शिबसताक्षीमा बचत तथा ऋण सहकारी संस्थाका समस्या र चुनौतीमाथि छलफल

शिबसताक्षीमा बचत तथा ऋण सहकारी संस्थाका समस्या र चुनौतीमाथि छलफल

१८ बैशाख, झिलझिले । बित्तिय संस्थाहरुमा देखिएका समस्या र चुनौती विषयक मंगलबार झापाको झिलझिलेमा सहकारीकर्मीहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संस्था झापाले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा शिबसताक्षीसहित कनकाई, अर्जुनधारा, बाह्रदशी र झापा गाउँपालिकाका सहकारीकर्मीहरुले सहभागिता जनाएका थिए ।

शिबसताक्षी–८ झिलझिलेस्थित चौतारी बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा सहकारीकर्मीहरुले संस्था सञ्चालनमा देखिएका समस्याहरु र चुनौतीहरुका बारेमा आ–आफ्ना अनुभवहरु राखेका थिए । त्यस्तैं, उनिहरुले सहकारी संस्थाहरुप्रति सर्वसाधारणमा उत्पन्न भ्रम, नकारात्मक चर्चा लगायत बढ्दो आर्थिक तरलताका कारण भएका समस्यालाई संस्थागत रुपमा सामाधान गर्न राय र सुझावहरु राखेका थिए ।

जिल्ला बचत तथा ऋण सहकारी संस्था झापाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र प्रसाद ओलीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बचत तथा ऋण जिल्ला सहकारी संघ झापाका सञ्चालक समितिका उपाध्यक्ष समेत रहनुभएका मेचीनगर (धुलबारी) मा रहेको पूर्वीद्धार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वि.पि भट्टराईले सहजिकरण गरेका थिए । भट्टराई सहकारी समन्वय समिति मेचीनगर नगरपालिकाका संयोजक समेत हुन् ।

त्यस्तैं, कार्यक्रममा बतत तथा ऋण झापा सहकारी संंस्थाका सञ्चालक सदस्य तथा शिबसताक्षी–१ धरमपुरस्थित धरमपुर बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बिनोद ढकालले समेत सहजिकरण गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर