कैलाश सिरोहिया अस्पताल भर्ना

१२ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई गए राति १० बजे अस्पताल भर्ना गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिजो साँझ स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो । प्रादेशिक अस्पतालमा भएको चेकजाँचको क्रममा मुटुमा समस्या देखिएपछि गए राति नै उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो । जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा..

हरिकेन्समाथि नेपालको रोमाञ्चक जित

१२ जेठ । नेपालले पहिलो टी–२० अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ । १४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन बनायो । अन्तिम ६ बलमा हरिकेन्सलाई जितको लागि १० रन चाहिएको थियो । तीव्र गतिका बलर करण केसीले अन्तिम ओभरमा ३ रन खर्चेर एक विकेट लिंदै नेपाललाई जित दिलाए । त्यसअघि १९ औं ओभरमा अभिनाश बोहराले १४ रन..

सीता एयरले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते

१० जेठ । मुगुस्थित रारा विमानस्थलमा सिता एयरको विमानले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते भएका छन्। बिहिवार नेपालगन्जका लागि यात्रुहरू राखेर उड्ने तयारिमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम सक्त घाइते भएका हुन्। विमानका चालकहरुलाई विमान उडान संकेत गरिरहेका बेला चालकहरूले बोलाएपछि विमान तर्फ जाँदै गर्दा विमान गुड्न शुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिँदा घाइते भएको प्रहरीले जानकारी दिएको..

विश्वप्रकाश भन्छन्- दोषी जेल जाने हो, अरूले राजनीति छोड्नु पर्दैन

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दलका सबै नेतामाथि छानबिन गर्न तयार रहेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा शर्माले कांग्रेसका जो कोही नेतामाथि अनियमितताको आरोप लागे पनि छानबिन गर्न सकिने बताएका हुन् । ‘कांग्रेसका सांसद, सभापति, चलनचल्तीको भाषामा भन्दा दाजु/भाउजूमाथि, माइजू/मामामाथि कोकोसँग छानबिन गर्नुछ, गर्दा हुन्छ,’ उनले भने, ‘नामै लेख्नुस् । थर लेख्नुस् । ठेगाना लेख्नुस् । तर छानबिन गम्भीरतापूर्वक गर्नुस् ।’ छानबिनका क्रममा..

नेपालको १६८ भन्दा बढी देशसँग वैदेशिक व्यापार

१० जेठ । चालु आर्थिक वर्ष २०८०र८१ को १० महिनामा नेपालले १६८ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ । वैदेशिक व्यापार भएका देशमध्ये १३३ सँग नेपालको व्यापार घाटामा रहेको छ । मात्र ३५ देशसँग नेपालको व्यापार नाफामा रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । विभागको तथ्यांकले वैदेशिक व्यापार भएका देशमध्ये ७९ दशमलव १६ प्रतिशतसँग व्यापार घाटामा रहेको देखाएको छ । बाँकी २० दशमलव ८४ प्रतिशत देशसँगको व्यापार मात्र नाफामा..

गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

१० जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिट दर्ता भएको छ । बुधबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अधिवक्ता अनुपम भट्टराईको वारेसमा अतुल विष्टले दायर गरेको रिट दर्ता गर्न आदेश दिएको हो । रिटमा लामिछानेलाई निलम्बन गरेर सहकारी ठगीको मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ । यसअघि सर्वोच्च अदालत प्रशासनले उक्त रिट दरपीठ गरिदिएको थियो । रिटमा र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ । महान्यायाधीवक्ता पोखरेलले..

विद्यार्थी लिएर रारा गएको जिप मुगुमा दुर्घटना

१० जेठ । बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका–२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए । उनकाअनुसार जीपमा सवार ११ जना विद्यार्थी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी लगिएको छ । घाइतेहरु खतरामुक्त रहेको उनले बताए ।..

सन्दीपलाई विश्वकप खेल्न पठाउन खेलकुद मन्त्रलायले पहल गर्ने

१० जेठ । लेग स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेल्न पठाउन युवा ताथ खेलकुद मन्त्रलायले पहल गर्ने भएको छ।

ओलीले भने- सिरोहिया पक्राउ पर्दा सञ्चारको हक खोसिँदैन

१० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने बताएका छन् । उनी कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ परेका ओलीले बताए । ‘किन यो समाचार प्रकाशित गर्‍यो, किन यस्तो बोल्यो भन्ने विषय त होइन, विषय अर्कै छ, त्यस सम्बन्धमा फौजदारी कुरा होला होला । यस सम्बन्धमा सरकारले..

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत

१० जेठ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन्। लेखक नेपाली कांग्रेसको प्रमुख सचेतकसमेत हुन् । विधानतः ४६ सदस्यीय हुने कार्यसम्पादन समिति देउवाले २०७८ को माघमा ३७ सदस्यीय बनाएका थिए ।