समाचार
पार्टीका नेतामाथि भएको कारबाहीसम्बन्धी निर्णयबाट ब्याक भए राजेन्द्र लिङ्देन
१४ जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीका तीन जना नेतामाथि भएको कारबाहीसम्बन्धी निर्णयबाट ब्याक भएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्ने बहुमत केन्द्रीय सदस्यहरुले प्रेम बलायर, ऋद्दि राणा र निराजन बमलाई चार वर्षको लागि निलम्बन गर्ने अध्यक्षको निर्णय गलत भएको भन्दै तीव्र आलोचना गरेका थिए । साढे दुई महिनाअघि पार्टी कार्यालयमा नेता ठाकुर मोहन श्रेष्ठमाथि हातपातमा संलग्न भएको भन्दै पार्टीको अनुशासन समितिको सिफारिसमा अध्यक्ष लिङ्देनले तीनै जनालाई..
डेङ्गुबाट ३३ जनाको मृत्यु
१४ जेठ । चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ३३ जनाको मृत्यु भएको छ । आर्थिक सर्वेक्षण २०८०र८१ मा गत वर्षको तुलनामा डेङ्गुबाट मृत्यु हुनेको संख्या घटेको उल्लेख गरिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ४१ हजार ६ सय २८ सङ्क्रमित भएकोमा ३३ व्यक्तिको मृत्यु भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा डेङ्गुबाट कुल ५४ हजार ५ सय ६१ सङ्क्रमित भएकोमा ८८ व्यक्तिको मृत्यु भएको थियो । यस अवधिमा डेङ्गु..
सिरोहियालाई अदालत उपस्थित गराइँदै
१४ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रोपटक म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ । म्याद थपका लागि उनलाई सोमबार धनुषा जिल्ला अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले बताए । सिरोहिया अहिले जनकपुरस्थित काब्या अस्पतालमा प्रहरीको निगरानीमा उपचाररत छन् । दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ गरेको थियो । यसअघि अदालतले उनलाई दुई पटक ३–३ दिनको म्याद दिएको थियो ।
कोलकातालाई तेस्रो पटक आईपीएलको उपाधि
१४ जेठ । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको छ । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाताको जितमा वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे । रहमानउल्लाह गुरबाज ३२..
सत्तापक्ष र विपक्षको संयुक्त बैठक बालुवाटारमा जारी
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने प्रयास जारी राखेका छन् । यसैक्रममा प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुसँग छलफल गरिरहेका छन् । छलफलमा सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुसमेत छन् । छलफलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी..
जाभीको बिदाइ खेलमा बार्सिलोनाको जित
१४ जेठ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा सेभियालाई २–१ गोल अन्तरले पराजित गर्दै जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी अन्त्य गरेका छन्। बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र फर्मिन लोपेजले गोल गरे। खेलपछि बार्सिलोनाका खेलाडीले जाभीलाई बिदाइ गरेका थिए। बार्सिलोनाले यसअघि नै दोस्रो स्थान हासिल गर्दै अर्काे सिजन साउदी अरबमा हुने स्पेनिस सुपर कपमा स्थान पक्का गरिसकेको छ। लगातार चार हार बेहोर्दै १४औँ स्थानमा रहेको सेभियाका लागि युसुफ एन..
ओलीले गृहमन्त्री लामिछानेलाई प्रयोग गरिरहेको कांग्रेस महामन्त्री शर्माको टिप्पणी
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरिरहेको टिप्पणी गरेका छन् । आइतबार सरकारविरुद्ध कांग्रेसले गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै उनले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडान एमाले अध्यक्ष ओलीको भएको बताए । गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आशय रहेको महामन्त्री शर्माले आरोप लगाए । ‘रवि देखाएर जोगाउनुपर्ने पार्टी पङ्ति छ । रविलाई साथ दिएर..
मुलपानी क्रिकेट मैदान निर्माणको लागि ५० करोड प्रस्ताव
१३ जेठ । युवा तथा खेलकुद मन्त्रालयले काठमाडौंको मुलपानी क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट प्रस्ताव गरेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा मुलपानी क्रिकेट रंगशालामा निर्माणमा ५० करोड रुपैयाँ प्रस्ताव पेश गरेको छ । मन्त्रालयले पुँजीगततर्फ झण्डै १ अर्ब २१ करोड रुपैयाँ बजेटको प्रस्ताव गरेको छ । जसमा झण्डै आधा रकम मुलपानी क्रिकेट रंगशाला निर्माणमा रहेको छ । पूर्वाधार निर्माणमा क्रिकेट प्राथामिकतामा..
कोपा अमेरिकामा पहिलो पटक महिला रेफ्री
१३ जेठ । कोपा अमेरिकामा पहिलो पटक महिला रेफ्री र असिस्टेन्ट रहने भएका छन्। अर्जेन्टिनाको ब्यूनस आयर्समा शुक्रबार महिला म्याच अफिसियल नियुक्त गरिएको हो। प्रतियोगितामा अमेरिकाकी मारिया भिक्टोरिया पेन्सो र ब्राजिलकी एडिना अल्भेस रेफ्रीको भूमिकामा रहनेछन्। ब्राजिलकी नेउजा ब्याक, कोलम्बियाकी मेरी ब्लान्को, भेनेजुएलाकी मिग्डालिया रोड्रिग्वेज र अमेरिकाकी ब्रुक मायो र क्याथरीन नेसबिट सहयोग भूमिकामा रहने छन्। निकारागुआकी तातियाना गुज्मानले भिडियो एनलाइसिस गर्ने छिन्। ‘यो सन् २०१६ देखि कोनमेबोलले लिएको प्रतिबद्धता..
आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दैछ- परराष्ट्रमन्त्री श्रेष्ठ
१३ जेठ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढाउने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दै गरेको बताएका हुन् । उनले आफू परराष्ट्र मन्त्रालयमा आएसँगै बन्द रहेका चीन सँगका १४ वटा परम्परागत व्यापारिक नाकाहरू खुला भएको बताए । त्यस्तै नेपालीहरू चीन जान भिसा निःशुल्क भएको पनि उनले उल्लेख गरे । उनले भने, ‘कोभिड..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७