पूर्वमन्त्री मोहम्मद अफताव आमललाई जन्मकैदको सजाय

१४ बैशाख । अहिले कारागारमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आमललाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत रौतहटले बिहिवार उनलाई जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए । पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए । सो मुद्दामा उनलाई प्रहरीले ०७६ असोजमा..

नक्कली परीक्षार्थी पक्राउ

१४ बैशाख । काठमाडौंको ठूलो भर्‍याङबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा जाजरकोटको छेडागाड नगरपालिका–५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो । नागार्जुन नगरपालिका–३ ठूलो भर्‍याङस्थित रेन्बो इन्टरनेसनल कलेजमा शाहीले टंकबहादुर घर्तीको परीक्षा दिएको पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । घर्तीको..

एमाले नेता भीम रावलद्वरा पार्टी परित्यागको संकेत

१३ बैशाख । नेकपा एमालेका नेता भीम रावलले पार्टी परित्यागको संकेत गरेका छन् । ललितपुरको गोदावरीमा भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई परिचय पत्र समेत उपलब्ध नगराउने काम भएको भन्दै रावलले अब आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए । ‘गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ । मैले के सोचेको छु भने राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ’, रावलले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा भने..

उपनिर्वाचनका दिन इलाम २ मा यातायात बन्द

१३ बैशाख । इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तिब्रता दिएको छ । बिहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो । विहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो । अत्यावश्यक सवारी साधनका लागि विशेष पासको व्यवस्था गरिएको छ । संचारकर्मीहरुका हकमा आफू कार्यरत संचारमाध्यमको सिफारिस, संचारमाध्यमको परिचय पत्र, सवारी साधनको..

दमकमा आजदेखि ‘तुम्मिरो क्याफे’ सञ्चालनमा

१३ बैशाख, झापा । झापाको दमकमा आजदेखि ‘तुम्मिरो क्याफे’ सञ्चालनमा आएको छ । दमक–५ बेलडाँगी रोडस्थित सेवारो कम्प्लेक्सको दोस्रो तलामा सञ्चालनमा आएको उक्त क्याफेको उद्घाटन चर्चित गायक एकदेब लिम्बूले गर्नुभएको छ । ‘तुम्मिरो’ को अर्थ लिम्बु भाषामा भेटौ, भेटघाट गरौँ भन्ने हुन्छ । ‘तुम्मिरो क्याफे’को उद्घाटनपछि गायक एकदेब लिम्बूले लिम्बू भाषा, संस्कृति र मुन्धुममा आधारित क्याफेको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । वहाँले क्याफेको नामअनुसारको सेवा र यहाँ उपलब्ध हुने..

खोटाङमा डढेलो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु

१३ बैशाख । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो । खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैले बालेको आगो अनियन्त्रित भएर स्थानीय हरमटार मैनाचउर सामुदायिक वनमा सल्केपछि निभाउन खोज्दा श्रेष्ठको जलेर मृत्यु भएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो । खोजी गर्ने क्रममा डढेलोले जलेको अवस्थामा शव भेटिएको उहाँले बताउनुभयो..

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

१३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (वैशाख १५) को प्रतिनिधिसभा र प्रदेशसभा उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ । नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।

भारतीय भन्सारले गर्यो नेपाली चियाको निर्यात खुला

१३ बैशाख, झापा । भारतीय भन्सारले ६ दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर सकुशल छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताउनुभयो । “रोकिएका सबै ट्रक छाडिए”, उहाँले भन्नुभयो, “अब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध..

भद्रपुर नगरपालिकाको पहलमा विदेशमा अलपत्र परेका सात जनाको सकुशल उद्धार

१३ बैशाख, झापा । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले भद्रपुर नगरपालिकाको पहलमा विदेशमा अलपत्र परेका सात जनाको सकुशल उद्धार गरी स्वदेश फर्काएको छ । स्वदेश फर्किएका उनीहरूलाई सामीले औषधी उपचार सहायता प्रदान गरेको हो । पहिलो घटना- वैदेशिक रोजगारीका लागि रोमानिया गएको भद्रपुर ८ स्थित फूलबारी टोल निवासी २६ वर्षीय विकाश तिम्सिना उद्धार गरिएको छ । २०८० कार्तिक ३० गते करिब राती १० बजेको समयमा विकाशलाई ६–७ जना नेपाली युवाहरूले बाटोमा..

कनकाई स्थित सुरुङ्गा पुलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

१३ बैशाख, झापा । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गा पुलमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । बुधवार राति ८ बजेको समयमा सुरुङ्गा पुलमा बिर्तामोडबाट झिलझिलेतर्फ जादै गरेको रा १ प ६३०० नम्बरको १२५ सीसीको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक झापा बिर्तामोड नगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको हो । गम्भीर घाइते भई बीएण्डसी अस्पताल..