समाचार
ओलीले भने- कोशी साझा नाम हो, भुलभुलैयामा नपर्नुस्
१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी साझा नाम भएको बताएका छन् । इलाम २ मा आयोजित विजय सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले कोशी सबैको साझा नाम भएकाले कोही पनि भुलभुलैयामा नपर्न आग्रह गरेका हुन् । ‘हामी कयौं जात, कयौं धर्म, वर्ण, मिलेर बसेका छौं । यसरी नै समाज र देश बनेको छ,’ ओलीले भने, ‘त्यसैले हामी सबैको पहिलो पहिचान नेपाल हो, नेपाली हो ।’ ओलीले कोशी..
सुहाङ नेम्बाङ भन्छन्- ०८४ मा भोट माग्नै नपर्ने गरी काम गर्नेछु
१८ वैशाख । इलाम २ बाट निर्वाचित एमाले उम्मेदवार सुहाङ नेम्बाङले २०८४ मा हुने आम निर्वाचनमा भोट माग्नै नपर्ने गरी काम गर्ने बताएका छन् । निर्वाचनको नतिजापछि नेकपा एमालेले इलाम २ मा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्बाङले इमान्दार भएर जनताको पक्षमा काम गर्ने बताएका हुन् । ‘म कसैलाई गाली गर्नेछैन । कसैलाई गलत भन्ने छैन । अरुलाई नराम्रो नदेखाइ आफूले राम्रो काम गर्नेछु,’ उनले भने, ‘०८४ को चुनावमा भोट..
भिसा नआउँदा बेलायत जानबाट रोकियो नेपाली फुटबल टोली
१८ बैशाख । मैत्रिपूर्ण खेलका लागि इङल्याण्ड जान लागेका नेपाली फुटबल टिमका सदस्यको समयमा भिसा नआउँदा नेपालमै रोकिएका छन् । नेपाली खेलाडीहरु मंगलबार बिहान साढे ९ बजे, दिउँसो १ बजे र साँझ ७ बजे फरक फर्क फ्लाइटमा बेलायत जाने तयारीमा थिए । तर भिसा नआएका कारण खेलाडी, प्रशिक्षक र अफिसियलहरु यही रोकिएका अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए । नेपाली खेलाडीसहित ३५ जनाको टोलीको भिसा भारतस्थित..
कर्णालीमा माओवादीबाट तीन जना मन्त्री नियुक्त
१८ बैशाख । कर्णालीमा नेकपा (माओवादी केन्द्र)बाट तीन जना मन्त्री नियुक्त भएका छन् । मन्त्री हुनेमा कालिकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही रहेका छन् । तीन जनाको नाम माओवादी संसदीय दलका नेता राजकुमार शर्माले आइतबार नै मुख्यमन्त्री कहाँ पठाइसकेका थिए । कुन व्यक्तिलाई को मन्त्रालय दिने भन्ने विषय भने बाहिर आएको छैन । नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो २ः३० बजे रहेको छ । यस्तै माओवादीबाट..
इलाम–२ को परिणामले झस्कियो रास्वपा, आगामी बैठकमा गहन समीक्षा गर्दै
१८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को निर्वाचन परिणामले पार्टीलाई सचेत बनाएको बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै रास्वपाले निर्वाचन परिणामले पार्टीका प्रयासहरूमा कमीकमजोरी रहेको र त्यसलाई सच्याउँदै अघि बढ्ने उल्लेख गरेको हो । ‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ । नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।..
इलामको विजय सभालाई ओलीले सम्बोधन गर्ने
१८ वैशाख। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि नेकपा एमालेले आज विजय सभा आयोजना गर्दै छ । विजय सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्माले सम्बोधन गर्ने छन् । विजय सभा दिउँसो १ बजे आयोजना हुने र पार्टी अध्यक्ष ओलीले सभालाई सम्बोधन गर्ने नेकपा एमाले इलामका सचिव उमेश गुरुङले बताए । गत वैशाख १५ गते भएको उपनिर्वाचनको मत गणना मंगलबार बिहानपख सकिएको थियो ।..
एक वर्षमै लेस्टर प्रिमियर लिगमा बढुवा
१८ बैशाख । लेस्टर सिटी एक वर्षको अन्तरालमै इङ्लिस प्रिमियर लिगमा बढुवा भएको छ। प्रिमियर लिगको पूर्वच्याम्पियन लेस्टर जेमी भार्डीको दुई गोलको मद्दतमा प्रेस्टनलाई हराउँदै शीर्ष डिभिजनमा बढुवा भएको हो। योसँगै लेस्टरले एक खेल बाँकी छँदै च्याम्पियनसिपको उपाधि जितेको छ। दिपडेल स्टेडियममा सोमबार राति सम्पन्न खेलको ३६औँ मिनेटमा भार्डीले गोल गर्दै लेस्टरलाई शुरूआती अग्रता दिलाएका थिए। ५२औँ मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गरे। ६७औँ मिनेटमा क्यासी म्याकटरले गोल गर्दै..
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
१८ वैशाख । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो..
इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा
१७ बैशाख । इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ अझैपनि बाहिर नै रहेका छन् । नेपाली टोलीले मे ३ मा ब्रिटिश आर्मी टोली र..
माधव नेपाल भन्छन्- म प्रधानमन्त्री बनिहाल्छु कि भनेर कतिपयलाई पोल्न थाल्या छ
१७ बैशाख । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको टिप्पणी गरेका छन्। पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जसले जे भने पनि आफूहरुले समाज बदल्न भूमिका खेल्दै आएको जिकिर गरे । ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७