गोलरक्षक नाभासले गरे सन्न्यासको घोषणा

१३ जेठ । कोस्टारिकाका अनुभवी गोलरक्षक केलोर नाभासले सन्न्यास लिने घोषणा गरेका छन्। राष्ट्रिय टोलीबाट १६ वर्षमा १०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका ३७ वर्षीय नाभासले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन्। ‘हामीले बनाएका सबै सम्झनाहरूका लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हामीले सँगै इतिहास रचेका छौँ। विश्वका उत्कृष्ट खेलाडीको सामना गर्दै कोस्टारिकाको नाम उच्चस्तरमा पुर्‍याएका छौँ,’ नाभासले भने। कोस्टारिकाको इतिहासकै उत्कृष्ट गोलरक्षक मानिएका नाभासले सन् २०१४..

प्रधानमन्त्री प्रचण्ड देउवा निवासमा

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ । कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहेका छन् । यसपछि प्रधानमन्त्रीले छलफलका लागि दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । त्यसअघि देउवाले आन्तरिक छलफल गरिरहेका छन् । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आगामी वर्षका..

सर्तका आधारमा युद्ध रोक्न सहमत पुटिन

१२ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएका छन् । तर, यसका लागि उनले केही शर्त राखेका छन् । समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबिचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ । यसको मतलब रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरू अब उसको हिस्सा नै रहन्छन् । पुटिन युद्ध रोक्न तयार छन् भन्ने रिपोर्टहरू धेरै महिनादेखि चलिरहेको छ, तर यो रिपोर्ट..

धुलिखेल–खावा सडक खण्ड आज र भोलि बन्द

१२ जेठ, धुलिखेल (काभ्रेपलाञ्चोक) । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि बन्द भएको छ । सडक स्तरोन्नति जारी रहेकाले शनिबार र आइतबार दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो । सडक डिभिजन कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गर्दै उक्त खण्ड भएर यात्रा गर्ने यात्रु र सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, सडक डिभिजन भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै..

नेकपा एमाले शिवसताक्षीको अध्यक्षमा दंगाल निर्वाचित

१२ जेठ, शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा मेदनी दंगाल निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा विष्णुप्रसाद प्रसाई, सचिवमा लक्ष्मी गुरागाँई, उपसचिवमा सागर राई निर्वाचन भएको निर्वाचन समितिका संयोजक बेनुप्रसाद कार्कीले जानकारी दिए । शुक्रबार शिवसताक्षीको दुधेमा भएको निर्वाचनबाट खुल्ला सदस्यमा गंगाराम नेपाल, गायत्री प्रसाद संग्रौला,तेजेन्द्र घिमिरे, दिलिप कुँवर, भोजराज ढकाल, मनकुमार श्रेष्ठ, मित्र प्रसाद थापा निर्वाचित भएका हुन् । त्यसैगरी आदिबासी जनजातिबाट निर्वाचित हुनेहरुमा जयश्वर आङ्देम्बे,..

पाँचथरको हेवाँखोलामा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु

१२ जेठ । पाँचथरको हेवाँखोलामा शुक्रवार साँझ गाडी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । त्रिशक्ती कन्ट्रक्सनका कर्मचारी बोक्ने बा १७ प ७९९९ नम्वरको फा‘च्र्युनर टोयोटा कम्पनी को गाडी शुक्रवार साँझ पौने ६ बजे दुर्घटना परेको हो । दुर्घटनामा परी गाडीका चालक नेपालगञ्ज घर भएका करिब ३५ वर्षीय श्याम विश्वकर्माको घटनास्थलमै मृत्यू भएको बताइएको छ । दुर्घटनामा इलाम घर भएका ३१ वर्षीय लक्ष्मण मुखिया घाइते भएका छन । उनलाई पाँचथर अस्पतालमा..

झापामा अत्यधिक गर्मीका कारण दुईजनाको मृत्यु

१२ जेठ । झापामा अत्यधिक गर्मीका कारण दुईजनाको मृत्यु भएको छ । मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै एक जना पैदल यात्रीको मृत्यु भएको छ । शक्रबार अपराह्न ५ः३० बजेतिर मेचीनगर–९ का ७४ वर्षका नरबहादुर श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित टिमाई पुल छेउमा लडिरहेको अवस्थामा भेटिएका थिए । मेचीनगर ९ का वडा सदस्य धनबहादुर श्रेष्ठका पिता नरबहादुरलाई स्थानीयले अचेत अवस्थामा देखेर उपचारका लागि मेची आम्दा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । छिमेकीका अनुसार..

प्रहरीमा जागिर लगाइदिने भन्दै ठगेको आरोपमा एकजना पक्राउ

१२ जेठ । प्रहरीमा जागिर लगाइदिने भन्‍दै ३ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–३ बस्‍ने ४५ वर्षीय पन्चु पासवान रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि ठगी कसूरमा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । पासवानले कटहरी–५ बस्‍ने सम्पतलाल झागडका..

राष्ट्रिय प्रसारण लाइन निर्माण ९६ प्रतिशत पूरा

१२ जेठ । रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन थाम्बुचेत–काठमाडौं राष्ट्रिय प्रसारण लाइन एवं टावर निर्माण ९६ प्रतिशत पूरा भएको छ । उत्तरी रसुवाको साङ्जेन र रसुवागढीलगायत आसपासका सबै आयोजनाबाट उत्पादित विद्युत व्यवस्थापन गर्न आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ थाम्वुचेतमा विद्युत हव र थाम्वुचेतदेखि हाकु, डाँडागाउँ, ठूलोगाउँ त्रिशुली हुँदै काठमाडौंसम्मको राष्ट्रिय प्रसारण लाइन निर्माण अघि बढाइएको हो । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रसुवागढी जलविद्युत आयोजनाको १११..

आईपीएलको फाइनलमा कोलकाता र हैदराबादको भिडन्त पक्का

१२ जेठ । दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा हैदराबाद ३६ रनले विजयी बनेको हो । जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । ध्रुव जुरेलले ३५ बलमा ५६ रन बनाउँदै नटआउट रहे पनि उनले टोलीलाई जित दिलाउन भने सकेनन्..