समाचार
हावाहुरीका कारण विश्वकप उद्घाटन हुने स्टेडियममा क्षति
१६ जेठ । आईसीसी टी–२० विश्वकपको उद्घाटन खेल आयोजना गर्ने स्टेडियममा प्रतिकूल मौसमका कारण क्षति पुगेको छ। बिबिसीका अनुसार मंगलबार रातभरि भारी वर्षा भएको थियो। ८० माइल प्रतिघण्टाले हावाहुरी चलेको थियो। यसले स्टेडियम वरपरको संरचनामा क्षति पुगेको छ। मंगलबार डलास शहरमा तूफानको साइरन बजेको थियो। यस क्षेत्रमा शक्तिशाली मेघगर्जन, अचानक बाढी र आँधीबेहरी आउने चेतावनी दिइएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का एक प्रवक्ताका अनुसार दर्शक बस्ने प्यारापिटमा पनि असर परेको छ।..
नेकपा एमाले बिर्तामोडको अध्यक्षमा पुनःसुवास भट्टराई निर्वाचित
१६ जेठ । नेकपा एमाले बिर्तामोडको अध्यक्षमा पुनःसुवास भट्टराई निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार शेखर कडेललाई ६९ मतान्तरले जितेका छन् । भट्टराईले २६८ र कडेलले १९९ मत प्राप्त गरेका छन् । उस्तै, उपाध्यक्षमा मदन बुढाथोकी ३२३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार राहुल शर्माले १३४ मत प्राप्त गरे । सचिवमा अम्बिका लिङदेन २३८ मत सहित निर्वाचत भएका छन् भने अर्का उम्मेदवार लक्ष्मी बाँस्कोटाले २१०..
रौतहटमा अत्यधिक गर्मीको कारण जनजीवन प्रभावित भएसँगै विद्यालय बन्द
१६ जेठ, रौतहट । अत्यधिक गर्मीको कारण रौतहटको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन थालेका छन् । रौतहटमा तापमान ४४ डिग्री सेल्सियससम्म पुगेपछि शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले जिल्लाका १८ वटै स्थानीय सरकारलाई गर्मी बिदा दिन आग्रह गरेको थियो । उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि गौर नगरपालिका तथा कटहरीया नगरपालिकाले सबै सामुदायिक तथा..
गृहमन्त्री लामिछानेलाई निलम्बन गर्नुपर्ने मागसहितको रिटको पेसी आज हुँदै
१६ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको पेसी आज (बुधबार) का लागि तोकिएको छ । गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो । अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न..
१८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक
१६ जेठ । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१,८२ का लागि उक्त आकारको बजेट ल्याउनुभएको हो । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब..
डुबेको छोरा बचाए तर आफू अस्ताए
१६ जेठ । पौडी खेल्ने क्रममा नाबालक छोरा डुबेको देखेपछि उद्धार गर्न खोलामा पसेका झापाका एक शिक्षकको मंगलबार दिउँसो डुबेर मृत्यु भएको छ । नवज्योति माध्यमिक विद्यालय बाहुनडाँगीका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर नगरपालिका ३ बडाखालका ४० वर्षीय भण्डारी १२ वर्ष र ८ वर्षका दुईजना छोराहरू लिएर दोकान डाँडाचोक पश्चिम निन्दा खोला गएका थिए । पौडी खेलेर कान्छो छोरा..
सात दशक पूरा भयो सगरमाथामा तेञ्जिङ र हिलारीले पाइला टेकेको
१६ जेठ । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा आज ( मे २९) को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । मानव र सगरमाथा बिचको सामीप्य बुझाउन यस वर्ष सरकारले ‘विश्वको सर्वाेच्च शिखर सगरमाथा- नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरी सगरमाथा दिवस मनाउन लागेको हो । नेपाल सरकारले सन् २००८ देखि मे २९ तारिखमा अन्तर्राष्ट्रिय रूपमै दिवसका रूपमा मनाउन निर्णय..
कोशी सरकार गठनबारे केदार कार्कीले दायर गरेको रिटमा पेशी आज
१६ जेठ, विराटनगर । कोशी प्रदेश सरकार गठनका विरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वाेच्च अदालतमा दायर गरेको रिटको पेशी आज छ । २६ वैशाखमा केदार कार्कीलाई स्वत पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । केदार कार्की पनि सोही उपधारा अनुसार २७ असोजमा नियुक्त भएका थिए । कार्कीले रिटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता..
सञ्चालककको धितोमा सरकारले समस्याग्रस्त सहकारीको ५ लाखसम्मको बचत फिर्ता गर्ने
१५ जेठ, काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाको साना बचकर्तालाई सञ्चालककको सम्पत्ती धितोमा बचत फिर्ता गर्ने भएको छ । बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न समस्याग्रस्त सहकारीको सञ्चालक र घर परिवारको सदस्यको सम्पति धितोमा ५ लाखसममको बचकर्ताको बचत फिर्ता गर्ने घोषणा गरेको हो । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघिय संसदको संयुक्त सदनमा आगाम आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गर्दै सहकारी सम्बन्धी कानुन संशोधन गर्ने घोषणा गरे..
मेलम्चीलाई ५० करोड बजेट
१५ जेठ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्याइने घोषणा गरेका हुन् । मन्त्री पुनले सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने भन्दै बजेटमा मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा थप ६४५ किलोमिटर पाइप विच्छाएर विस्तार गरिने मन्त्री पुनले घोषणा गरे ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७