बझाङमा एमालेका दमन भण्डारी निर्वाचित

१७ बैशाख । बझाङ प्रदेश सभा (१)मा सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेका दमन भण्डारी निर्वाचित भएका छन् । उनी एमालेका जिल्ला अध्यक्ष हुन् । ११ हजार ६ सय १२ मत पाएका भण्डारी दुई सय ६६ मतअन्तरले निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी अभिषेक सिंहले ११ हजार ३ सय ४६ मत पाएका छन् । अभिषेक गत बर्ष दुर्घटनामा मृत्यु भएका पृथ्वीबहादुर सिंहका छोरा हुन् । यस्तै नेकपा (माओवादी केन्द्र) का जनकबहादुर..

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार

१७ बैशाख । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो ध्यान कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनेतर्फ रहेको भन्दै पुराना कुरालाई भुलेर एमालेसँग नयाँ रुपमा हातेमालो गर्न आब्हान गरेका छन् । केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेपालले कम्युनिष्टले ठूलो सरकार र पार्टी समेत राम्ररी चलाउन नसकेको बताए । उनले त्यसको समीक्षा गर्न अहिलेसम्म जाँगर आफूहरुमा नभएको उल्लेख गर्दै भने,‘गल्तीमहशुस गर्न पर्छ कि, आत्मआलोचना गर्न..

लगानी सम्मेलन सफल भयो- अर्थमन्त्री पुन

१७ बैशाख । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रूपमा सफल भएको बताएका छन् । सोमबार बिहान सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको साइडलाइन बैठकमा मन्त्री पुनले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरू उत्साहित भएको बताए । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरूको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको..

कृषि वस्तु आफै उत्पादन गरी नगरबासीको माग धान्ने कनकाई नगरको लक्ष्य

१७ बैशाख, झापा । झापाको कनकाई नगरपालिकाले कृषि उत्पादन, बजारीकरण र पराम्परागत कृषि वस्तुको उत्पादनलाई विशेष प्राथमिकता दिइरहेको छ । बाहिरबाट आयात हुने कृषि वस्तु आफै उत्पादन गरेर नगरबासीको माग धान्ने योजना कनकाईको छ । बाहिरबाट आयात हुने कृषि वस्तु प्रतिस्थापन गर्दै जाने र अर्गानिक उत्पादनलाई जोड दिने कनकाई नगरपालिकाको लक्ष्य रहेको कृषि शाखा प्रमुख यदु उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार ३÷४ वर्ष यता कनकाईको कृषि क्षेत्रले विषादि रहित..

इलाम–२ उपनिर्वाचन- सुहाङलाई तीन हजार बढीको अग्रता

१७ बैशाख । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले मतान्तर ३ हजारभन्दा बढी पुर्‍याएका छन् । सुहाङ आफूलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ३ हजार ७ सय ३४ मतले अगाडि छन्। सुहाङले ११ हजार ९ मत पाएका छन् भने उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार २ सय ७५  मतसहित पछ्याइरहेका छन् । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५ हजार ८ सय ६९ मतसहित..

छत्तीसगढ सडक दुर्घटनामा १० जनाको मृत्यु, २२ घाइते

१७ बैशाख । भारतको छत्तीसगढ राज्यको बेमेतरामा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । यीमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । ‘बेमेतराको पाथर्रा गाउँका करिब ३० जना मानिस पारिवारिक समारोहबाट पिकअप गाडीमा चढेर फर्किरहेका थिए । कठिया गाउँ नजिकै अबेर रात सो पिकअप गाडी पहिलादेखि नै सडकमा रोकेर राखिएको एक ट्रकमा ठोक्कियो,’ जिल्ला अधिकारीले बीबीसीलाई भनेका छन् ।..

प्रिमियर लिग- आर्सनलले बनायो सिटीसँग ४ अंकको अग्रता

१७ बैशाख । शीर्ष स्थानमा रहेको आर्सनलले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग ४ अंकको अग्रता लिएको छ। टोटनह्याम हटस्पर स्टेडियममा आइतबार राति सम्पन्न खेलमा घरेलु टोलीलाई ३–२ गोल अन्तरले पराजित गर्दै आर्सनलले महत्त्वपूर्ण ३ अंक जोडेको हो। योसँगै ३५ खेल खेलेको आर्सनलको ८० अंक पुगेको। जुन २ खेल कम खेलेको सिटीको भन्दा ४ अंक बढी हो। शीर्ष दुईमा रहेको सिटीको ३३ खेलबाट ७६ अंक रहेको छ। पराजित टोटनह्याम ३३ खेलबाट..

प्रिमियर लिगमा सिटीको जित

१७ बैशाख । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टलाई पराजित गरेको छ। सिटी ग्राउन्ड, नटिङ्घममा आइतबार राति सम्पन्न खेलमा सिटीले घरेलु टोलीलाई २–० गोल अन्तरले पराजित गरेको हो। जितसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको अंक दूरी १ मा झारेको छ। ३४ खेल खेलेको सिटीको ७९ अंक रहेको छ। एक खेल बढी खेलेको आर्सनलको ८० अंक रहेको छ। समान खेल खेलेको नटिङ्घम २६ अंकसहित १७औँ स्थानमा छ।..

पीएसजीलाई १२औँ पटक लिग वानको उपाधि

१७ बैशाख । घरेलु टोली लियोनसँग मोनाको पराजित भएसँगै शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको उपाधि जितेको छ। ग्रुपमा स्टेडियममा आइतबार राति सम्पन्न खेलमा दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग ३–२ गोल अन्तरले पराजित भएको हो। मोनाको पराजित भएसँगै पीएसजीले ३ खेलअगावै उपाधि जितेको हो। यो पीएसजीको १२औँ लिग वान उपाधि हो। ३१ खेल खेलेको पीएसजीको ७० अंक रहेको छ। जुन समान खेल खेलेको मोनाकोको भन्दा १२..

सगरमाथाको चौथो क्याम्पसम्म बन्यो बाटो

१६ वैशाख । सगरमाथाको चौथो क्याम्पसम्म बाटो बनाउने काम सम्पन्न भएको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा, ल्होत्सेलगायत हिमालको आरोहण सहज बनाउन डोरी टाँग्ने कामको जिम्मेवारी पर्वतारोहण संघ नेपालको व्यवस्थापनमा सेभेन समिटले पाएको थियो । क्याम्प २ देखि चुचुरोसम्म बाटो बनाउन खटिएको टोली अपरान्ह २ बजेर २० मिनेटमा चौथो क्याम्प (साउथ कोल) पुगेको विभागले जनाएको छ । अब साउथ कोल (७,९५० मिटर) सम्म बाटो खुला भएको छ ।..