समाचार
प्रधानमन्त्रीलाई सम्पादकहरूको ५ बुँदे संयुक्त पत्र
९ जेठ, काठमाडौं । कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरिएकोमा प्रमुख सन्चारमाध्यमका सम्पादकहरुले आपत्ति जनाएका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुधबार एक पत्र लेख्दै राज्यले सृजना गरेको त्राससँग कुनै सम्झौता नगर्ने चेतावनीसमेत दिएका छन् । सिरोहियाले कानुनविपरीत काम गरेको भए तोकेबमोजिम सजाय भोग्नुपर्ने भन्दै सम्पादकहरुले त्यसका लागि आफू तयार रहेको भनी सिरोहिया स्वयंले समेत भनेको अवस्थामा गिरफ्तारीको बाटोमा राज्य किन लाग्यो भनी प्रश्नसमेत उठाएका छन् । ‘जुन परिस्थितिमा,..
इलाम ट्राफिक प्रहरीको सक्रियता बढ्यो
९ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले दुर्घटना न्युनिकरणका लागि सक्रियता बढाएको छ । ट्राफिक प्रहरीले यात्रुवाहक तथा मालवाहक गाडी सहित तिनपाङग्रे र मोटरसाइकलको गति मापन गर्नुका साथै कागजपत्र, सवारी लाइसेन्स चेकजांच तथा जनचेतनामूलक कार्यक्रमहरुलाई अघि बढाएको हो । पछिल्लो समय इलाममा सवारी दुर्घटना बढे पछी सर्वसाधरण मानिस अंगभंग भई कतिपयको ज्यान समेत गएकोले सवारी साधन चेकिङमा तीव्रता दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ। सडकमा दुर्घटना न्यूनीकरण..
नेपालमा हिउँ पग्लिंदा बङ्गलादेशको अस्तित्व खतरामा पर्ने भन्दै चौधरीले गरे चिन्ता
९ जेठ । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ पग्लिंदा बङ्गलादेशको अस्थित्व नै खतरामा पर्ने चिन्ता व्यक्त गरेका छन् । हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि सुरु भएको ‘अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेको र हिमालको हिउँ पग्लिंदा बङ्गालादेशमा बाढीलगायत समस्या सिर्जना हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले..
काभ्रेमा दम्पतीको हत्या
९ जेठ । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ । महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठले बताए । डीएसपी श्रेष्ठका अनुसार श्रीमानको शव पसल रहेको कोठामा छ भने श्रीमतीकोशव भान्सा कोठामा फेला परेको छ । टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको डीएसपी श्रेष्ठले बताए । ‘घटना विवरण अनुसार उनीहरुको..
कामीरिता ३०औँ पटक पुगे सगरमाथाको चुचुरोमा
९ जेठ । कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै नयाँ रेकर्ड कायम गरेका छन्। आज बिहान शेर्पाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा ३०औँ पटक आरोहण गरेका हुन्। फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उनले विदेशी आरोही लिएर आज विहान ७ः४९ बजे चुचुरोमा पाइला टेकेको सगरमाथाको चुचुरोमा पुगेको कम्पनीका प्रमुख तथा आधार शिविर म्यानेजर टासी लाक्पा शेर्पाले जानकारी दिए। योसँगै उनले यसै महिना २९औँ पटक सगरमाथाको आरोहणको कीर्तिमान तोडेका हुन्।..
कैलाश सिरोहियासँग कुनै रिसइबी छैन- प्रधानमन्त्री ‘प्रचण्ड’
९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइबी नरहेको बताएका छन् । आज (बुधबार) बिहान चन्द्रागिरिमा भएको कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै उनले उनीसँग कुनै रिसइबी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताए । उनले भने, ‘सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के हो रिसइबी रु अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नु हुन्छ ।’..
विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ
९ जेठ । वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आकर्षक तलबको लोभनमा पारी रकम ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका–१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–१ बस्ने ३६ वर्षीय विशाल हमाल, काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोइलाली गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने ४५..
बालबालिकालाई ओलीले भने- ‘म केही गर्छु र गर्नुपर्छ भन्ने आत्मविश्वास’ बनाऔं
९ जेठ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म केही गर्छु र गर्नुपर्छ भन्ने आत्मविश्वास’ आफूमा सानैदेखि रहेको बताउनुभएको छ। मंगलबार गृह जिल्ला झापाको सुरुंगामा आयोजित ‘बासँग बालबालिका कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू अभिभावको ओहोदा र मर्यादाबाट नभएर आफ्नै संघर्षले अघि बढेको मानिस भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘तपाईहरु जत्तिक्कै ट्यालेन्ट थिएँ भन्ने दाबी गर्दिनँ, तर मसँग आत्मविश्वास चाहिँ थियो म केही गर्न सक्छु, गर्नुपर्छ भन्ने थियो,..
युरो कपका लागि रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा
९ जेठ । रोबर्टो मार्टिनेजले युरो कपका लागि पोर्चुगलको टोली घोषणा गरेका छन्। क्रिस्टियानो रोनाल्डोको कप्तानीमा जर्मनीमा हुने समर टुर्नामेन्टअघि पोर्चुगलले २६ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा पोर्टोका ४१ वर्षीय डिफेन्डर पेपेपनि समेटिएका छन्। उनको यो करिअरकै नवौँ ठूलो प्रतियोगितामा हुने छ। उनीबाहेक ब्रुनो फर्नान्डिज र डियोगो डालोटसँगै बर्नार्डो सिल्भा, डियोगो जोटा, जोआओ पाल्हिन्हा र जोस सासहित प्रिमियर लिगको प्रतिनिधित्व गर्दै आएका खेलाडी टोलीमा समेटिएका छन्। यद्यपि, म्यानचेस्टर सिटीका..
जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रम काठमाडौंमा सुरु
९ जेठ, काठमाडौं । जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रम आजदेखि काठमाडौंको चन्द्रागिरिमा सुरु भएको छ । दुई दिनसम्म चल्ने यो कार्यक्रमलाई ‘हिमाल, मानव र जलवायु परिवर्तन- विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ नाम दिइएको छ । वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका छन् । संवादमा नेपालसहित पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाज, प्रदेश र..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७