाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा बेच्नलाई प्याकेट बनाउदै गरेको अवस्थामा..

शिवसताक्षीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु

१२ बैशाख, शिवसताक्षी । बुधवार बिहान झापाको शिवसताक्षीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । बिहान ५ः३० बजेको समयमा शिवसताक्षी ८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे३प ५००१ नं को १५० सीसीको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको प्र १–०१–००१ च ९३२९ नं को बोलेरो एक आपसमा ठक्कर भई दुर्घटना भएको हो । मोटरसाइकलमा सवार तीन जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको र एकजनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै..