प्रिमियर लिग- आर्सनलले बनायो सिटीसँग ४ अंकको अग्रता

१७ बैशाख । शीर्ष स्थानमा रहेको आर्सनलले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग ४ अंकको अग्रता लिएको छ। टोटनह्याम हटस्पर स्टेडियममा आइतबार राति सम्पन्न खेलमा घरेलु टोलीलाई ३–२ गोल अन्तरले पराजित गर्दै आर्सनलले महत्त्वपूर्ण ३ अंक जोडेको हो। योसँगै ३५ खेल खेलेको आर्सनलको ८० अंक पुगेको। जुन २ खेल कम खेलेको सिटीको भन्दा ४ अंक बढी हो। शीर्ष दुईमा रहेको सिटीको ३३ खेलबाट ७६ अंक रहेको छ। पराजित टोटनह्याम ३३ खेलबाट..

प्रिमियर लिगमा सिटीको जित

१७ बैशाख । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टलाई पराजित गरेको छ। सिटी ग्राउन्ड, नटिङ्घममा आइतबार राति सम्पन्न खेलमा सिटीले घरेलु टोलीलाई २–० गोल अन्तरले पराजित गरेको हो। जितसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको अंक दूरी १ मा झारेको छ। ३४ खेल खेलेको सिटीको ७९ अंक रहेको छ। एक खेल बढी खेलेको आर्सनलको ८० अंक रहेको छ। समान खेल खेलेको नटिङ्घम २६ अंकसहित १७औँ स्थानमा छ।..

पीएसजीलाई १२औँ पटक लिग वानको उपाधि

१७ बैशाख । घरेलु टोली लियोनसँग मोनाको पराजित भएसँगै शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको उपाधि जितेको छ। ग्रुपमा स्टेडियममा आइतबार राति सम्पन्न खेलमा दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग ३–२ गोल अन्तरले पराजित भएको हो। मोनाको पराजित भएसँगै पीएसजीले ३ खेलअगावै उपाधि जितेको हो। यो पीएसजीको १२औँ लिग वान उपाधि हो। ३१ खेल खेलेको पीएसजीको ७० अंक रहेको छ। जुन समान खेल खेलेको मोनाकोको भन्दा १२..

सगरमाथाको चौथो क्याम्पसम्म बन्यो बाटो

१६ वैशाख । सगरमाथाको चौथो क्याम्पसम्म बाटो बनाउने काम सम्पन्न भएको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा, ल्होत्सेलगायत हिमालको आरोहण सहज बनाउन डोरी टाँग्ने कामको जिम्मेवारी पर्वतारोहण संघ नेपालको व्यवस्थापनमा सेभेन समिटले पाएको थियो । क्याम्प २ देखि चुचुरोसम्म बाटो बनाउन खटिएको टोली अपरान्ह २ बजेर २० मिनेटमा चौथो क्याम्प (साउथ कोल) पुगेको विभागले जनाएको छ । अब साउथ कोल (७,९५० मिटर) सम्म बाटो खुला भएको छ ।..

तेस्रो लगानी सम्मेलनः उद्घाटनमै भए दुई सम्झौता

१६ बैशाख । तेस्रो लगानी सम्मेलनका दौरान दुई सम्झौता भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रिज मलेसियाबीच लगानी सम्मेलनको उद्घाटनका अवसरमा द्विपक्षीय सम्झौता भएको हो । सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाका तर्फबाट अध्यक्ष टान सी थायन लाइले हस्ताक्षर गरेका हुन् । यसै गरी आइतबार नै डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्नेबारे नेपालको बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेजबीच..

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

१६ बैशाख । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ । जीतका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले नटआउट रहँदै ७१ रन बनाए । उनले ४८ बलमा ६ चौका र २ छक्का हिर्काए । त्यस्तै गुल्सन झाले २६ रन तथा लोकेश..

देउवा भन्छन्- विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छ

१६ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन्। आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उनीले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका शिखर सम्मेलनमा भएका छलफल र शिखर सम्मेलनका क्रममा आदानप्रदान हुने विभिन्न..

वेस्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई १ सय ६१ रनको लक्ष्य

१६ बैशाख । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जीतका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको हो । वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । गुडकेश मोटीले ३३ रन प्रहार गरे । त्यस्तै, कप्तान रोस्टन चेसले २३ रन तथा..

सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै

१६ बैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै छ । उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो । सन्दीप पक्षका वकिलहरूले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।

अमेरिकन लिगमा इन्टर मियामीको सहज जित

१६ बैशाख । इन्टर मियामीले अमेरिकन लिग सकरमा सहज जित हासिल गरेको छ। जिलेट स्टेडियममा आइतबार सम्पन्न खेलमा मियामीले घरेलु टोली न्यू इङ्ल्यान्ड रिभोलुसनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। खेलको पहिलो मिनेटमै थोमस चान्कालेले गोल गर्दे घरेलु टोलीलाई शुरूआती अग्रता दिलाएका थिए। उनले कार्लाेस गिलको पासमा गोल गरे। ३२औँ मिनेटमा मेसीले मियामीलाई खेलमा फर्काए। उनले रोबर्ट टेलरको पासमा गोल गरे। ६८औँ मिनेटमा मेसीले गोल गर्दै मियामीलाई २–१ को अग्रता..