वेस्ट इन्डिज ए सँग खेल्ने नेपाली टोली घोषणा

१३ बैशाख । घरेलु टोली नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी–२० खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपमा नभएका आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा छन् । आरिफ मध्यक्रमका ब्याटर र आकाश तीव्र गतिका बलर हुन् । युवा तीव्र गतिका बलर कमलसिंह ऐरी भने टोलीमा पर्न सकेनन् । नेपालले अन्य टोलीमा भने कुनै परिवर्तन गरेको छैन । नेपाल र..

म्यानचेस्टर युनेइटेडसँग शेफिल्ड युनाइटेड पराजित

१३ बैशाख । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा रेलिगेशन जोनमा रहेको शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ। ओल्ड ट्राफोर्डमा बुधबार राति सम्पन्न खेलमा युनाइटेडले शेफिल्डलाई ४-२ गोल अन्तरले पराजित गरेको हो। युनाइटेडको जितमा ब्रुनोले दुई गोल र एक असिस्ट गरे। ३५औँ मिनेटमा जयडेन बोगलेले गोल गर्दै शेफिल्डलाई शुरूआती अग्रता दिलाएका थिए। तर, ४२औँ मिनेटमा ह्यारी मग्वायरले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले अलेजान्ड्रो गार्नाचोको पासमा गोल गरे। ५०औँ मिनेटमा बेन ओसबोर्नको पासमा..

कोपा इटालियाको उपाधिका लागि एटलान्टा र युभेन्ट्स भिड्ने

१३ बैशाख । कोपा इटालियाको उपाधिका लागि एटलान्टा र युभेन्ट्स भिड्ने भएका छन्। गेविस स्टेडियममा बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई ४-१ गोल अन्तरले पराजित गर्दै एटलान्टा उपाधिनजिक पुगेको हो। पहिलो लेगमा फियोरेन्टिना १-० ले विजयी भएको थियो। उपाधिनजिक पुगेको एटलान्टाले समग्रमा ४-२ गोल अन्तरको जित हासिल गर्‍यो। लाजियोलाई ३-२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स फाइनल पुगिसकेको छ। अब यी दुई टोलीले उपाधिका लागि मे १६ मा खेल्ने छन्। खेलको..

उपनिर्वाचनको मौन अवधि सुरु

१३ बैशाख । वैशाख १५ गते हुने उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार मध्यरातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले..

लिभरपुल एभर्टनसँग पराजित

१३ बैशाख । उपाधि दौडमा रहेको लिभरपुल इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग पराजित भएको छ। गुडिसन पार्कमा बुधबार राति सम्पन्न खेलमा लिभरपुल घरेलु टोली एभर्टनसँग २–० गोल अन्तरले पराजित भएको हो। खेलको २७औँ मिनेटमा जाराड ब्रान्थवेटले गोल गर्दै एभर्टनलाई शुरूआती अग्रता दिलाएका थिए। ५८औँ मिनेटमा डोभिनिक क्याल्भर्ट लेविनले गोल गर्दै खेल २–० मा पुर्‍याए। त्यसपछि लिभरपुल खेलमा फर्किन सकेन र आर्सनललाई उछिन्दै शीर्ष स्थानमा पुग्ने अवसर पनि गुमायो। जितसँगै १६औँ स्थानमा..

ओली भन्छन्- सुहाङ्ग विजयी हुने निश्चित छ

१२ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ मा एमालेले अगाडि सारेको, माओवादी केन्द्र नेकपा र परिवार दलको साझा उम्मेदवार सुहाङ्ग विजयी हुने निश्चित भएको बताए । उनले इलामेली जनताको आत्मविश्वासले सुहाङ्गले जित्ने पक्का भएको बताए। ४८ र ५१ सालमा एमालेले चुनाव लडेजस्तो समय नभएको उल्लेख गर्दै उनले भने, ‘कम्युनिस्टले चुनाव जित्यो भने ६० वर्ष माथिकालाई गोली हानेर मार्छन् भनेर प्रचार गर्थे तर एमालेले जितेपछि..

बुबाले देखाएको बाटाेबाट विचल्लित नहुने सुहाङको प्रतिवद्धता

१२ बैशाख । इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले गल्ति कमजोरीहरुलाई केलाउँदै इलामको विकासका लागि अगाडि बढ्नु पर्ने बताएका छन् । उनले वाम गठबन्धन सरकारले गर्न थालेका कामले पूर्णता दिलाउन सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नु पर्ने बताए । इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले सुवासले देखाउनु भएको बाटोबाट आफू कतै विचलित नहुने बताए । उनले भने, ‘उहाँले देखाउनुभएको उज्यालोको..

महोत्तरीको मठिहानीमा भीषण आगलागी

१२ वैशाख । महोत्तरीको मठिहानी नगरपालिका– ६ मा भीषण आगलागी भएको छ । मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ । त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए ।

मौन अवधिलाई मनी अवधि नबनाउन दलहरुलाई रवि लामिछानेको चेतावनी

१२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले मौन अवधिको समयमा आर्थिक चलखेल नगर्न अन्य दललाई चेतावनी दिएका छन्। वैशाख १५ मा हुने उपनिर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । गृहमन्त्री लामिछानेले इलाममा भएको चुनावी सभामा मौन अवधिलाई मनी अवधि नबनाउन दलहरुलाई चेतावनी दिए । ‘मौन अवधि भनेको मनि अवधि भएको कुरा तपाईहरुले सुन्नुभएको छ होला,’ गृहमन्त्री लामिछानेले भने,‘खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि..

भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार १७ वर्षपछि पक्राउ

१२ बैशाख । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । विसं २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० बर्षिय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो । प्रतिवादी तामाङविरुद्ध जिल्ला अदालत भोजपुरबाट २०८० भदौ महिनामा पक्राउ पुर्जी जारी भएको थियो । खोजी गर्ने क्रममा २०८१ वैशाख ११ गते पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले जानकारी..