समाचार
संसद् अवरोध भोलिसम्म अन्त्य हुने प्रधानमन्त्रीको आश्वासन
१३ जेठ । प्रधानमन्त्री प्रचण्डले संसद्को अवरोध भोलिसम्म अन्त्य हुने बताएका छन् । संसद् सुचारु गर्ने विषयमा आफूले पहल गरेको र आजै प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको घरमा गएर छलफल गरेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय छानबिन समिति बनाउन तयार रहेको बताउँदै संसद् अवरुद्ध गर्न आवश्यक नभएको बताए । प्रधानमन्त्री प्रचण्डले भने– ‘अवरोधका बिच आगामी वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि जवाफ दिनुपर्दा मलाई नमिठो पनि लागेको छ..
सत्ता र प्रतिपक्षको टकराव दु:खद् छ- माधव नेपाल
१३ जेठ, काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदमा सत्तापक्ष र प्रतिपक्षबीच देखिएको टकराव दुःखद् भएको बताएका छन् । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदै उनले भने, ‘अस्वस्थ्य आरोप–प्रत्यारोप भैरहेको छ । कतै प्रत्यक्ष टकराव नै हुने त होइन भन्ने आशंका देखिएको छ । नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्ने दिशामा बहस केन्द्रित हुनु पर्ने बेलामा यसखाले टकरावको अवस्था देखा पर्नु निसन्देह दुःखद्..
सरकारविरुद्ध कांग्रेसको प्रदर्शन
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो । प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्याली निकालेका थिए । कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राखेको छ । त्यस्तै गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा..
सरकारको नीति तथा कार्यक्रम पारित
१३ जेठ, काठमाडौं । प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेकाले नीति तथा कार्यक्रममा छलफल हुन पाएको थिएन । आइतबारको बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेका..
मन्त्री चौधरीद्वरा कञ्चनपुरको बाल संगठन अनुगमन
१३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गरेकी छन् । जिल्ला भ्रमणका क्रममा मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिएकी हुन् । त्यस क्रममा नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा बाल संरक्षण गृह (बालग्राम) स्थापना गर्ने बताएको थियो । मन्त्री चौधरीलाई नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिका सभापति चुनामणि भट्टले ज्ञापन पत्र बुझाउँदै तत्काल धनगढीमा..
बंगालको खाडीमा चक्रवात
१३ जेठ । बंगालको खाडीमा न्यूनचापीय प्रणालीसँगै शक्तिशाली चक्रवात विकसित भएको छ । प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न यो पहिलो चक्रवात हो । ‘रेमल’ नाम दिइएको चक्रवातका कारण हुरी चल्नुका साथै अत्यधिक वर्षासमेत हुने छ । यसबाट भारत र बंगलादेशका केही जिल्ला प्रभावित हुनेछन् । मौसमविदहरुका अनुसार यो चक्रवात उत्तर–पूर्व–उत्तर हुँदै बहने छ । यसको असर नेपालमा सामान्य मात्र पर्ने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका..
युनाइटेडले जित्यो एफए कपको उपाधि
१३ जेठ । गत वर्षको बदला लिँदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा शनिबार सम्पन्न फाइनलमा म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो। प्रिमियर लिग च्याम्पियन सिटीले गत वर्ष फाइनलमा युनाइटेडलाई २–१ गोल अन्तरले नै पराजित गर्दै उपाधि जितेको थियो। अलेजान्ड्रो गार्नाचो र कोबी माइनूले गोल गर्दै एरिक टेन हागको टोलीलाई पहिलो हाफमै २–० गोल अन्तरको अग्रता दिलाएका थिए। खेलको ३०औँ मिनेटमा सिटीका..
टिमुर खेतीलाई व्यवसायीकरण गर्न सरोकारवालाको माग
१३ जेठ । टिमुरको व्यवसायिक खेती गरी आर्थिक लाभ लिन सकिने भन्दै सरोकारवालाले यसमा लगानी गर्न सरकारसँग माग गरेका छन् । दाङको लमहीमा भएको पहिलो टिमुर सम्मेलनमा सहभागीहरुले लुम्बिनी प्रदेशका ६ वटा पहाडी जिल्लामा टिमुर उत्पादन हुने गरेको भए पनि यसको व्यवसायीकरण हुन नसकेको औंल्याए । लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा भएको टिमुर सम्मेलनमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले टिमुरलाई व्यवसायीकरण गरेर..
पीएसजीले जित्यो फ्रेन्च कप
१३ जेठ । फ्रेन्च कप (कोपा डे फ्रान्स)को उपाधि पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले जितेको छ। लिलको स्टेड पियरे माउरोयमा शनिबार सम्पन्न फाइनल खेलमा लियोनलाई २–१ गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो। पीएसजीका लागि पहिलो हाफमा फ्रान्सका विंगर उस्माने डेम्बेले र स्पेनका मिडफिल्डर फाबियन रुइजले गोल गरे। दोस्रो हाफमा लियोनका डिफेन्डर जेक ओुब्रायनले सान्त्वना गोल गरे। खेलको २२औँ मिनेटमा नुनो मेन्डेसको क्रसमा डेम्बेलेले गोल गर्दै अग्रता दिलाएका थिए। ३४औँ मिनेटमा..
दोस्रो अभ्यास खेलमा पनि नेपालको जित
१३ जेठ । नेपालले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरीकेन्सलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा नेपाल २७ रनले विजयी भएको हो। योसँगै नेपालले शतप्रतिशत जित हासिल गरेको छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो। नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरीकेन्स १८.३ ओभरमा ९६ रनमा अलआउट भयो। ह्युस्टन हरीकेन्सका जिआ शाहजादले सर्वाधिक ३५ रन बनाए। २९ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७